Jul 27 2026 | २०८३, श्रावण ११ गते

स्नातक तह बिआईसिटिईमा नयाँ भर्नाका लागि आवेदन खुल्यो

स्नातक तह बिआईसिटिईमा नयाँ भर्नाका लागि आवेदन खुल्यो

  • 734
    SHARES

  • स्नातक तह बिआईसिटिईमा नयाँ भर्नाका लागि आवेदन खुल्यो

    असार,२७ काठमाडौ । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्कायले शैक्षिक सत्र २०८१/८२ का लागि स्नातक तह Bachelors of Information and Communication Technology Education (BICTE) मा भर्नाका लागि आवेदन माग गरेको छ । विश्वविद्यालयले सेमेस्टर प्रणाली अन्तर्गत स्नातक तह प्रथम सेमेस्टरमा नयाँ भर्ना गर्न प्रवेश परीक्षाका लागि आवेदन खोलेको हो।

    इच्छुक विद्यार्थीहरुले प्रवेश परीक्षा आवेदन फाराम साउन १ देखि भदौ ७ गतेसम्म र विलम्ब शुल्कमा भदौ ८ गतेदेखि १४ गतेसम्म बुझाउन सक्ने छन् । साथै भर्ना कार्यक्रम जुनसुकै विषय लिई कक्षा १२ को परीक्षामा २.०१ जिपिए वा सोभन्दा बढी ग्रेड ल्याई उत्तीर्ण विद्यार्थीले फाराम भर्न पाउनेछन् ।

    प्रवेश परीक्षा आवेदन फाराम बापत नियमित शुल्क रु. १,५००/– तथा विलम्ब शुल्क रु. ३,०००/– लाग्नेछ भने शुल्क ई–सेवा मार्फत बुझाउनुपर्नेछ । साथै प्रवेश परीक्षा आगामी भदौ २५ गते मङ्गलबार दिउँसो १ः०० बजेदेखि सञ्चालन हुने जनाएको छ । नतिजा प्रकाशन भदौ ३१ गते, विद्यार्थी भर्ना असोज १ गतेदेखि १६ गतेसम्म र कक्षा सञ्चालन कात्तिक २५ गतेदेखि हुने सूचनामा उल्लेख छ ।

    Polish_20240711_084050861.png

    images
    बिहिवार, आषाढ २७ २०८१०८:४९:०७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार