Jul 27 2026 | २०८३, श्रावण ११ गते

पालिकाको सेवा सुबिधा लिने सबैले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने

पालिकाको सेवा सुबिधा लिने सबैले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने

  • 1.3K
    SHARES

  • पालिकाको सेवा सुबिधा लिने सबैले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने

    माघ, १४ नवलपरासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति ल्याएको छ । पालिकाको सेवा सुविधा उपभोग गर्ने सबैका छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति तथा कार्यक्रम नगरपालिकाले बनाएको हो ।

    आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा व्यवस्था गरिए अनुसार नगरपालिकाको कोषबाट तलब, भत्ता लगायतका सुविधा उपभोग गर्ने शिक्षक, कर्मचारी र जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमा नै पढाउनुपर्ने नीति तथा कार्यक्रममा तय गरिएको नगरप्रमुख बिमला अर्यालले बताए । यसोहुदा पालिकाभित्र रहेका शैक्षिक संस्थाको गुणस्तरमा वृद्धिसमेत हुने अपेक्षा लिइएको नगरप्रमुख अर्यालले बताए ।

    सामुदायिक विद्यालयमा भर्ना गर्नका लागि नगरपालिकाले गत वर्षदेखि उक्त अभियान सञ्चालन गरेको थियो । उक्त नीति आगामी शैक्षिक सत्रबाट लागू हुने नगरपालिकाले जनाएको छ । नगरपालिकाको आन्तरिक कोषबाट तलब, भत्ता तथा सुविधा उपभाग गर्ने तीन ६७ जना छन् । “ज्यालादारी सहितका अन्य दुई सय ११ जना कर्मचारी, सामुदायिक विद्यालयका निजी स्रोतबाट ८८ जना र सर्शत अनुदानबाट अन्य शिक्षकसमेत रहेका छन्”, नगरप्रमुख अर्यालले भने ।

    उनका अनुसार पालिकाभित्र ३५ वटा सामुदायिक विद्यालय छन् । यसमध्ये तीन विद्यालयलाई नगरपालिकाले अनुमति दिएर सञ्चालन भइरहेका छन् । गुरुकुल विद्यालय, मदरसा र लुम्बिनी समाता महिला विद्यालय पालिकाको अनुमतिमा सञ्चालन

     

    images
    आइतवार, माघ १४ २०८०१२:५०:३९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार