Jul 27 2026 | २०८३, श्रावण ११ गते

गीताञ्जली एसईई फूटसल टुर्नामेन्ट सम्पन्न, उत्कृष्ट ५ जना खेलाडिलाई कक्षा ११ मा नि:शुल्क छात्रवृत्ति ।

गीताञ्जली एसईई फूटसल टुर्नामेन्ट सम्पन्न, उत्कृष्ट ५ जना खेलाडिलाई कक्षा ११ मा नि:शुल्क छात्रवृत्ति ।

  • 2.0K
    SHARES

  • गीताञ्जली एसईई फूटसल टुर्नामेन्ट सम्पन्न, उत्कृष्ट ५ जना खेलाडिलाई कक्षा ११ मा नि:शुल्क छात्रवृत्ति ।

    जेठ, २६ गते काठमाडौ । काठमाडौको नयाँबजारमा अवस्थित गीताञ्जली स्कुल/कलेजले आयोजना गरेको एसईई फुटसल टुर्नामेन्ट- २०८१ भब्यरुपमा सम्पन्न भएको छ। यससंगै फूटसल प्रतियोगितामा उत्कृष्ट खेल्ने ५ जना खेलाडिलाई कक्षा ११ मा पुर्ण नि:शुल्क छात्रवृत्ति दिएर पढाउने घोषणा गरेको छ।

    20210830010702_IMG_9552~2.JPG

    फुटसल प्रतियोगितामा काठमाडौ उपत्यकाभरी र धादिङको सिम्लेबाट जम्मा ३० वटा टिमको सहभागिता रहेको थियो। खेल नकाउट चरणमा खेलाइएको खेल थियो भने प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमलाई काठमाडौ जिल्ला शिक्षा बिकास तथा समन्वय इकाइका प्रमुख बिचारी प्रसाद अधिकारी र गीताञ्जली स्कुल कलेजका प्राचार्य बेद प्रसाद पन्तले संयुक्त रुपमा पुरस्कार वितरण गर्नुभएको थियो।

    20210830010326_IMG_9543.JPG

    फूटसल टुर्नामेन्टमा समृद्धि एकेडेमीले पहिलो स्थान हात पार्दै रु २० हजार संगै ट्रफी, मेडल र हर्ट्लेन्ड (Heartland) स्कुलले द्वितीय स्थान हात पार्दै रु.१० हजार संगै ट्रफी, मेडल र प्रमाणपत्र पाएको थियो। साथै टुर्नामेन्ट्माBest player समृद्धि स्कुलका लक्षण थामी, Best Keeper समृद्धि कै बिजय गुरुङ र टुर्नामेन्ट भरी सबैभन्दा बढी गोल गर्ने नागार्जुन एकेडेमीका रोशन रानामगरले रु. १ हजार नगद सहित ट्रफी प्राप्त गरेका थिए।

    20210830005510_IMG_9535.JPG

    फूटसल टुर्नामेन्ट एसईई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरि आयोजना गरिएको थियो। खेल शुक्रबार बिहान ८ बजे देखि नयाँबजारको रिभर फिल्ड फूटसल मैदानमा संचालन भएका थिए।

    20210829155051_IMG_9166.JPG

    फूटसल टुर्नामेन्ट समापन समारोहमा काठमाडौ जिल्ला समन्वय इकाइप्रमुख विचारिप्रसाद अधिकारीले अतिरिक्त क्रियाकलाप अन्तर्गत उनिहरुको सारिरिक तथा मानसिक स्वास्थ्यका साथसाथै नैतिकता र अनुशासनको पाठ सिकाउने उदेश्यले आयोजना गरिएकोले गर्व गर्न लायक रहेको बताउनुभयो । उहाँले फूटसलमा उत्कृष्ट कौसलता प्रयोग गरि बिजेता बन्नुभएका विद्यार्थीहरुलाई बधाई तथा सहभागी सबैलाइ पुन: बिजयको शुभकामना दिनुभयो।

    20210830004435_IMG_9510.JPG

    त्यसैगरी समापन समारोहमा प्राचार्य वेद प्रसाद पन्तले विद्यार्थीहरुमा लुकेर बसेको प्रतिभालाई पहिचान र प्रस्फुटन गर्ने उदेश्यले खेल आयोजना गरिएको बताउनुभयो। खेलले अनुसाशन, सहकार्य र भातृत्व विकासका साथसाथै शारीरिक तथा मानसिक तन्दुरुस्ती कायम राख्न सघाउ पुर्‍याउने उहाँले बताउनुभयो । साथै खेलको माद्यामबाट विद्यार्थीहरुलाई अगाडि बढाउन र राष्ट्र निर्माणमा सघाउ पुर्‍याउन र सामाजिक उत्तर दायित्व अन्तर्गत, राष्ट्रको गहना निर्माण गर्ने उदेश्यले फूटसल टुर्नामेन्ट आयोजना गरिएको प्राचार्य पन्तले बताउनुभयो।

    20210829151537_IMG_9144~2.JPG

    समापन समारोहमा कलेजका अध्यक्ष गोविन्द प्रसाद आचार्यले बिजेता र सहभागी सबै विद्यार्थीहरुलाई बधाइ तथा शुभकामना ब्यक्त गर्नुभयो ।

    फूटसल टुर्नामेन्टका खेलहरु राष्ट्रिय रेफ्री माया लामा, उमा श्रेष्ठ, उमा श्रेष्ठ, दिवस मगर र प्रदिप गुरुङले खेलाउनुभएको थियो।

    20210829215058_IMG_9417.JPG

    फूटसल टुर्नामेन्टको समापन समारोहमा नेपालका राष्ट्रिय क्लबहरुबाट खेल्ने फूटबल/फूटसलका राष्ट्रिय खेलाडीहरु युथ नेशनल प्लेयर अमित तामाङ, फूटसल नेशनल प्लेयर उर्केन शेर्पा, अन्डर १९ प्लेयर चन्दन दास, ए डिविजन क्लब एनआर्टिका रिचार्ड विल्सन (घाना), फूटसल प्लेयर अमित लामा लगाएत खेलाडीहरुको उपस्थिति रहेको थियो।

    20210830003603_IMG_9503.JPG

    समापन समारोहमा गीताञ्जली स्कुल कलेजका अध्यक्ष गोविन्द प्रसाद आचार्य, वरिष्ठ पत्रकार राजु सिलवाल, फाइनान्स डाइरेक्टर भिम प्रसाद भट्टराई, +२ कोर्डिनेटर बाशुदेव अधिकारी, स्कुल कोर्डिनेटर लगाएत विभिन्न विद्यालयका प्रिन्सिपल, शिक्षक तथा कर्मचारीहरुको सहभागी रहेको थियो।

    20210830004942_IMG_9512.JPG20210830001410_IMG_9494.JPG20210829222343_IMG_9443.JPG20210830001410_IMG_9494.JPG20210829180000_IMG_9317.JPG

    images
    शनिवार, जेठ २६ २०८१०८:५९:४१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार