Jul 27 2026 | २०८३, श्रावण ११ गते

मध्यपश्चिम बिश्वबिद्यालयको उपकुलपतिको लागि तीन जनाको नाम सिफारिस।

मध्यपश्चिम बिश्वबिद्यालयको उपकुलपतिको लागि तीन जनाको नाम सिफारिस।

  • 566
    SHARES

  • मध्यपश्चिम बिश्वबिद्यालयको उपकुलपतिको लागि तीन जनाको नाम सिफारिस।

    बैशाख, ७ गते सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयको उपकुलतिमा ३ जनाको नाम सिफारिस गरिएको छ । उपकुलपति छनोट गर्न बनेको सिफारिस समितिले प्रा.डा. धुव्रकुमार गौतम, नन्दबहादुर सिंह र देवबहादुर खड्का को नाम सिफारिस गरेको हो।

    यसअघि उपकुलपति छनोट गर्न विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीको अध्यक्षतामा ३ सदस्यीय सिफारिस समिति गठन गरिएको थियो ।

    सिफारिस हुनेमा प्रा.डा. धुव्रकुमार गौतम त्रिवि योजना महाशाखाका प्रमुख, नन्दबहादुर सिंह मध्यपश्चिमका पूर्वउपकुलपति र देबबहादुर खड्का पूर्वडिन हुन् ।

    समितिले उमेदवारहरुले प्रस्तुत गरेको कार्ययोजना, सोचपत्र र अन्तर्वार्ताको आधारमा र विज्ञहरुबाट प्रतिस्पर्धीको मूल्यांकन गरि सिफारिस गरिएको समितिले जनाएको छ । उपकुलपतिमा १० जनाले आवेदन दिएका थिए ।

    शिक्षा सचिव सुरेश अधिकारी र राष्ट्रिय योजना आयोगका सदस्य रमेशचन्द्र पौडेल समिति सदस्य थिए । सिफारिस गरे मध्ये १ जनालाई प्रधानमन्त्री तथा कुलपतिले उपकुलपति नियुक्त गर्ने व्यवस्था छ ।

    images
    शुक्रवार, बैशाख ७ २०८१०९:४५:५२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार