Jul 27 2026 | २०८३, श्रावण ११ गते

दलमा आवद्ध शिक्षक कर्मचारीलाई कारबाही गरेको विवरण सात दिनभित्र पठाउन पुन: ताकेता, (पत्र सहित)

दलमा आवद्ध शिक्षक कर्मचारीलाई कारबाही गरेको विवरण सात दिनभित्र पठाउन पुन: ताकेता, (पत्र सहित)

  • 477
    SHARES

  • दलमा आवद्ध शिक्षक कर्मचारीलाई कारबाही गरेको विवरण सात दिनभित्र पठाउन पुन: ताकेता, (पत्र सहित)

    जेठ, २४ गते काठमाडौ । शिक्षा तथा मानव स्रोत बिकास केन्द्रले दल आवद्ध शिक्षक कर्मचारीलाई कारबाही गरेको विवरण सात दिनभित्र पठाउन पुन: ताकेता गरेको छ। केन्द्रले देशैभरिका शिक्षा बिकास तथा समन्वय इकाइलाई पत्राचार गर्दै यस्तो ताकेता गरेको हो।

    केन्द्रको आज बसेको बैठकले शिक्षक कर्मचारीलाई राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहे नरहेको सम्बन्धी प्रगति विवरण पठाउन निर्देशन दिएको छ ।

    शिक्षा तथा मानव स्रोत बिकास केन्द्रको चनं २०१वैशाख ७ को राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको शिक्षक–कर्मचारीलाई कारवाही सम्बन्धमा, चनं २१६ वैशाख २८ को निर्णय कार्यान्वयन सम्बन्धमा र चनं २२७ जेठ २ गते पत्रका आधारमा प्रगति विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।

    सो सम्बन्धमा हालसम्म केही एकाइबाट अपूर्ण विवरण प्राप्त भएको र बाँकी एकाइबाट कुनै पनि विवरण उपलब्ध नभएको हुँदा राजनीतिक दलको सदस्यता लिएका, राजनीतिक दलको कार्यकारिणी समितिमा रहेका तथा महाधिवेशन प्रतिनिधि भएका शिक्षक कर्मचारीहरुलाई प्रचलित कानुन बमोजिम के कस्तो कारवाही प्रक्रिया अघि बढाइएको छ सो को विवरणका साथै विद्यालय व्यवस्थापन समिति र शिक्षा विकास तथा समन्वय एकाइको स्वीकृति नलिई आफू बहाल रहेको विद्यालय बाहिर काम गर्ने तथा काजमा बस्ने के कति शिक्षकहरु छन् र ती मध्ये कति शिक्षक पदाधिकार रहेको विद्यालयमा फिर्ता भएका छन् सो सम्बन्धमा पूर्ण प्रगति विवरण सात दिन भित्र पठाउन पत्रमा उल्लेख गरिएको छ।

    यस्तो छ पत्र ।

    FB_IMG_1717679901690.jpg

    images
    बिहिवार, जेठ २४ २०८१०७:३०:१०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार