Jul 27 2026 | २०८३, श्रावण ११ गते

मध्यपश्चिम विश्वविद्यालयको डिनपदको लागि दरखास्त आह्वान

मध्यपश्चिम विश्वविद्यालयको डिनपदको लागि दरखास्त आह्वान

  • 841
    SHARES

  • मध्यपश्चिम विश्वविद्यालयको डिनपदको लागि दरखास्त आह्वान

    जेठ, ३१ गते काठमाडौ । मध्यपश्चिम विश्वविद्यालयले डिन पदको लागि दरखास्त आह्वान गरेको छ। विश्वविद्यालयले एक सूचना जारी गर्दै रिक्त डीन पदहरूमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न दर्खास्त आह्वान गरेको हो।

    मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत रिक्त डीन पदहरूमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका योग्य नेपाली नागरिकहरूद्वारा प्रथम पटक सूचना प्रकाशित भएका मितिले १५ (पन्ध्र) दिनभित्र मध्यपश्चिम विश्वविद्यालय, केन्द्रीय कार्यालय, सुर्खेत वा सहकार्य तथा विकास अध्ययन संस्थान (एम.आई.सी.डी.) नयाँ बाटो, ललितपुरमा समेत भौतिक रूपमा आवेदन दर्ता गर्न सकिने छ।

    साथै मध्यपश्चिम विश्वविद्यालयको आधिकारिक वेबसाइट लिङ्क mwu.edu.np/dean-documents मार्फत छनोट सम्बन्धी मापदण्ड प्राप्त गरी bit.ly/apply-mu-dean वा forms.gle/munGPmjowcV5kS4g9 मार्फत अनलाइन आवेदन फाराम पेस गर्न सकिने छ।

    दर्खास्तको लागि न्यूनतम मापदण्ड मान्यता प्राप्त विश्वविद्यालयका सम्बन्धित विषयका प्राध्यापक वा PhD उपाधि सहित कम्तीमा १५ वर्ष सेवा पुगेका सह-प्राध्यापक हुनुपर्नेछ ।

    पुनश्च: यसअघि स्कुल अफ इन्जिनियरिङ, डीन पदका लागि प्रकाशित सूचनाका आधारमा प्राप्त भएका दरखास्तहरूलाई समेत यसै विज्ञापनमा कायम गर्न चाहने इच्छुक व्यक्तिले आशय प्रकट गरेमा कार्यविधि बमोजिमको प्रक्रियामा समावेश गरिने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइएको छ।

    FB_IMG_1718245307060.jpg

    images
    बिहिवार, जेठ ३१ २०८१०८:२२:४९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार