बिहिवार, फाल्गुण ६ २०७७
काठमाडौं— नेपाल मेडिकल काउन्सिलले एमबीबीएस र बीडीएसको लाइसेन्स परिक्षा फागुन ९, १० र ११ गते हुने जनाएको छ। एक सूचना जारी गर्दै एमबीबीएस र बीडीएसको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा सञ्चानल गर्ने जनाएको छ ।
इन्जिनियरिङ्ग अध्ययन संस्थान, सुचना तथा सञ्चार प्रविधि केन्द्र, पुल्चोकमा बिहान १० बजेदेखि १ बजेसम्म परीक्षा सञ्चालन हुने काउन्सिलद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।
एमबीबीएस ( MBBS ) तर्फको परीक्षा फागुन ९ गतेदेखि १० गतेसम्म हुनेछ भने बीडीएस ( BDS ) तर्फको परीक्षाा फागुन ११ गते हुने छ । दर्ता प्रमाणपत्र परीक्षामा १ हजार ७४ जना एमबीबीएस र २ सय १० जना बीडीएसका परीक्षार्थी सहभागी हुने जनाइएको छ । यस्तोछ सूचना ! 