Jul 27 2026 | २०८३, श्रावण ११ गते

कर्णाली प्रदेश सरकार र मध्यपश्चिम बिश्वविद्यालयबिच सम्झौता।

कर्णाली प्रदेश सरकार र मध्यपश्चिम बिश्वविद्यालयबिच सम्झौता।

  • 608
    SHARES

  • कर्णाली प्रदेश सरकार र मध्यपश्चिम बिश्वविद्यालयबिच सम्झौता।

    वैशाख, १६ गते सुर्खेत । कर्णाली प्रदेश सरकार र मध्यपश्चिम विश्वविद्यालयबीच निति निर्माण तथा अध्ययन अनुसन्धानमा सहकार्य गर्ने सम्झैता भएको छ।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेतमा आयोजित एक कार्यक्रमबीच कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कंडेल तथा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. केशर सिंह रानाज्यूको समुपस्थितिमा नीति निर्माण तथा अध्ययन अनुसन्धानमा सहकार्य गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको हो।

    मध्यपश्चिम विश्वविद्यालयमा स्थापना भएको नीति प्रयोगशाला मार्फत नीति अनुसन्धान, विश्लेषण, मुल्यांकन, परिमार्जन, परिक्षण, बहस, पैरवी तथा सिफारिस प्रयोजनका लागि पारस्परिक हितको सिद्धान्तमा आधारित भई आपसी सहकार्य तथा सहयोगको आदानप्रदान गर्ने उदेश्यका साथ उक्त समझदारी पत्रमा हस्ताक्षर भएको बताइएको छ। सम्झौता हस्ताक्षरको मिति देखि ५ वर्ष सम्म यो सम्झौताको अवधी रहेको छ भने आपसी समझदारीमा पुन: नवीकरण गर्न सकिनेछ जानकारी दिइएको छ।

    कार्यक्रममा मुख्यमन्त्री यामलाल कंडेलज्यूले सम्झौता बमोजिमको कार्यहरु अगाडी बढ्नेमा आफु विश्वस्त रहेको र सफलताको लागि शुभकामना व्यक्त गर्नु भएको थियो ।

    त्यस्तै मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. केशर सिंह रानाज्यूले यो सम्झौता पश्चात कर्णाली प्रदेशको समग्र नीति तथा अनुसन्धानको क्षेत्रमा अपेक्षित कार्यहरु हुने कुरा उल्लेख गर्नु भएको थियो । उपकुलपति सिंहले कर्णाली प्रदेश सरकारलाई आवश्यक पर्ने विज्ञ जनशक्ति विश्वविद्यालयसंग रहेको तथा सहकार्यका लागि तत्पर रहेको कुरा समेत व्यक्त गर्नु भएको थियो ।

    कार्यक्रममा योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक एवं नीति प्रयोगशालाका संयोजक प्रा. डा. चन्द्र प्रसाद रिजालज्यूले सम्झौताको उदेश्य तथा नीति प्रयोगशाला सम्बन्धी जानकारी दिनु भएको थियो ।

    उक्त कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य माननीय कृष्ण वहादुर जिसीज्यू, विभिन्न मन्त्रालयका सचिव, सहसचिव, UNDP/EUSIF का प्रतिनिधि, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा मध्यपश्चिम विश्वविद्यालयका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

    images
    आइतवार, बैशाख १६ २०८१०४:१६:०३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार