Jul 27 2026 | २०८३, श्रावण ११ गते

नेरिक एकेडमीले मनायो १९औ बार्षिक उत्सव तथा अभिभावक दिवस

नेरिक एकेडमीले मनायो १९औ बार्षिक उत्सव तथा अभिभावक दिवस

  • 1.4K
    SHARES

  • नेरिक एकेडमीले मनायो १९औ बार्षिक उत्सव तथा अभिभावक दिवस

    फागुन २० गते काठमाडौँ । नयॅा वानेश्वर, शंखमूल अवस्थित नेरीक एकेडेमीले आफ्नो १९औं वार्षिक उत्सव तथा अभिभावक दिवस २०८० सम्पन्न गरेको छ। शनिबार एक भव्य कार्यक्रमका बीच वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको हो।

    IMG-20240303-WA0375.jpg

    उक्त कार्यक्रम विद्यालयका सञ्चालक समितिका अध्यक्ष प्रशान्त ढकालको अध्यक्षता र नेशनल प्यावशन काठमाडौँ जिल्ला अध्यक्ष अमृत कुमार खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रममा विधालय निर्देशक डा. मन वहादुर खत्री, प्रधानाध्यापक मिलन कॅडेल, संचालक समिती सदस्य प्रा. डा लोकराज रेग्मी , मेघ केसी , शालिग्राम गौतम, कृष्न पौडेल, नेशनल प्यावशन काठमाडौं उपाध्यक्ष प्रेम भुजेल लगायत विभिन्न विद्यालयका प्रधानाध्यापक, विभिन्न सामाजिक तथा प्रतिष्ठित व्यक्तित्वहरू, अभिभावक तथा शिक्षक र विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

    IMG-20240303-WA0378.jpg

    नेरीक एकेडेमीले गुणस्तरिय शिक्षा प्रदान गर्दै विधार्थीको चौतर्फी विकासका लागि आफूलाई अग्रणी संस्थाको रुपमा स्थापित गरेको र विधालयको चार खम्वा विधार्थी , अभिभावक , शिक्षक र प्रशासन विच सन्तुलन कायमगरेको भन्दै प्रमुख अतिथी अमृत कुमार खड्काले चर्चा गर्नुभयो ।

    IMG-20240303-WA0377.jpg

    कार्यक्रममा बोल्दै विद्यालयका सञ्चालक समिति अध्यक्ष तथा कार्यक्रम सभाध्यक्ष प्रशान्त ढकालले बर्तमान समयमा समय सुहाउदो र माटो सुहाउदो विश्व वजारमा प्रतिस्पर्धि जनशक्ति तयार गर्न आधुनिक प्रविधियूक्त शिक्षा र संकारयुक्त शिक्षामा ज‍ोडगरि बिद्यालय अगाडि बढेको कुरा बताउनुभयो।

    IMG-20240303-WA0370.jpg

    विधालयकै छात्र-छात्रा द्वारा सञ्चालित अभिभावक एंव वार्षिक उत्सव कार्यक्रमका अवसरमा जुनियर मन्टेश्वरी र सिनियर विद्यार्थीद्वारा विभिन्न साँस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो। साथै कार्यक्रममा विज्ञान र प्रविधी सम्वद्ध प्रदर्शन , विधार्थीको सिप सिकाई र कला प्रदर्शन (Art Exhibition) पनी सो अवसरमा गरिएको थियो ।

    IMG-20240303-WA0368.jpgIMG-20240303-WA0379.jpgIMG-20240303-WA0371.jpgIMG-20240303-WA0372.jpgIMG-20240303-WA0374.jpg

     

    images
    आइतवार, फाल्गुण २० २०८००४:२८:४१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार