बुधवार, जेठ ९ २०८१
जेठ, ९ गते काठमाडौ । नयाँबजारमा अवस्थित गिताञ्जली स्कुल/कलेजको दोस्रो एसईई कप बास्केटबल प्रतियोगिता आजदेखी शुरु भएको छ। कलेजले एसईई दिएर बसेका विद्यार्थीहरुको लागि बास्केटबल प्रतियोगिता आयोजना गरेको हो।

काठमाडौ भरी बाट १६ टिमहरु सहभागी उक्त बास्केटबल प्रतियोगिता ९, देखि ११ गते तीन दिनसम्म चल्ने छ । प्रतियोगितामा प्रथमहुने टिमलाइ नगद रु. ७ हजार, द्वितीय हुने टिमलाइ रु.५ हजार र तृतीय हुने टिमलाई रु. ३ हजार सहित मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ।

बास्केटबल प्रतियोगिता उद्घाटन समारोहमा बोल्दै बोल्दै प्राचार्य बेद प्रसाद पन्तले पढाई संगसंगै शारीरिक तथा मानसिक बिकासकालागी खेलकुद अपरिहार्य रहेको बताउनुभयो । खेलले राष्ट्रको गौरव, शान, मान, पहिचान स्थापित गर्नसक्छ । खेलले एउटा कुशल अनुशासित स्वास्थ्य शरीर, स्वास्थ्य मस्तिष्क भएको नागरिक उत्पादन गर्नसक्छ । त्यसैले खेल जिवनका लागि महत्त्वपूर्ण रहेको छ प्राचार्य पन्तले भन्नुभयो ।

साथै प्राचार्य पन्तले बास्केटबलको प्रतियोगितामा उत्कृष्ट ५ जना विद्यार्थीहरुलाई कक्षा ११ मा सत प्रतिशत नि:शुल्क पढाइदिने घोषणा गर्नुभयो ।

बास्केटबलको प्रतियोगिता उद्घाटन कार्यक्रम संचालन कलेजका फाइनान्स डाइरेक्टर भिमप्रसाद भट्टराईले गर्नुभयो भने उद्घाटन समारोह स्कुल/कलेजका अध्यक्ष गोविन्द प्रसाद आचार्यको सभापतित्वमा संचालन भयो। साथै कोर्डिनेटर बासुदेव अधिकारीले स्वागत मन्तव्य दिनुभयो ।

उद्घाटन समारोहमा मनास्लु पब्लिक स्कुलका कार्यकारी निर्देशक जेबि दवाडी, लगाएत विभिन्न स्कुलका अतिरिक्त क्रियाकलाप बिभाग प्रमुख, तथा गिताञ्जली स्कुल/कलेजका शिक्षक, कर्मचारी हरुको उपस्थिती रहेको थियो।



