सोमवार, माघ २२ २०८०
माघ २२ गते काठमाडौ । काठमाडौ बर्नहार्ट कलेजले हरेक बर्ष संचालन गर्दै आएको ANNUAL स्पोर्ट्स मिट कार्यक्रम सम्पन्न गरेको छ। कलेजले माघ ३ गते मंगलबार एक कार्यक्रमका बिच उद्घाटन गरेको 'Anual Sports Meet - 2080' माघ २१ गते आइतबार एथलेटिक्सका खेलाउदै सम्पन्न भएको हो।

स्पोर्ट्स मिटमा कक्षा ११ र १२ का करिब १२ सय भन्दा बढी विद्यार्थीहरुले सहभागी जनाएका थिए । साथै मिटमा बास्केटबल, फुटसल, बेडमेन्टिन, टेबलटेनिस, चेस लगाएत खेलहरु माघ ३ गते देखि ५ गते सम्म कलेज परिसरमै खेलाइएको थियो भने रनिङ (१ सय मिटर, २ सय मिटर, रिले १×४०० मिटर) सटफुट, लङ्जम्प, हाइजम्प, डोरितान्ने लगाएत एथलेटिक्स खेलहरु ल्याबको मैदानमा माग २१ गते खेलाइयो।

आइतबार भएको एथलेटिक्स खेलहरुमा सय मिटर रनिङमा छात्रा तर्फ कक्षा ११ को बिनिता थारुले प्रथम स्थान हात पारिन भने छात्र तर्फ कक्षा ११को समीर शाहिले ११.५ सेकेन्डमा पार गर्दै प्रथम स्थान हात पारे। त्यसैगरी दुई सय मिटर दौडमा छात्रा तर्फ कक्षा ११ कै बिनिता थारुले प्रथम स्थान हात पारिन भने छात्र तर्फ कक्षा १२ का सुरज तामाले २४. ६ सेकेन्डमा पार गर्दै प्रथम स्थान हात पारे।

त्यस्तै रनिङ ४ सय मिटर रिले अन्तर्गत छात्रा तर्फ बिज्ञान समुहको सोनिका नेपालको टिमले प्रथम स्थान हात पारे भने छात्रतर्फ मिजास कोइरालाको टिमले प्रथम स्थान हात पारे।

त्यसैगरी हाईजम्पमा छात्रतर्फ कक्षा ११ को दिपेश जोशिले ५.७ फिट उफृदै प्रथम स्थान र कक्षा १२ का सागर थापाले ५.६ फिट उफृदै द्वितीय स्थान हात पारे । त्यस्तै छात्रातर्फ कक्षा ११ कि बिनिता थापाले ४.१ फिट सहित प्रथम स्थान हात पारिन।


त्यसैगरी डोरि तान्ने खेलमा छात्रातर्फ कक्षा ११ का बिज्ञान समुहका विद्यार्थीहरुले प्रथम स्थान हात पारे र छात्रतर्फ कक्षा १२ मेनेज्मेन्टका विद्यार्थीहरुले प्रथम स्थान हात पारे।


फूटसल प्रतियोगितामा कक्षा १२ को मेनेज्मेन्ट समूह र छात्रातर्फ मेनेज्मेन्ट समुहकै टिमले प्रथम स्थान हातपारे । त्यस्तै ब्याडमिन्टन तर्फ छात्रा तर्फ कक्षा ११ कि मोनिका मगर (साइन्स) र छात्र तर्फ कक्षा १२ का पवन गैरेले प्रथम स्थान हातपारे ।
बास्केटबल तर्फ कक्षा १२ को युजन थापाको मेनेज्मेन्ट टिम प्रथम र छात्रातर्फ कक्षा १२ को मेनेज्मेन्ट टिम प्रथम स्थान हातपारे ।

स्पोर्ट्स मिटको पुरस्कार बितरण भने आगामिदिन एक भब्य कार्यक्रमका बिच कलेज मै बितरण गर्ने प्रिन्सिपल अमृत बाबू भट्टले बताउनुभयो। स्पोर्ट्स मिटले विद्यार्थीहरुको शारीरिक, बौद्धिक र मानसिक बिकासमा महत्वोपुर्ण भुमिका खेल्नुका साथसाथै, खेलले मानिसको जिवनमा सकारात्मक प्रभाव र जीवन निर्वाह गर्न समेत सघाउ पुर्याउने भएकोले खेललाई व्यावसायिक रुपमा स्थापित गर्न कलेजले हरेक बर्ष स्पोर्ट्स मिटको आयोजना गर्दै आएको प्रिन्सिपल भट्टले बताउनुभयो।

स्पोर्ट्स मिट २०८० अन्तर्गत एथलेटिक्स खेलको प्रत्यक्ष अवलोकन गर्न कलेजका कार्यकरी निर्देशक नवराज अधिकारी, सल्लाहाकार प्रोफेसर डाक्टर नारायण प्रसाद चापागाईं, शैक्षिक निर्देशक पुरुषोत्तम बिष्ट, प्रशासनिक प्रमुख रामचन्द्र थापा लगाएत शिक्षक, कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
स्पोर्ट्स मिट कार्यक्रमको संयोजन अतिरिक्त क्रियाकलाप बिभाग प्रमुख सुजन रग्मिले गर्नुभयो भने खेल ब्यबस्थापन कान्सिलिङ इन्चार्ज संजय थापाले गर्नुभएको थियो।











