Jul 27 2026 | २०८३, श्रावण ११ गते

नेपाल शिक्षक महासङ्घको अध्यक्षमा लक्ष्मीकिशोर सुवेदी चयन ।

नेपाल शिक्षक महासङ्घको अध्यक्षमा लक्ष्मीकिशोर सुवेदी चयन ।

  • 1.1K
    SHARES

  • नेपाल शिक्षक महासङ्घको अध्यक्षमा लक्ष्मीकिशोर सुवेदी चयन ।

    बैशाख, २८ काठमाडौ । नेपाल शिक्षक महासंघको अध्यक्ष पदमा पूर्व महासचिव लक्ष्मीकिशोर सुवेदी घोषणा गरिएको छ। महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनको बन्द सत्रसकिएको१५ दिनपछि सुवेदी अध्यक्ष घोषणा भएका हुन् ।

    त्यसैगरी महासंघको सहअध्यक्षमा नानुमाया पराजुलीलाई चयन गरिएको छ भने उपाध्यक्षमा गंगा पौडेल, जयानन्द ठाकुर, हरेन्द्र प्रसाद चौरसिया, पुष्पराज कुँवर, विक्रम झा, देविदत्त पौडेल रहेका छन् । त्यस्तै उपमहासचिव अर्थमा मदनराज जोशी, र ऋन्य उपमहासचिवमा गुरु प्रसाद पौडेल र पुष्कर सापकोटा चयन भएका छन् भने सचिवमा कल्पना पनेरु, केशव राज रेग्मी, अर्जुन नगरकोटी, जगदीश शाह, लालबाबु प्रसाद जोशी, हरी प्रसाद जोशी र सुरेश शाह सोमार रहेका छन् ।

    नेपाल राष्ट्रिय शिक्षक संगठन घोषणा कार्यक्रममा नआएपछि संगठनको भागमा परेका पदाधिकारीहरूको पद खाली राखेर अन्यमा घोषणा गरिएको छ । संगठनको भागमा उपाध्यक्ष १, महासचिव १, उपमहासचिव १, सचिव १ सहित ६ सदस्य गरी ११ जनाको पद खाली राखिएको छ बताइएको छ।

    यसअघि महाधिवेशन वैधानिक तरीकाले नगरिएको भन्दै नेपाल राष्ट्रिय शिक्षक संगठनले बहिष्कार गरेको थियो । संगठनले विधानमा व्यवस्था भए अनुसार २०७८ पछि स्थायी शिक्षकहरूलाई समावेश गर्नुपर्ने, स्थानीय तह, जिल्ला, प्रदेशदेखिनै अधिवेशन गरेर महाधिवेशन गर्नुपर्ने र महासङ्घ पुनर्गठन गर्नुपर्ने अडान राख्दै आएको छ ।

    नेपाल शिक्षक महासङ्घका पदाधिकारी घोषणा गरिएपछि महासङ्घलाई वैधानिक बनाउन हरेक विकल्पमा जाने नेपाल राष्ट्रिय शिक्षक संगठनका महासचिव हंस शाहीले बताएका छन् । उनले महासंघ वैधानिक नभएको हुनाले आज पत्रकार सम्मेलन गरी संगठनले आफ्नो धारणा सार्वजनिक गर्ने जनाएको छ।

    images
    शुक्रवार, बैशाख २८ २०८१०६:५७:३६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार