आइतवार, फाल्गुण ६ २०८०
बिनय यादव, फागुन, ६ गते चितवन । भरतपुरको लक्ष्मी मा.वि. विद्यालय लङकु- ४ मा सिटिइभिटी अन्तर्गत डिप्लोमा इन जियोमेटिक्स इन्जिनियरिङ तर्फ पुर्ण छात्रवृत्ति (Full Scholarship) मा अध्ययन गरिसकेका ४ जना विद्यार्थीहरुको धरौटीमा चलखेल गरेका छ। पुर्ण छात्रवृत्ति पाएका विद्यार्थीहरुको धरौटी फिर्ता नगरी चलखेल गरेको हो।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ( सिटिइभिटी) ले आफुसँग गरेको समवन्य / सम्बन्धन गरेको कलेजलाई आफनो मान्यता अनुसार भर्ना गर्नुपर्ने मान्यता दिएका हुन्छन् । जसमध्ये प्रायजसो कलेजहरुमा ४४ जना विधार्थीहरु रहेका हुन्छन। र एउटा कलेजमा ४ जना विद्यार्थी सिटिइभिटी प्रदेश कार्यलयबाट पुर्ण छात्रवृत्तिमा हुन्छन्। जसको कलेज शुल्क निशुल्क देखि लिएर परीक्षा शुल्क पनि निशुल्क रहने व्यवस्था सिटिइभिटीमा गरिएको छ।
वि. स. २०७७ सालमा सिटिइभिटी प्रदेश कार्यलयले लिएको सोही परीक्षा अनुसार लक्ष्मी मावीमा पनि ४ जना विद्यार्थी पुर्ण छात्रवृत्तिमा भर्ना भएका थिए। भर्ना हुने बेलामा सम्बन्धीत कलेजको नियम अनुसार सुरुमा रु १५००० नगद धरौटी तिर्न वर्ष ( पढाइ सकिएपछि) पुन : उक्त रकम फिर्ता गर्ने भनेर लक्ष्मी मा. वि . प्र. रेशमबाबु ढकाललाई बुझाएका थिए।
अहिले २०८० सालमा पढाइ सकिएपनि उक्त रकम फिर्ता गर्न विधार्थीहरुले माग गर्दापनि उक्त बिद्यालयका प्रधानध्यापक रेशमबाबु ढकालले आफुले फिर्ता नदिने बताएका हुन्। सुरुमा विधार्थीहरु भर्ना गर्ने बेलामा आफुले धरौटी फिर्ता गर्ने बताए थिए। तर अहिले उनी फिर्ता नगर्ने ओझेलमा देखिएका छन ।
सिटिइभिटी लक्ष्मी मा. वि .मा २०७७ सालको पुर्ण छात्रवृत्तिमा रहेका बिनय यादब, मुना यादब, मनु चौरसिया, नितेश यादब लगायत ४ विद्यार्थीहरु रहेका छन । जसमध्ये बिनय यादवले रु.१५०००, मुना यादवले रु.५००० , मनु चौरसियाले रु.१०००० तथा नितेश यादबले रु.१०००० रुपैयाँ धरौटीमा राखेका थिए।
सम्बन्धीत सिटिइभिटी नियम अनुसार धरौटीमा राखेका रुपैयाँ दिनुपर्ने व्यवस्था रहेको छ । सिटिइभिटी उपाध्यक्ष खगेन्द्र प्रसाद अधिकारी आज संचारकर्मीसँग कुराकानी गर्दै उनी बताउँछन् " कलेजमा पुर्ण छात्रवृत्तिमा रहेका विधार्थीहरुले राखेको धरौटी फिर्ता गर्नुपर्छ। त्यो राखेको पैसा भनेको पुर्ण छात्रवृत्तिमा अध्ययन गरिरहेका विधार्थीहरु अध्ययन गरुन्जेल सम्मको लागि मात्र हो। "
प्रयोगशालामा भएका केही समानहरु नभाँच्ने, ल्याबमा भएका समनााहरुलाइ राम्रो सँग केयर गरेर राख्नको लागि धरौटी राख्नुपर्ने व्यवस्था गरेका हुन्छन। उहाँ बताउँछन् विद्यालयले तेरेन भने सम्बन्धीत सिटिइभिटी प्रदेश कार्यालयलाइ धरौटी फिर्ता नगरेको सम्बन्धमा निवेदन लेखेर पठाएपछि सम्बन्धीत प्रदेश कार्यालयले कारवाही गर्ने बताएका छन।
विधार्थीहरुले आफुले राखेको धरौटीको पैसाको फिर्ता हुनुपर्ने माग राख्दै बिद्यालय विरुद्ध आफुहरु न्यायिक बाटोमा जाने कलेज प्रधानाध्यापक ढकाललाई चेतावनी समेत दिएका छन।
विद्यार्थीहरुले प्रधानाध्यापकले फिर्ता गर्नुपर्ने रकम समेत नदिएपछी सम्बन्धीत निकायले छानबिन गरी दोषी विद्यालयलाई कारवाही गर्नअनुरोध माग समेत गरेका छन।