Jul 27 2026 | २०८३, श्रावण ११ गते

प्रि-डिप्लोमा र डिप्लोमा तथा प्रमाणपत्र तहको भर्नाका लागि आवेदन खुल्यो

प्रि-डिप्लोमा र डिप्लोमा तथा प्रमाणपत्र तहको भर्नाका लागि आवेदन खुल्यो

  • 703
    SHARES

  • प्रि-डिप्लोमा र डिप्लोमा तथा प्रमाणपत्र तहको भर्नाका लागि आवेदन खुल्यो

    असार, १५ गते काठमाडौ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) को प्रि-डिप्लोमा र डिप्लोमा तथा प्रमाणपत्र तहको स्वीकृत कार्यक्रम र कोटाहरूमा पूर्ण शुल्कीयतर्फ प्रवेश परीक्षाका लागि आवेदन फाराम खुलेको छ। शैक्षिक सत्र २०८१/०८२ मा भर्नाको लागि आवेदन फाराम खुलेको हो।

    परिषदबाट सञ्चालन गरिने प्रि-डिप्लोमा र डिप्लोमा तथा प्रमाणपत्र तहका कार्यक्रमहरूको शैक्षिक सत्र २०८१/०८२ मा परिषद्बाट सञ्चालन सम्वन्धन/स्वीकृति पाएका आङ्गिक, साझेदार, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा (TECS) र निजी स्तरमा सञ्चालित शिक्षालयहरूले परिषद् परीक्षा नियन्त्रण कार्यालयद्वारा जारी गरिएको प्रि-डिप्लोमा र डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिकाहरू २०८१ बमोजिम पूर्ण शुल्कीय तर्फ भर्नाको लागि प्रवेश परिक्षाको आवेदन खुला गरिएको जानकारी दिएको छ।

    साथै सिटिइभिटिको स्वीकृत कार्यक्रम र कोटाहरूमा विद्यार्थी छनोट गर्न योग्यता पुगेका व्यक्तिहरूवाट मिति २०८१ साउन १३ गतेभित्र रीतपूर्वक आवेदन फाराम भर्न सकिने छ।

    एसईई/एस.एल.सी/प्रि-डिप्लोमा/प्राविधिक एस.एल.सी. तह उत्तीर्ण भएका विद्यार्थीहरूले पेस गरेका शैक्षिक योग्यता वापत प्रदान गरिने अङ्क र प्रवेश परीक्षामा प्राप्त गरेको अङ्कको योगफल अनुसार कार्यक्रम र कोटाहरूमा योग्यता क्रमानुसार छनोट हुने छन्।

    बिस्तृत विवरण सिटिइभिटिको वेबसाइट www.ctevtexam.org.np मा हेर्न सकिने छ।

    हेर्नुस सूचना ।

    FB_IMG_1719628697459.jpg

    images
    शनिवार, आषाढ १५ २०८१०८:३८:३५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार