Jul 27 2026 | २०८३, श्रावण ११ गते

क्यापिटल हिलको स्पोर्ट्स मिट- २०८० सम्पन्न ।

क्यापिटल हिलको स्पोर्ट्स मिट- २०८० सम्पन्न ।

  • 1.4K
    SHARES

  • क्यापिटल हिलको स्पोर्ट्स मिट- २०८० सम्पन्न ।

    माघ, २० काठमाडौ । काठमाडौको टेकुमा अवस्थित क्यापिटल हिल कलेजको स्पोर्ट्स मिट सम्पन्न भएको छ। माघ १७ गते देखि शुरु भएको स्पोर्ट्स मिट- २०८० माघ, १९ गते शुक्रवार सम्पन्न भएको हो।

    IMG-20240201-WA0009.jpg

    स्पोर्ट्स मिटमा कक्षा ११, १२ र स्नातक तह पढ्ने ३ सय ५० भन्दा बढी विद्यार्थीहरुले सहभागी जनाएका थिए। साथै मिटमा चेस, क्यारम, ब्याडमिन्टन, टेबलटेनिस, फूटसल, क्रीकेट लगाएत खेलहरु खेलाइएको थियो।

    IMG-20240201-WA0027.jpg

    स्पोर्ट्स मिट कार्यक्रममा कलेजका प्रिन्सिपल तोयानाथ अधिकारीले, भाइस प्रिन्सिपल, सागरराज खनाल, कोर्डिनेटर केदार खनाल, कुमार बजगाई लगाएतको उपस्थिति रहेको थियो।

    स्पोर्ट्समिटमा बोल्दै प्रिन्सिपल तोयानाथ अधिकारीले खेलले विद्यार्थीहरुको शारीरिक, बौद्धिक र मानसिक बिकासमा महत्वोपुर्ण भुमिका खेल्ने बताउनुभयो। उहाँले आजको संसारमा खेलले मानिसको जिवनमा सकारात्मक प्रभाव संगै जीवन निर्वाह गर्न समेत सघाउ पुर्‍याउने भएकोले खेललाइ व्यावसायिक रुपमा स्थापित गर्न स्कुल कलेजले खेल आयोजना गरेको बताउनुभयो। खेल संगै संस्कार समेत सिकाउने भएकोले हार जित भन्दापनी स्वास्थ्यको लागि खेलकुद अति आवश्यक छ भन्दै विद्यार्थीहरु बिच हुने स्वस्थ प्रतिस्पर्धाले खेल अनुशासन कायम गर्न मद्दत गर्ने बताउनुभयो।

    IMG-20240201-WA0014.jpg

    स्पोर्ट्स मिटमा कम्पुटर शिक्षक प्रबिन बिष्ट खेल संयोजक को भुमिका निर्वाह गर्नुभयो। भने खेल हरु अनुशाशित पुर्वक सम्पन्न भएको जानकारी दिए। स्पोर्ट मिटमा बिजेता विद्यार्थीहरुको पुरस्कार बितरण अर्को भब्य कार्यक्रम आयोजना गरेर गर्ने बताइएको छ।

    IMG-20240201-WA0013.jpgIMG-20240201-WA0022.jpgIMG-20240201-WA0020.jpgIMG-20240201-WA0035.jpg

     

    images
    शनिवार, माघ २० २०८००४:०९:३३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार