Jul 27 2026 | २०८३, श्रावण ११ गते

केशर पुस्तकालय सञ्चालन छिटो गर्न निर्देशन

केशर पुस्तकालय सञ्चालन छिटो गर्न निर्देशन

  • 626
    SHARES

  • केशर पुस्तकालय सञ्चालन छिटो गर्न निर्देशन

    असार, २६ गते काठमाडौ । राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले केशर पुस्तकालय छिटो सञ्चालन गर्न निर्देशन दिएको छ । समितिले मंगलबार निर्माणाधीन पुस्तकालय भवनको निरीक्षण गरी यथासक्दो छिट्टो निर्माणकार्य पूरा गरी पुस्तकालय सञ्चालनका लागि पहल गर्न निर्देशन दिएको हो ।

    समितिका सभापति मायाप्रसाद शर्मासहितको टोलीले पुस्तकालयलाई सुरक्षित र व्यवस्थित गर्न पुस्तकालय प्रमुख सुरेशकुमार यादवलाई निर्देशन दिनुभयो । त्यसअवसरमा समितिलाई हालसम्म ८० प्रतिशत प्रगति भएको जानकारी गराइएको थियो ।

    वि.सं.२०७२ को गोरखा भूकम्पमा क्षतिग्रस्त केशर पुस्तकालयको भवन वि.सं.२०७६ बाट दुई वर्षभित्र कार्य सम्पन्न गर्ने भनी प्रवलीकरण(रेट्रोफिटिङ) सुरु गरिएकोमा छ वर्षसम्म पनि पूरा नभएकामा सांसदहरुले आपत्ति जनाएका थिए । समितिका सभापति शर्माले निर्माणमा भएको ढिलाइ र बाँकी काम कहिले सकिन्छ भनेर प्रश्न गर्नुभएकामा पुस्तकालय प्रमुख यादवले भवनको सेलिङ राख्न केही ढिलाइ भएको जवाफ दिनुभयो ।

    त्यसका लागि बोलपत्रको समय नौ महिना थप गरिएको उहाँले जानकारी दिनुभयो । “चैतसम्ममा पुस्तकालय पूरै तयार हुन्छ भन्नेमा आशावादी छौँ”, उहाँले भन्नुभयो, “लगभग ८० प्रतिशत कार्यसम्पन्न भएको छ ।” यादवका अनुसार पुस्तकालयामा पुरातात्विक र नयाँ गरी ६५ हजार पुस्तक संरक्षित छन् ।

    यहाँ एक हजार एक सय ५० वर्ष पुराना हस्तलिखित ग्रन्थ छन् । यिनको ‘डिजिटलाइज’ गर्ने कार्य भइरहेको छ । पुस्तकालयका विषयमा सभापति शर्मा, सांसदहरु गोपाल भट्टराई, गोमादेवी तिमिल्सिना, गोपालकुमार बस्नेत, पदमबहादुर परियार, मदनकुमारी साह (गरिमा), युवराज शर्मा, रुक्मिणी कोइराला, रेणु चन्द, श्रीकृष्णप्रसाद अधिकारी र सुमित्रा बिसी गरी १२ जनाले विभिन्न जिज्ञासा राख्नुभएको थियो । रासस

    images
    बुधवार, आषाढ २६ २०८१०६:२४:३१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार