सोमवार, माघ १५ २०८०
माघ, १५ गते काठमाडौ । नेपालकै जेठो त्रिभुवन बिश्वबिद्यालयले आज माघ १५ बाट पहिलो पटक गतेबाट Online बाट Transcript प्रदान गर्ने भएको छ। त्रिभुवन बिश्वबिद्यालयको इतिहासमा यो एक ब्रेकथ्रु पनि हो।
यसअघि परिक्षा नियन्त्रण कार्यलय बल्खुले २०८० फागुन १५ गते बाट अनलाइन माध्यमबाट गरिने पुर्व सूचना अनुरुप सम्बन्धित विद्यार्थीहरुले अनलाइन प्रयोग गर्दा अपनाउने प्रक्रियाहरु बारे जानकारी दिइसकेको छ।
अनलाइन प्रक्रिया शुरु भए संगै हजारौ खर्च गरेर टाढाटाढाबाट काठमाडौ आउनुपर्ने, घन्टौ लाइनमा बस्नुपर्ने र समयमा काम नहुने समस्या समाधान हुने भएको छ।
अनलाइन प्रक्रिया संग संगै बिश्वबिद्धालयले बार्षिक शैक्षिक क्यालेन्डर समेत प्रकाशित गरिसकेको छ। र नतिजा को बारे बढिमा सय दिन भित्र अनिवार्य प्रकाशित गर्ने गरि तयारी भैरहेको छ।
यस प्रक्रिया संगै त्रिभुवन विश्वविद्यालय परीक्षा परीक्षा नियन्त्रण कार्यालय (पनिका), वल्खुले लामो समय धाएर हप्तै लगाएर गर्ने काम अब घरैमा बसेर अनलाइनबाट गर्न सकिने भएको छ ।
१) tuexam.edu.np मा log in गर्ने ।
२) Certificate link मा click गर्ने ।
३) Sign up गरेपछि e-mail मा एउटा लिंक देखाउछ र उक्त लिंकमा click गर्ने ।
४) Registration slip upload गर्ने interface आउछ र यो अपलोड गर्ने। (pdf, jpg र image form को प्रयोग गर्न सकिने )।
५) त्यसपछि Transcript मा गएर आवश्यक सूचना भर्ने, त्यसै गरी अन्य सेवा आवश्यक भए सोही अनुसार माग गरिएको सेवामा click गरी माग भएको सूचना उपलब्ध गराउने र online मा उल्लेख गरिएको सूचना अनुसार फारम भर्ने र सोही अनुसार बैंकमा तोकिएको रकम जम्मा गरी अन्त्यमा submit गर्ने ।
६) Submit भए पछि सम्वन्धित शाखाबाट उक्त सूचनाको आधारमा सेवा प्रवाहको प्रकृया शुरु गर्नेछ र सवै प्रकृया मिलेको खण्डमा ट्रन्सकृप्ट प्रिन्टको प्रकृया मा जानेछ । प्रमाणिकरण गरी तयार भएको ट्रान्स्कृप्टको सूचना सेवा ग्राहीलाई पठाइने छ । यदी सूचना अपुर्ण भएमा वा गलत भएमा सो को जानकारी पनि सम्बन्धित विद्यार्थीलाई पठाइनेछ र आवश्यक प्रकृया पुरा गरी पुनः upload गरी पूर्ववत सेवा सुचारु भई कार्यान्वयनमा जानेछ ।
(७) Online सेवाबाट सेवा सुविधा लिने विद्यार्थीहरुको प्रमाणपत्र सम्वन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय मार्फत वितरण गरिनेछ ।
८) यो सेवा २०८० माघ १५ गते सोमवारका दिन विहान १०:०० बजे बाट संचालन हुनेछ र केही समयको लागि online र offline दुवै सेवाहरु संचालन हुनेछ र पूर्ण online संचालन वारे पुनः सूचना प्रकाशित गरिनेछ ।
९) नाम,थर आदि सच्चाउने प्रकृयाको लागि आवश्यक प्रमाणहरु आफुलाई पायक पर्ने सम्वन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय वावल्खु स्थित केन्द्रीय कार्यालयमा बुझाउनु पर्नेछ ।
१०) प्रमाणपत्रहरु संकलन गर्दा स्वयं वा इच्छाएको व्यक्ति मार्फत प्रमाण सहित आउनु पर्नेछ ।
११) यो प्रकृया संग सम्वन्धित केही समस्याहरु भएमा e-mail वा फोन नं. मार्फत सूचना आदान प्रदान गरिने भएकोले आ आफ्नो सम्पर्क नम्बर र mail address सोही अनुसार upload गर्नुपर्नेछ ।
१२) त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, वल्खु र सम्वन्धित क्षत्रीय परीक्षा नियन्त्रण कार्यालयहरु बाट यस सम्वन्धमा सम्पर्क गर्न सकिनेछ ।
