Jul 27 2026 | २०८३, श्रावण ११ गते

शुल्क छुटको विषयलाई लिएर एक्मि इन्जिनियरिङ  कलेज विद्यार्थी र प्रहरी बिच झडप !

शुल्क छुटको विषयलाई लिएर एक्मि इन्जिनियरिङ  कलेज विद्यार्थी र प्रहरी बिच झडप !

  • 868
    SHARES

  • शुल्क छुटको  विषयलाई लिएर एक्मि इन्जिनियरिङ  कलेज  विद्यार्थी र प्रहरी बिच झडप !

    कोभीड १९ को कारण भएको लाकडाउन अबधिभरको  शुल्क छुटको विषय लाई लियर एक्मि इन्जिनियरिङ  कलेजमा  विद्यार्थी र प्रहरी बिच झडप भई तोड फोड भएकोछ ।
    काठमाडौ को सितापाइलामा रहेको एक्मी इन्जिनियरिङ कलेज मा शुल्क छुट को विषय लाई लियर कलेज तोड्फोड, विद्यार्थी र प्रहरी बिच झडप हुदा प्रहरीको लाठीचार्ज बाट ६ जना विद्यार्थी घाइते भयका छ्न । विद्यार्थी ले २०% छुट मागी कलेजमा ताला बन्दी गरेको र बर्ता को मागगरियको थियो ।

    acme-engineering-college-1.jpg
    बर्ता बाट माग पूरा भयपछी मात्र तालाखोलिने कुरा अगरियको थियो भने सम्बन्धित कलेजका पृन्सिपल प्रदीप कुमार पौडेल  का अनुसार कलेजमा पठनपाठनमा कुनै अबरोध नगरी इन्ट्रान्स को फर्म  भर्न दिनको लागि अनुरोध गर्दा पनि नमाने पछि प्रहरीलाई खबर गरेको कुरा जानकारी आयको छ ।

    पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजमा सिभिल इन्जिनियरिङ, कम्युटर इन्जिनियरिङ र आर्किटेक्ट विषय पढाइ हुन्छ । स्नातम तहमा भर्ना प्रक्रिया सुरु सुने समयमा भएको तनाब र विद्यार्थीहरुमाथिको दमनले कलेजको भर्ना प्रक्रिया प्रभाविकत हुने देखिएको छ ।

    acme-engineering-college-2.jpg

    बिद्यार्थी प्रतिनिधि प्रकृति घिमिरेका  का अनुसार कलेज लाई बारम्बार बर्ता को लागि अपिल गर्दा पनि कलेजले नमानी उल्टै ताला नखोलिय प्रहरी बोलायर अघाडि बढे पछि यो घटना घटेको  कुरा जानकारी गरेकी छन ।

    acme-engineering-college-3.jpg

    images
    सोमवार, फाल्गुण ३ २०७७०८:२६:०७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार