आइतवार, आषाढ १६ २०८१
असार, १६ गते । काठमाडौं कलेज अफ सेन्ट्रल स्टेट (KCCS) ले शैक्षिक क्षेत्रमा विशिष्ट पहिचान बनाएको छ । काठमाडौ महानगरपालिका वडा १३ मा अवस्थित सेन्ट्रल स्टेट एजुकेसन फाउन्डेसनद्वारा सञ्चालित उक्त कलेज एसईई पछि उत्कृष्ट शैक्षिक गन्तव्य बनेको छ।

हरेक वर्ष उत्कृष्ट नतिजा निकाल्न सफल यस स्कुल/कलेजमा नर्सरी देखि स्नातकोत्तर तहसम्म अध्ययन अध्यापन हुने गर्दछ। कक्षा ११ र १२ मा Science, Humanities, Management / Law विषयमा अध्ययन गर्न पाइन्छ । साथै स्नातक तहमा BCA, BASW, र BBS पढाइ हुने गर्दछ। त्यस्तै स्नातकोतर तहमा व्यवस्थापन संकायमा अध्ययन हुने गर्दछ।

काठमाडौंको सोल्टिमोड, कालीमाटीमा अवस्थित सेन्ट्रल स्टेट नवउदीयमान शैक्षिक सस्था हो। यो कलेज अत्यन्त व्यवस्थित आधुनिक शिक्षा प्रवाहमा कटिवद्ध छ। यस संस्थाले शिक्षा मात्र होइन कुशल संस्कार पनि प्रदान गर्दछ।
कलेजको मुख्य शैक्षिक उद्धेश्य उच्चशिक्षा हासिल गर्ने विद्यार्थीलाई विश्वस्तरमै प्रतिस्पर्धी बनाउन ज्ञानसीप र नयाँ दृष्टिकोण प्रदान गर्नु हो । हाल यस स्कुल/कलेजमा शिक्षा हासिल गर्न देशभरिबाट करिब २४ सय भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् ।

काठमाडौं कलेज अफ सेन्ट्रल स्टेट जसरी शैक्षिक रूपमा सक्षम र सवल छ त्यसरी नै भौतिक रुपमा सम्पन्न छ । सुविधा सम्पन्न र भूकम्प प्रतिरोधी भवन, स्मार्टबोर्ड, प्रोजेक्टर र सिसिटिभी जडान गरिएका उज्याला र फराकिला कक्षाकोठा, पुस्तकालय, व्यवस्थित प्रयोगशाला, कम्प्युटर ल्याब, सेमिनार हल यस कलेजको विशेषता हो । विद्यार्थीको व्यक्तिगत रूपमा नै रेखदेख गर्नु कलेजको अर्को महत्वपूणर् विशेषता हो ।
समय समयमा अभिमुखीकरण तालिम, अभिभावक भेला, कार्यशाला, फिल्ड रिसर्च, गरी सिकाइलाई व्यवहारिक र जीवनउपयोगी बनाउन विद्यार्थीलाई पढाइमा सक्रिय सहभागी गराउन सहभागितामूलक र प्रोजेक्टमा आधारित कार्यगत जिम्मेवारी गराइन्छ । ‘शिक्षासँगै संस्कार पनि, अध्ययनसँगै अवसर पनि’ भन्ने भनाइलाई आत्मसाथ गरिएको यस कलेजमा अध्ययनरत विद्यार्थीहरू चरित्रवान, राष्ट्रसेवक कर्मचारी उद्यमी, समाजसेवी, उद्योगी, व्यवसायी बनेर संसारभर पुग्न सफल भएका छन् ।

कलेजले विद्यार्थीहरुको सर्वाङ्गिण विकासका लागि पढाईका साथसाथै खेलकुद, गायन, नृत्य, चित्रकला, लगायत विविध क्रियाकलापहरुमा समेत विशेषज्ञ जोड दिने गरेको छ । कलेजले प्रतिभालाइ सम्मान गर्दै कक्षा ११ मा भर्ना हुदा समेत विभिन्न क्रियाकलापमा रुचि भई त्यस क्षेत्रमा लाग्ने विद्यार्थीहरुलाई विशेष छात्रवृत्तिको व्यवस्था समेत गर्ने गरेको छ ।
बिज्ञान

काठमाडौ स्कूल एण्ड कलेज अफ सेन्ट्रल स्टेटले विज्ञान प्रदर्शनी आयोजना गरेर विद्यार्थीहरुको प्रतिभा प्रष्फुटन गरिरहेको छ। आजका विज्ञान अध्ययनरत विद्यार्थीहरुले संसारलाई वैज्ञानिक रुपान्तरण गर्ने भएकाले समाजको वैज्ञानिक रुपान्तरणको सवालमा विद्यार्थीहरुद्वारा निर्माण गरिएको विज्ञान प्रर्दशनी गर्ने, नयाँनयाँ आविष्कार गर्ने दक्ष नागरिक उत्पादन गर्ने यस कलेजको लक्ष्य रहेको छ।

बिज्ञान प्रदर्शनिमा विद्यार्थीहरुले आफै संलग्न भई रोबर्ट हवाईजहाज, क्यालकुलेटर लगायतका गरी विविध प्रर्दशनी गरेर आफ्नो उत्कृष्ट क्षमतालाई प्रदर्सन गर्ने गरेका छन। यहाँका विद्यार्थीहरु देशको दक्ष चिकित्सक, इन्जिनियर, वरिष्ठ वैज्ञानिक बन्न सफल भएकोले यस कलेज विज्ञान संकाय पढ़ने विद्यार्थीको रोजाई रहेको छ।
कानुन
कानुन विषय यस संस्थाको प्राथमिकताको मूल विषय रहेको छ । कानूनका विद्यार्थीहरुलाई मुडकोटको व्यवस्था गरिएको छ । कलेजबाट समय समयमा अदालतको भ्रमण गराई बहस गरेको प्रत्यक्ष अवलोकन गराइन्छ । कानून विषय लिएर अध्ययन गरेका विद्यार्थीहरु उच्च शिक्षामा उत्कृष्ट नतिजासहित अध्ययन गर्न सफल भएका छन् ।
ब्यबस्थापन

व्यवस्थापन संकायतर्फ पनि विभिन्न विषय छनोट गरेर अध्ययन गर्न पाउने अवसर प्रदान गरिएको छ। Hotel Management, Computer Science विषयका निम्ति प्रयोगात्मक कक्षाहरु गराइन्छ। साथै बिभिन्न तारे होटलहरुमा लगेर प्रयोगात्मक परीक्षा लिइन्छ ।
मानविकी
त्यस्तै गरेर मानविकीतर्फ ऐच्छिक अड्ग्रेजी तथा नेपाली आदि विषयमा अध्यापन समेत गराइन्छ। विद्यार्थीहरुलाई समय समयमा हाइकिङ, दर आदि आउटिङ कार्यक्रमको व्यवस्था गरिएको छ।

अतिरिक्त क्रियाकलाप

विद्यार्थीहरुको चौतर्फी विकासका लागि सेन्ट्रल स्टेटले विशेष ध्यान पुर्याएको छ। कोरा किताबी ज्ञानबाट मात्र नभई अतिरिक्त क्रियाकलापमा पनि विशेष जोड दिदै आएको छ। सप्ताहव्यापि खेलकुदको आयोजना गरेर उत्कृष्ट हुनेहरुका लागि नगद तथा ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरेको छ।
छात्रवृत्ति
जेहेन्दार विद्याधर्थीहरुका लागि प्रशस्त छात्रवृक्तिको व्यवस्था गरेको छ । परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्न सफल विद्यार्थीहरुलाई पनि पूर्ण छात्रवृत्तिको व्यवस्था गर्दै आएको छ । संस्थाले विपन्न परिवारका जेहेन्दार छात्रछात्राहरुलाई पाठ्यसामग्रीको व्यबस्था गरेर पढाउने व्यवस्था समेत गरेको छ ।

यसरी सेन्ट्रल स्टेटले विद्यार्थीको चौतर्फी उन्नययनका लागि महत्वपूर्ण सावित भएको छ । तसर्थ आफ्नो बालबालिकाको भविष्य सुरक्षित गर्नका लागि सेन्ट्रल स्टेट नै अभिभावकको सारथी भएको छ ।
यसै सन्दर्भमा सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय शिक्षा क्षेत्रमा अनवरतरुपमा लागिरहनु भएका समाजसेवी एवमं शिक्षासेवी तथा कलेजका शैक्षिक निर्देशक टंक प्रसाद गैरे संगको कुराकानी

• कलेज अफ सेन्ट्रल स्टेटको बारेमा केही बताई दिनुहोस् न ।
काठमाडौंको केन्द्र सोल्टीमीट, कालिमाटीमा अवस्थित यस कलेज युवा प्राज्ञिक, बौद्धिक व्यक्तित्वहरुको सक्रियतामा knowledge, creativity and discipline नन्ने मूल मान्यताका साथ स्थापना भएको संस्था हो। यस कलेजमा कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन कानून, मानविकी, शिक्षालगायतका विषयहरु पाइन्छ भने स्नातक तहमा बिसिए विविएस, विट्सबल्नु, र एमविएस लगायतका कार्यकमहरु सञ्चालनमा रहेका छन ।
• काठमाडौमा उत्कृष्ट कलेजका रुपमा पहिचान बनाउन प्रयत्नरत तपाईका रणनीतिहरु के के हुन?
परिणाममुखी प्रतिफल नै शिक्षा क्षेत्रको पहिचान बनाउने कडी हो। कलेजबाट उत्पादित जनशक्तिलाई समन्वय गरेर अगाडि बढनु नै सफलताको कारक हो। विद्यार्थीमैत्री वातावरण, शिक्षक, कर्मचारीमैत्री वाताबरण नै हाम्रा आधार स्रोत हुन । विद्यार्थीको अन्तरनिहीत प्रतिभालाई उजागार गरेर सेन्ट्रल स्टेमा विद्यार्थी आकर्षण गर्नु नै अहिलेको ध्येय रहेको छ। फरक शैली, उत्कृष्ठ परिणाम, निरन्तर मेहनत नै कलेजका रणनीतिक परिचान हुन्।
• सेन्ट्रल स्टेट कलेज के कारण अरु कलेज भन्दा फरक छ।
- दक्ष एवम् अनुभवी प्राध्यापकहरु, लगनशील कर्मचारीहरु चुस्त दुरुस्त म्यानेजमेन्ट र अत्तिरिक्त कियाकलाप, विद्यार्थीहरुका रुची क्षमतामा आधारित विभिन्न क्लबहरु, लगायत सबैको मिहिनेत र परिश्रमका कारण अन्य कलेज भन्दा फरक छ। विद्यार्थीहरुलाई मनोवैज्ञानिक तरिकाले अत्यावश्यक सेवा सुविधा प्रदान गरेर नै अरु कलेज भन्दा फरक रहेको छ।
• यस कलेजबाट उत्पादित विद्यार्थीहरुलाई कसरी रोजगारमा समाहित गर्नु भएको छ ?
- यस कलेजले विभिन्न रोजगार कम्पनीहरुसँग समन्वय गरेर समाहित गर्दछौ। विद्यार्थीको बायोडाटा बनाएर गतिविधि, रुची स्वभाव अनुसार रोजगार कम्पनीसंग सम्झौता पनि गर्ने गरेकाछौ।
• यस कलेजबाट कस्ता विद्यार्थीहरु उत्पादन भईरहेका छन? र उनीहरुको ज्ञान, सीप, सिर्जनशीलतालाई कसरी उपयोग गर्ने योजना रहेको छ ?
- कलेजबाट उत्पादित जनशक्ति इमान्दार, लगनशील, परिश्रमी, सबल र सक्षम छन । र उनिहरुले आर्जन गरेको ज्ञान, सीप, क्षमता र सिर्जनशिलतालाई लक्षित गरेर क्लब, आइटी क्लबका माध्यमबाट सिर्जनशीलतालाई उपयोग गरेका छौ।
• हिजोआज अधिकाश दश जोड दुई सकेका विद्यार्थीहरु विदेशी शैक्षिक संस्थाहरुसँग आवद्ध भई आफनो शैक्षिक गन्तव्यको रुपमा अंगीकार गरेको पाईन्छ। यसका पछाडिका कारणहरु के के देख्नुहुन्छ?
- नेपालको राजनीतिक अस्थिरता संगै त्यसभित्र भएका विसङ्गति र विकृतिले गर्दा अधिकांश विद्यार्थी विदेश गएका हुन । राज्यले रोजगारका अवसरहरु सिर्जना गरेर विदेशमा गएका युवा जनशक्तिलाई देश विकासमा लगाउन जरुरी छ।
• सेन्ट्रल स्टेटमा विद्यार्थी छनोटको आधार के के लाई मान्नुहुन्छ?
- विद्यार्थीहरुको परीक्षाको प्राप्ताङ्क, प्रवेश परीक्षा र विद्यार्थीको रुचीलाई नै मुख्य आधार मान्ने गरिएको छ।
• अभिभावकलाई के सल्लाह दिनुहुन्छ?
- कहिलेकाहिँ हाम्रो अभिभावकहरु बच्चाको रुचि बेगर बिषय र बिद्यालय छान्ने गरेको पाइन्छ । त्यसकारण विद्यार्थीको रुची, चाहाना भावना अनुसार कलेज छनोट गर्न अनुरोध गर्दछु। साथै विद्यार्थीहरु स्वयंपनि बाहिरी आकर्षण, साथीहरुको लहीलहीमा भन्दापनि आफ्नो क्षमता, रुचि, आर्थिक अवस्थालाई समेत मध्यनजर गरि थार्थमा ज्ञान प्रदान गर्ने बिद्यालय र विषय छनोट गर्न अनुरोध गर्दछु ।
• शिक्षा क्षेत्रमा देखिएका विकृतिहरु के के हुन?
- अप्राज्ञिक ब्यक्तिहरुले गर्दा हुने अस्वस्थ्य प्रतिस्पर्धा त्यस्तै निजी भित्रको बिकृती र राज्यले सरकारीलाई मात्र हेर्ने दृष्टिकोण परिवर्तन हुन आवश्यक छ। सबै शैक्षिक संस्थाहरुलाई नियमन गर्न आवश्यक छ।