Jul 27 2026 | २०८३, श्रावण ११ गते

पुर्वाञ्चल, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालय उपकुलपति बिहीन

पुर्वाञ्चल, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालय उपकुलपति बिहीन

  • 1.0K
    SHARES

  • पुर्वाञ्चल, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालय उपकुलपति बिहीन

    फागुन, २१ गते काठमाडौ । पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालय उपकुलपति बिहीन बनेका छन् ।

    मध्यपश्चिम विश्वविद्यालयमा फागुन १७ मा र पुर्वाञ्चल विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा फागुन १८ मा उपकुलपतिको कार्यकाल सकिएपछि यी तीनै विश्वविद्यालय उपकुलपति बिहिन बनेका हुन् ।

    सरकारले यी तीनै विश्वविद्यालयमा निमित्त उपकुलपति समेत तोकेको छैन । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिसका लागि शिक्षामन्त्री अशोककुमार राईको संयोजकत्वमा बनेको समितिले छनोट तथा सिफारिसका लागि प्रकृया जारी रहेको जनाएको छ । पूर्वाञ्चल विश्वविद्यालयको लागि १८ जनाको आवेदन परेको छ ।

    विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारी संयोजकत्वको सुदूरपश्चिम तथा मध्यपश्चिम विश्वविद्यालय उपकुलपति छनोट तथा सिफारिस प्रकृया स्थगित गरेको छ । उपकुलपति छनोट तथा सिफारिसको लागि बनाइएको मापदण्डमा विवादित बनेको भन्दै समितिले ६ फागुनमा स्थगित भएको प्रकृयाबारे अझै निर्णय गर्न सकेको छैन ।

    यसअघि प्रधानमन्त्रीले बिश्वबिद्यालयका उपकुलपति नियुक्ति खुला प्रतिस्पर्धाबाट गर्ने भनी घोषणा गरेका थिए। जस अनुरुप त्रिभुवन बिश्वबिद्धालयमा उपकुलपतिको रुपमा प्रा.डा.केशरजंग बराल खुला प्रतिस्पर्धाबाट छनोट भएर नियुक्ति भईसकेकाछन।

    images
    सोमवार, फाल्गुण २१ २०८००९:५३:२३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार