Jul 27 2026 | २०८३, श्रावण ११ गते

यार्सागुम्बा टिप्न विद्यार्थी लेकतिर गएपछि अपिहिमालमा विद्यालय १५ दिन बन्द

यार्सागुम्बा टिप्न विद्यार्थी लेकतिर गएपछि अपिहिमालमा विद्यालय १५ दिन बन्द

  • 295
    SHARES

  • यार्सागुम्बा टिप्न विद्यार्थी लेकतिर गएपछि अपिहिमालमा विद्यालय १५ दिन बन्द

    अपिहिमाल गाउँपालिका / २६ वैशाख – दार्चुलाको अपिहिमाल गाउँपालिकाका सामुदायिक विद्यालय १५ दिनका लागि बन्द गरिएको छ । गाउँपालिका शिक्षा शाखाले शुक्रबार सूचना जारी गर्दै वैशाख २७ गतेदेखि जेठ १० गतेसम्म विद्यालय बन्द रहने जनाएको हो ।

    यस क्षेत्रको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको यार्सागुम्बा संकलनका लागि अभिभावक लेकतिर जाने र उनीहरूसँगै विद्यार्थी पनि जाने भएकाले विद्यालय सञ्चालन गर्न कठिन भएपछि गाउँपालिकाले बिदा दिने निर्णय गरेको जनाएको छ ।

    अपिहिमाल गाउँपालिकाभर रहेका २२ वटा सामुदायिक विद्यालयमा करिब १ हजार १ सय विद्यार्थी अध्ययनरत छन् । गाउँपालिकाका अनुसार यार्सागुम्बा संकलन अवधिपछि जेठ १० गतेदेखि विद्यालय पुनः नियमित रूपमा सञ्चालन गरिनेछ ।

    images
    आइतवार, बैशाख २७ २०८३०७:४६:५०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार