आइतवार, फाल्गुण ६ २०८०
माघ, ६ गते काठमाडौ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, (पनिका) ले फागुन ६ गते अर्थात आजदेखी पुन: अनलाइन सेवा सञ्चालन गर्ने भएको छ । संचालनमा आएको ७२ घन्टा नबित्दै ह्याक भएको बिश्वबिद्धालय परीक्षा नियन्त्रण कार्यलयको अनलाइन सेवा पुन: संचालनमा आएको जनाइएको हो।
बिश्वबिद्यालयले एक सुचना जारी गर्दै अनलाइन पुन: संचलन आउने बारे जानकारी दिएको छ।
माघ १५ गतेदेखि अनलाइन तथा अफलाइन माध्यमबाट सञ्चालन गर्ने भनिए पनि प्राविधिक कारण अवरुद्धभएको सेवा माघ २८ गते सुचना प्रबाह संचालन भएको र सेक्युरिटी अडिट कार्य सम्पन्न भएकोले फागुन ६ गते आइतबारबाट पुन: सञ्चालन गर्न लागेको सुचनामा उल्लेख छ।
यसअघि त्रिभुवन बिश्वबिद्धालयले माघ १० गते अनलाइनबाट लिने सेवाका विधि सार्वजनिक गर्दै माघ १५ गते निमित्त उपकुलपतिलाई प्रमुख अतिथि बनाएर अनलाइन सेवा सुचारु भएको घोषणा गरेको थियो। तर घोषणा भएको ७२ घण्टा नबिदै कक्षा १२ का विद्यार्थीले ह्याक गरेको वेबसाइट ह्याक गरेका थिए।
