Jul 27 2026 | २०८३, श्रावण ११ गते

प्याब्सन काठमाडौले कविता प्रतियोगिता तथा स्रष्टा सम्मान गर्दै।

प्याब्सन काठमाडौले कविता प्रतियोगिता तथा स्रष्टा सम्मान गर्दै।

  • 708
    SHARES

  • प्याब्सन काठमाडौले कविता प्रतियोगिता तथा स्रष्टा सम्मान गर्दै।

    असार, १८ गते काठमाडौ । निजि तथ आवासीय बिद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले उपत्यकाव्यापी कविता महोत्सव तथा श्रष्टा सम्मान कार्यक्रम गर्ने भएको छ। प्याब्सन काठमाडौ जिल्लाले सोमबार रिपोर्टस् क्लबमा एक पत्रकार सम्मेलन गर्दै आगामी असार २९ गते भानु जयन्तिको अवसरमा कविता महोत्सव तथा श्रष्टा सम्मान -२०८१ कार्यक्रम गर्ने भएको हो।

    बिद्यालय स्तरबाटै बालबालिकाको सिर्जनालाई प्रस्फुटन गराउने उदेश्य र नेपाली साहित्यका चम्किला तारा आदिकवि भानुभक्त आचार्यको नेपाली साहित्यप्रतिको योगदानलाई कदर गर्दै २११औं भानु जयन्तिको अवसरमा 'कविता महोत्सव तथा श्रष्टा सम्मान' गर्न लागेको साहित्य तथा संस्कृति बिभाग प्रमुख, प्याब्सन काठमाडौ जिल्ला सहकोषाध्यक्ष डिएन अधिकारिले बताउनुभयो ।

    20210922223605_IMG_0667~3.JPG

    पत्रकार सम्मेलनमा बोल्दै काठमाडौ जिल्ला अध्यक्ष प्रेम कुमार राईले प्याब्सन काठमाडौँले आदिकवि भानुभक्त आचार्यको २११ औं जन्म दिवसको अवसरमा मिति २०८१ असार २९ गते शनिबारका दिन उपत्यकाव्यापी प्याब्सन दोस्रो कविता महोत्सव तथा साहित्य श्रष्टा सम्मान कार्यक्रम-२०८१ भव्यताका साथ आयोजना गर्न लागेको बताउनुभयो । साहित्य समाजको ऐना होइन, साहित्य समाजको पथपर्दशक हो भन्दै अध्यक्ष राइले विद्यार्थीहरुको सर्बाङिण बिकास गर्न बिद्यालय स्तर बाटै बालबालिकाहरुलाई कविताको माध्यमबाट साहित्य लेखनशैलीको बिकार्ब्गर्न उक्त कार्यक्रम आयोजना गरिएको बताउनुभयो। साथै यस कार्यक्रममे संस्थागत बिद्यालयमा पढ्ने विद्यार्थीहरु पढाईमा मात्रै नभई कला, संस्कृति साहित्यमा समेत पोख्त छन भन्ने भन्नेकुरा प्रमाणित गर्ने उहाँले बताउनुभयो।

    20210922225200_IMG_0674.JPG

    त्यस्तै विद्यार्थीहरुको आन्तरिक प्रतिभा प्रस्फुटन गर्न र साहित्य प्रती रुचि बढाउने वरिष्ठ उपाध्यक्ष नवराज भट्टले बताउनुभयो।

    कार्यक्रम असर २९ गते भानु जवन्तिको दिन काठमाडौको कमलादीस्थित पारिजात हलमा हुने पत्रकार सम्मेलन मार्फत जारी बिज्ञप्तिमा उल्लेख छ। प्रतियोगितामा उपत्यका भरिबाट ५० स्कुल सहभागी हुनेछन।

    20210922220643_IMG_0654~2.JPG

    प्रतियोगितामा प्रथम पुरस्कारः नगद रु. २० हजार, द्वितीय पुरस्कारः नगद रु.१५ हजार, तृतीय पुरस्कार  नगद रु.१० हजार, चौथो र पाँचौ पुरस्कार नगद रु.४ हजार र  सान्त्वना पुरस्कार (५ जनालाई) नगद रु.३०००, का दरले, मेडल तथा प्रमाण-पत्र बितरण गरिने छ।

    पत्रकार सम्मेलन प्याब्सन काठमाडौ पाब्सन जिल्ला सचिव सुदर्शन थापाले संचालन गर्नुभयो भने काठमाडौ जिल्ला प्याब्सनका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो।

    प्रतियोगिता सम्बन्धी आवश्यक जानकारीः

    १) प्रत्येक विद्यालयबाट १ जना विद्यार्थी मात्र सहभागी हुने गरी जम्मा ५० जना प्रतियोगिहरूलाई मात्र सहभागी गराइनेछ ।

    २) कविताको शीर्षक तोकिएको छैन। प्रतियोगी विद्यार्थीहरूले करिब २ घण्टाको अभिमुखिकरण पछि On the Spot तोकिएको समय भित्र कविता लेख्नुपर्नेछ ।

    ३) कविता १५० शब्दमा नबढाइ गद्य वा पद्य दुबै शैलिमा लेख्ख सकिनेछ ।

    ४) प्रतियोगितामा सहभागि हुने कविता देशप्रेम, प्राकृतिक सौन्दर्य, प्रकृतिप्रेम, मानवता, समसामयिक चेतना झल्काउने प्रकृतिको हुनुपर्नेछ ।

    ५) प्रति सहभागि रजिष्ट्रेशन शुल्क रु.१०००/- तपशील बमोजिम जम्मा गरिदिनु हुन अनुरोध गरिन्छ । बैंकको नामः Everest Bank, Balaju Branch खाताको नामः PABSON Kathmandu District खाता नं.: 02000105200203

    ६) कवितामा सहभागि हुने विद्यार्थीको नाम रजिष्ट्रेशन शुल्क तिरेको बैंक भौचर सहित २०८१ असार २५ गतेभित्र विद्यालयको Letter Head मा इमेल मार्फत प्याब्सन काठमाडौँमा आइपुग्नु पर्नेछ । Email: kathpabson@gmail.com रहेको छ।

    ७) कविता लेखन तथा वाचन कला दुवैको मूल्याङ्कन गरिनेछ ।

    ८) कविता महोत्सव २०८१ असार २९ गते, शनिबार, बिहान ठीक ८:३० बजे, नेपाल प्रज्ञा प्रतिष्ठान, पारिजात हल, काठमाडौँमा विद्यार्थीहरू उपस्थित भईसक्नु पर्नेछ ।

    ९) कविता महोत्सवको पत्रकार सम्मेलन २०८१ असार १७ गते दिउँसो ३ बजे रिपोटर्स क्लव नेपाल, भृकुटीमण्डपमा गरिनेछ ।

    १०) कविता महोत्सव २०८१ असार २९ गते बिहान आदिकवि भानुभक्त आचार्यको शालिकमा माल्यार्पण गरी प्रारम्भ गरिनेछ ।

    ११) पुरस्कारः प्रथम पुरस्कारः नगद रु. २००००/- मेडल तथा प्रमाण-पत्र द्वितीय पुरस्कारः नगद रु.१५०००/- मेडल तथा प्रमाण-पत्र तृतीय पुरस्कारः नगद रु.१००००/- मेडल तथा प्रमाण-पत्र चौथो पुरस्कारः नगद रु.४०००/- मेडल तथा प्रमाण-पत्र पाँचौ पुरस्कारः नगद रु.४०००/- मेडल तथा प्रमाण-पत्र सान्त्वना पुरस्कार (५ जनालाई) नगद रु.३०००/- का दरले, मेडल तथा प्रमाण-पत्र

    images
    मंगलवार, आषाढ १८ २०८११०:२३:४६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार