Jul 27 2026 | २०८३, श्रावण ११ गते

एसईई उत्तीर्ण विद्यार्थीलाई दीक्षित गर्दै कक्षा ११ मा द सनसाइनको छात्रवृत्ति घोषणा

एसईई उत्तीर्ण विद्यार्थीलाई दीक्षित गर्दै कक्षा ११ मा द सनसाइनको छात्रवृत्ति घोषणा

  • 579
    SHARES

  • एसईई उत्तीर्ण विद्यार्थीलाई दीक्षित गर्दै कक्षा ११ मा द सनसाइनको छात्रवृत्ति घोषणा

    काठमाडौं, साउन १३ । द सनसाइन स्कुल/कलेजले एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मानसहित दीक्षित गर्दै कक्षा ११ अध्ययनका लागि छात्रवृत्ति घोषणा गरेको छ। बिजेश्वरीस्थित विद्यालयले शनिबार बमस्थलीको छे–रोल्पा पार्टी प्यालेसमा आयोजित विशेष कार्यक्रममार्फत एसईई २०८२ मा उत्तीर्ण विद्यार्थीलाई दीक्षान्त तथा अभिनन्दन गरेको हो।

    IMG-20260524-WA0091~2.jpg

    कार्यक्रमको सभापतित्व कक्षा १० का विद्यार्थी रिवाज दवाडीले गरेका थिए भने कार्यक्रम सञ्चालन कक्षा १० का विद्यार्थीहरूले सामूहिक रूपमा गरेका थिए।

    कार्यक्रममा विद्यालयका प्रिन्सिपल बाबुराम गौतम, भाइस प्रिन्सिपल तेजप्रसाद भण्डारी, बोर्ड सदस्यहरू कृष्ण उपाध्याय, चन्द्र वाग्ले, प्रकाश हमाल, ज्ञानराज भण्डारी लगायत विद्यालय व्यवस्थापनसँग सम्बन्धित व्यक्तिहरूको उपस्थिति रहेको थियो।

    IMG-20260524-WA0142~2.jpg

    दीक्षान्त तथा अभिनन्दन कार्यक्रममा विद्यार्थीहरूले गायन तथा सांस्कृतिक झल्को दिने नृत्य प्रस्तुति दिएका थिए। एसईई २०८२ मा उत्तीर्ण विद्यार्थीहरूलाई विद्यालयले सम्मानसहित प्रमाणपत्र प्रदान गरेको थियो।

    कार्यक्रममा बोल्दै प्रिन्सिपल बाबुराम गौतमले एसईईपछि विद्यार्थीहरूले आफ्नो क्षमता, रुचि र भविष्यको लक्ष्यअनुसार विषय छनोट गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले लहड वा प्रभावका आधारमा विषय छनोट नगर्न सुझाव दिँदै कक्षा ११ र १२ लाई उच्च शिक्षा नभई विद्यालय शिक्षाकै निरन्तरताका रूपमा बुझ्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

    IMG-20260524-WA0087.jpg

    प्रिसिपल गौतमले विद्यालयबाट एसईई उत्तीर्ण गरेका विद्यार्थीहरूलाई कक्षा ११ अध्ययनका लागि बिशेष छात्रवृत्ति उपलब्ध गराइने घोषणा समेत गर्नुभयो। उक्त घोषणाले विद्यार्थी र अभिभावकमा उत्साह थपिएको विद्यालयले जनाएको छ।

    कार्यक्रममा होमराज पौडेलले विद्यार्थीहरूलाई उत्प्रेरणादायी मन्तव्य दिएका थिए। साथै विद्यालयले सुमित्रा श्रेष्ठलाई कक्षा ११ र १२ को कोर्डिनेटरमा नियुक्ति गरेको जानकारी दिएको छ।

    IMG-20260524-WA0003.jpg

    दीक्षान्त समारोहमार्फत विद्यार्थीहरूको उपलब्धिको सम्मान गर्दै आगामी शैक्षिक यात्राका लागि प्रेरणा र अवसर प्रदान गर्ने उद्देश्य रहेको विद्यालयले जनाएको छ।

    IMG-20260524-WA0048.jpgIMG-20260524-WA0071.jpgIMG-20260524-WA0018.jpgIMG-20260524-WA0014.jpgIMG-20260524-WA0137~2.jpgIMG-20260524-WA0096~3.jpg

    images
    आइतवार, जेठ १० २०८३०८:३०:४३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार