बिहिवार, फाल्गुण ३ २०८०
फागुन, २ गते काठमाडौ । काठमाडौ महानगरपालिका वडा १३, कालिमाटिमा अवस्थित एभरेस्ट इनोभेटिभ स्कुल (इआइएस) ले अभिभावक दिवस कार्यक्रम - २०८० सम्पन्न गरेको छ। स्कुलले एक भव्य कार्यक्रमका बिच अभिभावक दिवस (भेला) कार्यक्रम सम्पन्न गरेको हो।

भोलामा विद्यार्थीहरुले भिन्नभिन्न सांस्कृतिक पहिचान झल्किने गित, नृत्य तथा प्रहसनहरु प्रस्तुत गरेका थिए । साथै विभिन्न विधा र बिषयमा उत्कृष्ट ब्याक्तित्वहरुलाई पुरस्कार बितरण तथा सम्मान गरिएको थियो।

औपचारिक कार्यक्रम स्कुलका शिक्षक निलोफर अन्सारीले संचालन गर्नुभयो। साथै स्कुलका प्रिन्सिपल केबि चित्रकारको सभापति तथा वडा सदस्य रामबाबु कोइराला प्रमुख अतिथि रहनुभयो।

त्यसैगरी बिशेष अतिथिको रुपमा अन्तर्राष्ट्रिय धावक बैकुण्ठ मानन्धर, EIC Education Network का अध्यक्ष शंकर दुलाल, कार्यकारी प्रमुख हरि प्रसाद काफ्ले, प्रशासनिक प्रमुख रामप्रसाद पौडेल, क्याम्पस चिफ दिपक कुमार झा, कलेज तर्फ ब्यबस्थापन बिभाग प्रमुख गोपाल प्रसाद दुलाल, बिश्वबिद्धालय कार्यक्रम प्रमुख किशोर काफ्ले, बिज्ञान बिभाग प्रमुख सुदर्शन श्रेष्ठ, भाइस प्रिन्सिपल यम कुमार लिम्बु, समाजसेवि दया गोपाल श्रेष्ठ, समाजसेवी सुमन सायामी लगाएत अभिभावक, शिक्षक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा पञ्चकन्याद्वारा अतिथिहरुलाई फुल र मालाद्वारा स्वागत सम्मान गरिएको थियो। कार्यक्रममा सहायक प्रिन्सिपल एम बी लिम्बुले स्वागत मन्तव्य दिनुभयो। मन्तव्यमा उहाँले बिद्यालय सम्बन्धी गतिविधि माथि प्रकाश पार्नुभयो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी रामबाबु कोइरालाले स्कुलले बिगत भन्दा राम्रो गर्दै आएको र अभिभावकको मन जित्दै आएकोमा आगामी दिनमा नमुना स्कुलको रुपमा स्थापित हुने धारणा ब्यक्त गर्नुभयो। उहाँले बालबालिका स्कुल पठाएर मात्रै हुदैन अभिभावकले समेत आफ्नो बच्चाहरुप्रती बिशेष ध्यान दिन सुझाव दिनुभयो।

अभिभावक दिवसको अवसरमा विद्यालयका प्रशासनिक प्रमुख राम प्रसाद पौडेलले विद्यालयको भावी योजना बारे प्रकाश पार्नुभयो। सरस्वती पूजाको अवसरमा नि:शुल्क भर्ना गर्दै आएकोमा यसबर्ष आगामी १५ दिन सम्म नि:शुल्क भर्ना गर्ने र आउने बैशाख सम्मको शुल्क पनि नलिने प्रशासनिक प्रमुख पौडेलले बताउनुभयो। उहाँले अब पाठ्यक्रममा मात्रै होइन, संगसंगै अतिरिक्त क्रियाकलाप र सिपमुलक शिक्षामा समेत जोड दिने बताउनुभयो ।

कार्यक्रममा कार्यकारी प्रमुख हरि प्रसाद काफ्लेले अभिभावकले आफ्ना बालबालिकाहरुलाई सकारात्मक मोटिभेसन गर्न सुझाव दिनुभयो। उहाँले विद्यालयका शिक्षकहरुले बालमैत्री शिक्षण गर्न आवस्यक पर्ने कुराहरुको बारे धारणा राख्नुभयो। अघिल्लो बर्ष भन्दा भौतिक पुर्वाधारमा बिकास गरिसकेको भन्दै अब गुणस्तरीय शिक्षामा जोड दिने उहाँले बताउनुभयो।

यस कार्यक्रममा विद्यालयले आयोजना गरेको Annual Sports Meet को मेडल, प्रमाणपत्र लगाएत पुरस्कारहरु समेत वितरण गरिएको थियो।
स्कुलले आज श्रीपञ्चमीको अवसरमा नि:शुल्क भर्नाको ब्यबस्था गरेको थियो भने आउने १५ दिन सम्म नि:शुल्क भर्ना गर्न सकिने प्रशासनिक प्रमुख रामप्रसाद पौडेलले बताउनुभयो।

अभिभावक भेला कार्यक्रममा विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन हुने विभिन्न साँस्कृतिक नृत्य, गायन, प्रहसन लगाएत प्रस्तुति दिएका थिए।









