शुक्रवार, माघ २६ २०८०
असोज, १९ काठमाडौ । काठमाडौ महानगरपालिका वडा नम्बर १५ अवस्थित द सनसाईन स्कुल/कलेजको स्पोर्ट्स मिट सम्पन्न भएको छ। बिहिवार स्कुलमा आयोजित पुरस्कार वितरण कार्यक्रमका बिच स्पोर्ट्स मिट २०८० समापन भएको हो।

करिब तीन सय जना विद्यार्थी सहभागी भएको स्पोर्ट्स मिट कार्यक्रममा बास्केटबल,भलिबल, ब्याडमिन्टन, टेवलटेनिस, फूटसल, डोरितन्ने, लगाएत विभिन्न २५ वटा गेम हरु खेलाइएको थियो। खेलमा नर्सरी देखि कक्षा १० सम्मका विद्यार्थीहरु सहभागी भएको स्कुल कलेजका प्राचार्य बाबुराम गौतमले जानकारी दिनुभयो। खेलकुदमा क्लास वाइज, हाउस वाइज प्रतिस्पर्धा भएको थियो।

स्पोर्ट्स मिट कार्यक्रममा बोल्दै प्राचार्य बाबुराम गौतमले विद्यार्थीहरुको सर्बाङ्गिण बिकासकोलागि खेलकुद अति आवस्यक रहेको बताउनुभयो।

खेलले विद्यार्थीहरुको शारीरिक, मानसिक तथा बौद्धिक बिकासमा महत्वोपुर्ण भुमिका खेल्नुका साथसाथै खेलले मानिसको जिवनमा सकारात्मक प्रभाव र जीवन निर्वाह गर्न समेत सघाउ पुर्याउने भएकोले खेललाई व्यावसायिक रुपमा स्थापित गर्न स्कुलले हरेक बर्ष खेलकुद तथा अतिरिक्त क्रियाकलाप आयोजना गर्मे गरेको प्रिन्सिपल गौतमले बताउनुभयो।












