Jul 27 2026 | २०८३, श्रावण ११ गते

बिद्यालय देखि विश्वविद्यालय शिक्षाको लागि अब्बल काठमाडौ बर्नहार्ट/स्कुल एन्ड कलेज।

बिद्यालय देखि विश्वविद्यालय शिक्षाको लागि अब्बल काठमाडौ बर्नहार्ट/स्कुल एन्ड कलेज।

  • 869
    SHARES

  • बिद्यालय देखि विश्वविद्यालय शिक्षाको लागि अब्बल काठमाडौ बर्नहार्ट/स्कुल एन्ड कलेज।

    असार, ११ गते । नेपालको शैक्षिक क्षेत्रमा काठमाडौ बर्नहार्ट कलेजले आफ्नो छुट्टै र बिशिष्ट पहिचान छ। काठमाडौ महानगरपालिका वडा नम्बर १४ को बल्खुमा अवस्थित काठमाडौ बर्नहार्ट स्कुल/ कलेज प्रि-प्राइमरी देखि कक्षा ११ र १२ सम्म अध्ययन अध्यापन गराउछ भने बाफलमा बिश्वविद्यालय तर्फका कार्यक्रमहरु अध्यापन गराउने गर्दछ।

    प्रि-प्राइमेरी देखि स्नातकोत्तर तहसम्म एउटै फाउन्डेसनमा अध्ययन अध्यापन गराउदै आएको बर्नहार्ट नेपाल भरिकै उत्कृष्ट शिक्षण संस्थामा पर्दछ।

    २०५७ साल असार १४ गते स्थापना भएको काठमाडौ बर्नहार्ट फाउन्डेसन द्वारा संचालित बर्नहार्ट स्कुल /कलेज उच्च शिक्षामा गुणस्तरीयताको मापन एवं सुनिश्चितता प्रदान गर्दै विश्वविद्यालय अनुदान आयोगबाट अन्तराष्ट्रियस्तरको “गुणस्तर सुनिश्चितता एवं प्रत्यायन (प्रमाणीकरण) अर्थात Quality Assurance Agency (QAA) क्यूएए मान्यता पाउने पहिलो संस्थागत कलेज पनि हो ।

    बर्नहार्ट बिद्यालय तहमा समेत राष्ट्रिय परीक्षा बोर्डले लिएको परीक्षामा २०७९ सालमा ९९.६१ प्रतिशत, २०७८ सालमा ९८.७३ प्रतिशत र २०७७ सालमा ९९.७० प्रतिशत सहित उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ।

    नेपाल सरकार, शिक्षा ,बिज्ञान तथा प्रबिधि मन्त्रालयले काठमाडौ बर्नहार्ट कलेजलाई उत्कृष्ट निजी महाबिधालय /कलेज-२०७६ को रुपमा सम्मानित गरेको छ। साथै NEB द्वारा लिइएको बार्षिक परिक्षा २०७६ मा Anish Khanal ले 3.93GPA प्राप्त गरि NEB Board Top गर्नुले पनि कलेजले आफ्नो अब्बलतालाई थप प्रमाणित गर्दछ।

    स्थापना कालदेखि नै यस कलेजले बार्षिक परीक्षाहरुमा पटकपटक सर्वोत्कृष्ट नतिजा ल्याउन सफल तथा IOM, IOE, MOE, KU जस्ता संस्थाहरुले लिने परिक्षामा समेत निरन्तर रुपमा छात्रवृत्ति कोटामा यस कलेजका विद्यार्थीहरु अग्र स्थानमा पर्नु, ब्यवस्थापन संकायको स्नातक तहमा पनि त्रिभुवन बिश्वबिद्धालयको बार्षिक परीक्षामा प्रथम हुनु र पटकपटक NEB को बार्षिक परिक्षामा इ स्थान ल्याउन सफल हुनुले पनि कलेजले विद्यार्थीको क्षमता अभिवृद्धिका लागि गरेको कठोर परिश्रमलाई प्रमाणित गर्दछ।

    जसको फलस्वरूप नेपाल सरकार शिक्षा ,बिज्ञान तथा प्रबिधि मन्त्रालयले काठमाडौ बर्नहार्ट कलेजलाई उत्कृष्ट निजी महाबिधालय /कलेज-२०७६ को रुपमा सम्मानित गर्नुका साथै NEB द्वारा लिइएको बार्षिक परिक्षा -२०७६ मा Anish Khanal ले 3.93GPA प्राप्त गरि NEB Board Top गर्नुले पनि कलेजले आफ्नो अब्बलतालाई प्रमाणित गर्दछ।

    काठमाडौ बर्नहार्ट कलेजले अबलम्बन गरेको महत्वपूर्ण शिक्षण पद्धति भनेकै विद्यार्थी केन्द्रित पठनपाठन पद्धति हो। यस संस्थाले स्कुलतर्फ नर्सरी देखि कक्षा १० सम्म माध्यमिक तह कक्षा ११ र १२ तर्फ बिज्ञान ,व्यवस्थापन र मानविकी संकायका बल्खुमा साथै स्नातक तर्फ BBS, BASW, BSc.CSIT, BCA, BBM र स्नातकोत्तर तह अन्तर्गत MBS(TU) शिक्षा बाफलमा प्रदान गर्दै आइरहेको छ।

    विद्यार्थीहरुको क्षमताअनुसारको शिक्षा दिनु नै बर्नहार्टको प्रमुख विशेषता हो । अब्बल विद्यार्थीलाई एक्ट्राअर्डीनरी बनाउन र कमजोर विद्यार्थीलाई प्रतिस्पर्धा गर्न लायक बनाउन यो कलेज हरपल सफल देखिन्छ । जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरेको वर्नहार्टले अनुसासित वातावरणमा अध्यापन गराउँदै आएको छ । अत्याधुनिक भौतिक संरचना, आधुनिक ल्याब, पुस्तकालय, खेल मैदान यो कलेजका विशेषता हुन् ।

    images
    मंगलवार, आषाढ ११ २०८१०६:४४:०९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार