मंगलवार, जेठ ८ २०८१
जेठ, ८ गते काठमाडौ । संस्थागत स्कुलहरूको साझा संगठन School Assocciation Of Nepal (SAN) द्वारा आयोजित कक्षा (१-३) समुहका विद्यार्थीहरू बीचको 'English Handwriting Competition'-2081 सम्पन्न भएको छ।

SAN संग आबद्ध १२ वटा बिद्यालयले सहभागी जनाएको उक्त प्रतिस्पर्धा द सनसाइन स्कुल/कलेज कक्षा तीनमा अध्ययनरत विद्यार्थी रोजन थापा मगर प्रथम भएका छन। साथै एडु समिट स्कुलका विद्यार्थी द्वितीय, लिटिल कलाइबर्स स्कुलका छात्रा रेबिका गुरुङले तृतीय स्थान र पिपल्स फ्रेनसिपका विद्यार्थीले प्रोत्साहन पुरस्कार हात पारेका छन्।

कार्यक्रम SAN का अध्यक्ष दीलिप रेग्मीको सभापतित्वमा सम्पन्न भयो । कार्यक्रमको प्रमुख काठमाडौं महानगरपालिका १६ वडा सदस्य श्री भगवती सुबेदी हुनुहुन्थयो । कार्यक्रममा सानका उपाध्यक्ष प्रकाश मरासिनी ,सचिव बाबुराम गौतम र सदस्य सौर्या खनालले कार्यक्रम र सानका गतिविधिका बारेमा बोल्नु भएको थियो ।

विद्यार्थीहरुलाई कक्षा कोठा र स्कुल भन्दा बाहिर समेत प्रतिस्पर्धा गर्न र उनिहरुको प्रतिस्पर्धामक क्षमताको बिकास गर्न SAN ले विभिन्न अतिरिक्त क्रियाकलापहरु (CCA/ECA) गर्दै आएको अध्यक्ष दिलिप रेग्मिले बताउनुभयो ।

कार्यक्रममा जेम्स स्कुलका प्रिन्सिपल पूर्ण लामिछानेले स्वागत तथा शुभकामना व्यक्त गर्नु भयो । कार्यक्रम लक्ष्मण दाहालले संचालन गर्नु भएको थियो ।