शनिवार, माघ २७ २०८०
माघ, २७ गते काठमाडौ । एपेक्स लाइफ स्कुलले बृहत शैक्षिक प्रदर्शन आयोजना गरेको छ। संस्कार सहितको शिक्षामा जोड दिदै आएको उक्त स्कुलले शनिवार एक भव्य कार्यक्रमका बिच "Igniting youngs Minds- A Celebration Beyond Books" मुख्य नारा सहित Annual School Exhibition -2080 आयोजना गरेको हो।

शैक्षिक प्रदर्शनी कार्यक्रमको उद्घाटन सत्र एपेक्स लाइफ स्कुलका अध्यक्ष सुवास न्यौपानेको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा प्रमुख अतिथिको रुपमा श्री स्वमी डा. केशवानन्द गिरि रहनुभयो। कार्यक्रममा प्रिन्सिपल प्रद्युम्न पौडेल, एनप्याब्शनका पदाधिकारी, केन्द्रिय सदस्य, लगाएत विभिन्न स्कुलका प्राचार्यय शिक्षक तथा बौद्धिक ब्याक्तित्व लगाएत अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रम उद्घाटनमा बोल्दै प्रमुख अतिथी तथा श्री स्वमी डा. केशवानन्द गिरिले आजको संसारमा संस्कार सहितको शिक्षा आवस्यकता भएको बताउनुभयो। आफ्नो भुगोल, माटो, परम्परा, संस्कृति र भाषा तथा सभ्यता चिनाउने शिक्षाको अपरिहार्य आवश्यकता रहेको भन्दै स्वामी केशवानन्दले संस्कार विनाको शिक्षाले मानिसको जीवनलाई सार्थक बनाउन नसक्ने धारणा व्यक्त गर्नुभयो।

मानिसले जतिसुकै ठुलो शिक्षा हासिल गरे पनि उसमा आचरण र व्यवहारको संस्कार नभए त्यसको जीवन निरर्थक हुने भन्दै बिद्यालय, शिक्षक र अभिभावकले यस पक्षलाई बिशेष जोड दिनुपर्ने बताउनुभयो।

स्वामी केशवानन्द गिरिले शिक्षले संस्कार, आचारण र नैतिक सिकाउनुपर्छ भन्दै आधुनिक शिक्षा संगै संस्कारलाई अगाल्ने र त्यो अनुरुपको टेक्नोलोजी बिकास गर्नुपर्ने धारणा ब्यक्तगर्नुभयो। एक अर्को प्रसंगमा युवा तथा विद्यार्थी पलायन प्रती लक्षित गर्दै बिदेशमा पढ्ने र टेक्नोलोजी लिएर वा सिकेर आउने हो, तर उदेश्य नै बिदेश मात्रै जाने बनाउनेहो भने आफ्नो बच्चाहरूलाई पढाएर काम नहुने तर्क गर्नुभयो।

स्वामिले हामिलाई हाम्रो भाषा, संस्कृति, परम्परा प्रतिको गहिरो ज्ञान् नभएका कारण बिदेशिहरुको सिको गर्नुपरेको भन्दै, कुनै बिदेशीहरुले महान भनेपछी मात्रै आफ्नो दर्शनको गहिराई बुझ्ने बिडम्बना रहेको बताउनुभयो । बिश्वमा सबै भन्दा पुरानो भाषा हाम्रो हो, हामिले गर्व गर्न छोडेउ तर बिदेशिहरुले बेद पढ्न थालेसी, उनिहरुको स्कुलमा संस्कृत पढाउम थालेसी मात्रै हामिले यसको महत्व बुझेउँ भन्दै गोराहरुले बेदको मन्त्र पढाउने र हामिले सिक्नुपर्ने अवस्था दुर्भाग्य भएको बताउनुभयो। उहाँले अब विद्यार्थीहरुलाइ नैतिक शिक्षा र संस्कृत भाषा बिद्यालयबाटै सिकाउनुपर्नेमा जोड दिनुभयो।

हामी गरिब हैनौ, हामी संग हजारौ ग्रन्थ शास्त्र छन तर हामीले हाम्रो बास्ना चिन्न सकेनौ। स्वामी डा. केशवनदले भन्नुभयो, 'कुल परम्पराको बारे आफ्नो सन्तानलाई जानकारी दिउँ। युरोप, अमेरिका जापान पढाउदै गर्दा आफ्नो बच्चालाई हाम्रो भुगोल, भाषा, संस्कृती पढाऔं। हामिले शिक्षा बिगारेका छौ। अब संस्कृत अनिवार्य गरौ। नैतिक शिक्षा पढाउँ। अब संस्कार बिना शिक्षा सम्भव छैन।' संस्कृती र परम्परा मर्यो भने हामी जिउदै मरे जस्तो हो उहाँले भन्नुभयो।

स्वामीले ‘एपेक्स लाइभ स्कुल’ ले संस्कृत र नैतिक शिक्षासमेत पढाउने र व्यवहारमा अपनाउन उद्धत गर्ने गरेकोमा प्रशंसा गर्दै यस्ता पक्षलाई अन्य विद्यालयले अनुसरण गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा स्कुलका अध्यक्ष सुवास न्यौपानेले संस्कार सबै भन्दा ठूलो कुरा हो, संस्कारले बिचारमा परिवर्तन ल्याउछ, बिचारले आचार र व्यबहारमा परिवर्तन ल्याउछ भन्दै एपेक्स लाइफ स्कुलले त्यसालाई अनुसरण गरेको बताउनुभयो।आफूहरूले विद्यार्थीको साँस्कृतिक, नैतिक, बौद्धिक, सामाजिक र शारीरिक विकासका साथै सर्बाङ्गिण बिकासको लागि उनीहरूको मस्तिष्कलाई रचनात्मक र सक्रिय तुल्याउन हर प्रयास गरिरहेको बताउनुभयो।

राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुभव साटासाट गर्न स्कुलले देश तथा बिदेशका विभिन्न स्थानमा शैक्षिक अवलोकन अवसर प्रदान गर्ने गरेको बताउनुभयो। बिद्यालयमा पढाउदै आएको पाठ्यक्रमले मात्रै नपुग्ने भन्दै अध्यक्ष न्यौपानेले आउटडोर लर्निङ (Outdoor Learning) र शैक्षिक प्रदर्शन (Exhibition) ले महत्वपूर्ण भुमिका निर्वाह गर्ने र विद्यार्थीलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न, सञ्चार गर्न, समालोचनात्मक र विश्लेषणात्मक तरिकाले सिक्ने अवसर प्रदान गर्ने बताउनुभयो।

फरक फरक विद्यार्थीमा फरक फरक प्रतिभा हुन्छ भन्ने पक्षलाई आत्मसात् गरी उनीहरूको सीप र अनुसन्धानात्मक क्षमता विकासमा जोड दिन Creativity- Collaboration- Communication लाई Moto को रुपमा लिएको बताउनुभयो।

कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थीद्वय कृपा भण्डारी र रोहण खड्काले बिद्यालयले दिएको संस्कार सहितको शिक्षाले गर्दा बर्तमान अवस्थामा आफूहरूको जीवन सहज र प्रगतिउन्मुख भएको अनुभव सुनाए ।


कार्यक्रममा विद्यालयका प्राचार्य प्रद्युम्न पौडेलले विद्यालयका विद्यार्थीहरूले वार्षिक रूपमा शैक्षिक तथा अतिरिक्त क्रियाकलाप मार्फत हासिल गरेका विभिन्न सिकाई उपलिब्धीहरूलाई समेटेर तयार पारिएको परियोजना कार्यहरू, व्यवहारिक जीवनमा कसरी प्रयोग गरिन्छ भन्ने कुराहरू वार्षिक शैक्षिक प्रदर्शनी २०८० मा राखिएको बताउनुभयो ।

हरेक तीन वर्षमा शैक्षिक सामाग्रीहरूको प्रदर्शनी गरिने बताउँदै वार्षिक कार्यक्रम अन्तर्गत एक वर्ष सांस्कृतिक कार्यक्रम, एक वर्ष खेलकुद हुने र अर्को वर्ष शैक्षिक पदर्शनी हुने बताए । प्रदर्शनीमा विभिन्न ३० भन्दा बढी विद्यालयका विद्यार्थी अभिभावकले अवलोकन गरिएको जानकारी दिनुभयो ।








