शुक्रवार, माघ २६ २०८०
माघ, २६ गते काठमाडौ । राष्ट्रिय निजि तथा आवासीय बिद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) काठमाडौंले आयोजना गरेको खेलकुद सप्ताह कार्यक्रम सम्पन्न भएको छ । गत माघ १८ गते काठमाडौको टुडिखेलमा भब्य मार्चपास सहित उद्घाटन भएको खेलकुद सप्ताह- २०८० शुक्रवार शंखमुलमा रहेको नेरीक एकेडेमी स्कुलमा काठमाडौँ जिल्ला अध्यक्ष अमृत कुमार खड्काको अध्यक्षतामा बास्केटबलको फाइनल खेल खेलाउदै सम्पन्न भएको हो।

खेलकुद सप्ताहको समापन कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक साथै अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष समेत रहेका चतुरानन्द राज बैद्य प्रमुख अतिथिको रुपमा रहनुभयो। साथै कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रिय सदस्य मनोज श्रेष्ठ, प्रदेश अध्यक्ष नारायण कर्मा कार्की, पुर्व जिल्ला अध्यक्ष खडक बहादुर बस्नेत, पुर्व महामगर कमिटी अध्यक्ष भीष्म पाण्डे, काठमाडौ जिल्ला उपाध्यक्ष तथा अतिरिक्त क्रियाकलाप बिभाग प्रमुख प्रेम कुमार भुजेल, काठमाडौ जिल्लाका पदाधिकारी, नगर कमिटी अध्यक्ष लगाएत अन्य शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

समापन कार्यक्रम काठमाडौ जिल्ला सचिवले रामबाबु सेढाइले कार्यक्रम संचालन गर्नुभयो भने, नेशनल प्याब्सन काठमाडौँ जिल्ला समिति उपाध्यक्ष तथा अतिरिक्त क्रियाकलाप विभाग प्रमुख प्रेमकुमार भुजेलले स्वागत मन्तव्य राख्नुभयो।

समापन कार्यक्रममा खेलकुद सप्ताहमा विजेता हुने विद्यार्थी तथा विद्यालयहरुलाई पुरस्कार वितरण समेत गरिएको छ । शुक्रवार भएको Boys बास्केटबलको फाइनल उपाधी ग्रिनफिल्ड स्कुलले हात पारेको छ। फाइनलमा ग्रिनफिल्ड स्कुलले बोधिसदन स्कुललाई ३१/१६ को अन्तरले बिजय हासिल गर्दै प्रथम हुन सफल भएको छ, भने बोधिसदन स्कुल द्धितीय भएको छ । बास्केटबल अन्तर्गत साइन मोडेल स्कुलले तृतीय स्थान हात पारेको छ ।

यसैगरी फुटसलतर्फ प्रशान्ति एकेडेमी प्रथम, भिमेश्वर एकेडेमी द्धितीय र ग्रीनवीच एकेडेमी तृतीय भएको छ। फुटसलमा उत्कृष्ट प्लेयर भने माउण्ट ग्लोरीका खेलाडी छनोट भए र उत्कृष्ट किपरतर्फ प्रशान्तिका खेलाडी छनोट भए । र हाइस्कोर अवार्डतर्फ भिमेश्वरका खेलाडी छनोट भएका छन् ।

त्यसैगरी खेलकुद सप्ताह अन्तर्गत २०० मिटर दौडको छात्रतर्फ बीरसेवा स्कुलका अर्निक्स बिक प्रथम, महाकवी लक्ष्मीप्रसाद देवकोटा स्कुलका विक्रम विष्ट द्धितीय र भिमेश्वर एकेडेमीका कस्बीन ढुंगाल तृतीय भएका छन् । २०० मिटर रेस छात्रातर्फ पिपुल्स स्कुलकी अन्जु थापा प्रथम, गणेश हिमाल स्कुलकी पुर्णिमा तामाङ द्धितीय र अर्किड स्कुलकी सृजना जैसी तृतीय भएकी छिन्।

त्यसैगरी १०० मिटर रेसमा छात्रतर्फ महाकवी लक्ष्मीप्रसाद देवकोटा स्कुलका विक्रम विष्ट प्रथम, एजीएम स्कुलका इश्वर बुढा द्धितीय र ज्ञानभूमि स्कुलका टिकालाल श्रेष्ठ र ब्रेन हर्ट स्कुलका राजु माझी तृतीय भएका छन् । र १०० मिटर दौडमा छात्रातर्फ माउण्ट ग्लोरीकी पुजा विक प्रथम, अर्किड स्कुलकी सेविका बस्नेत द्धितीय र अर्किड स्कुलकी सृजना जैसी तृतीय भएकी छिन् ।

सटपुटमा छात्रातर्फ ज्ञानभूमि स्कुलका जाइसेन्थ राई प्रथम, युनिभर्सल स्कुलकी सुप्रिया गुरुङ द्धितीय र माइलस्टोन स्कुलकी कृष्टशना तमाङ तृतीय भएकी छिन् । साथै सटपुट छात्र तर्फ अरुनी स्कुलका लक्ष्मण बस्नेत प्रथम, इलिगेन्ट पियर स्कुलका निर्मल कठायत द्धितीय र ज्ञानभूमि स्कुलका विकरान्त रोका मगर तृतीय भएका छन् ।

यस्तै डोरी तान्ने खेलमा छात्र (boys)तर्फ मिलन धर्मस्थली स्कुल प्रथम, माइलस्टोन स्कुल द्धितीय र भिमेश्वर एकेडेमी तृतीय भएका छन् । यस्तै छात्रा तर्फ मिलन धर्मस्थली प्रथम, माइलस्टोन द्धितीय र केटिएम सेन्ट्रल तृतीय भएको छ ।

यसैगरी टेबल टेनिस छात्रातर्फ अरुनी स्कुलकी इच्छा चापागाई प्रथम, अरुनी स्कुलकी कृतिका अर्याल द्धितीय र पिक प्वाइन्ट एकेडेमीकी विष्णु कुमारी मगर र युनिभर्सल स्कुलकी प्रशंसा बुढाथोकी तृतीय भएका छन् । यस्तै टेबल टेनिस छात्रतर्फ युनिभर्सलका निरेश गौतम प्रथम, फ्यूचर स्टारका विजय थापा मगर द्धितीय र ग्रीन लवीन्सका सुयोग रजक र अरुनी स्कुलका प्रवेश थापा तृतीय भएका छन् ।

समापन कार्यक्रममा काठमाडौ जिल्ला पुर्व अध्यक्ष खडक बहादुर बस्नेतले शुभकामना मन्तव्य दिनुभयो। उहाँले खेलकुदले विद्यार्थीहरुको सर्वाङ्गिण बिकासमा अत्यन्तै महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । त्यसैगरी बागमती प्रदेश अध्यक्ष नारायण कर्मा कार्कीले शुभकामना मन्तव्य दिदै खेलाडीहरुलाई बधाई तथा शुभकामना दिनुभयो।

समापन कार्यक्रमको अन्त्यमा जिल्ला अध्यक्ष तथा कार्यक्रमका सभापति अमृत कुमार खड्काले खेललाई शिक्षा संग जोड्नुपर्ने धारणा राख्नुभयो। उहाँले खेल मानिसको अभिन्न अंग बनेको छ। हाम्रो व्यावसायिक कुराहरुलाई, भावनात्मक सम्बन्धका कुरालाई र अनुशासनका कुरालाई खेल संग जोड्नु पर्छ भन्दै नेशनल प्याब्सनले त्यस कार्यमा विशेष प्राथमिकता दिने बताउनुभयो। उहाँले खेलकुद सप्ताहमा सहभागी सबै विद्यार्थीहरुलाई अनुशासित र मर्यादित भएर खेलेकोमा बधाई दिनुभयो।








