बिहिवार, आषाढ २७ २०८१
काठमाडौ । कोलम्बस कलेजले शैक्षिक क्षेत्रमा विशिष्ट पहिचान बनाएको छ । काठमाडौ महानगरपालिका वडा 10 मा अवस्थित उक्त कलेज एसईई पछि उत्कृष्ट शैक्षिक गन्तव्य बनेको छ।

सन २००५ मा स्थापना भएदेखि, कलेजले +2 मा Science, Management र Humanities बिषयमा पठनपाठन गर्दै आएको छ। साथै स्नातक तहमा BCA, BBM, BASW, BBS र स्नातकोत्तर तहमा MBS पढाइ हुने गर्दछ।
एसइइपछि कोलम्बस कलेजन नै किन ?

काठमाडौंको बानेश्वरमा अवस्थित कोलम्बस कलेज नवउदीयमान शैक्षिक संस्था हो। यो कलेज अत्यन्त व्यवस्थित आधुनिक शिक्षा प्रवाहमा कटिवद्ध छ। यस संस्थाले शिक्षा मात्र होइन कुशल संस्कार पनि प्रदान गर्दछ।
कलेजको मुख्य शैक्षिक उद्धेश्य उच्चशिक्षा हासिल गर्ने विद्यार्थीलाई विश्वस्तरमै प्रतिस्पर्धी बनाउन ज्ञान, सीप र नयाँ दृष्टिकोण प्रदान गर्नु रहेको छ। हाल यस कलेजमा शिक्षा हासिल गर्न देशभरिबाट करिब आठ सय भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् ।

कोलम्बस कलेज जसरी शैक्षिक रूपमा सक्षम र सवल छ त्यसरी नै भौतिक रुपमा सम्पन्न छ । सुविधा सम्पन्न र भूकम्प प्रतिरोधी भवन, स्मार्टबोर्ड, प्रोजेक्टर र सिसिटिभी जडान गरिएका उज्याला र फराकिला कक्षाकोठा, पुस्तकालय, व्यवस्थित प्रयोगशाला, कम्प्युटर ल्याब, सेमिनार हल यस कलेजको विशेषता हो । विद्यार्थीको व्यक्तिगत रूपमा नै रेखदेख गर्नु कलेजको अर्को महत्वपूर्ण विशेषता हो ।

समय समयमा अभिमुखीकरण तालिम, अभिभावक भेला, कार्यशाला, फिल्ड रिसर्च गरी, सिकाइलाई व्यवहारिक र जीवनउपयोगी बनाउन विद्यार्थीलाई पढाइमा सक्रिय सहभागी गराउन सहभागितामूलक र प्रोजेक्टमा आधारित कार्यगत जिम्मेवारी गराइन्छ । ‘शिक्षासँगै संस्कार पनि, अध्ययनसँगै अवसर पनि’ भन्ने ध्येय आत्मसाथ गरिएको यस कलेजमा अध्ययनरत विद्यार्थीहरू चरित्रवान, राष्ट्रसेवक कर्मचारी उद्यमी, समाजसेवी, उद्योगी, व्यवसायी बनेर संसारभर पुग्न सफल भएका छन् ।

कलेजले विद्यार्थीहरुको सर्वाङ्गिण विकासका लागि पढाईका साथसाथै खेलकुद, गायन, नृत्य, चित्रकला, लगायत विविध क्रियाकलापहरुमा समेत विशेष जोड दिने गरेको छ । कलेजले प्रतिभालाई सम्मान गर्दै कक्षा ११ मा भर्ना हुदा समेत विभिन्न क्रियाकलापमा रुचि भई त्यस क्षेत्रमा लाग्ने विद्यार्थीहरुलाई विशेष छात्रवृत्तिको व्यवस्था समेत गर्ने गरेको छ ।
कोलम्बस कलेजमा सुविधाहरू निम्नानुसार छन्: पूर्वाधार सुविधाहरूमा पुस्तकालय, विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, यातायात, क्याफेटेरिया, फराकिलो कक्षा कोठा, सेमिनार हल र खेल मैदान समावेश छ।
पुस्तकालयले सबै संकायका विद्यार्थीहरूलाई आवश्यक पर्ने पाठ्यपुस्तकहरू उपलब्ध गराउँछ। पुस्तकालय कार्डले घरमा पनि पाठ्यपुस्तकहरू जारी गर्न मद्दत गर्दछ।

विज्ञान प्रयोगशालाहरू राम्रोसँग सुसज्जित र नवीनतम सामग्रीहरूले सुसज्जित छन्। कम्प्युटर ल्याबले उच्च गतिको इन्टरनेटको साथ नवीनतम सफ्टवेयर चलाउन आवश्यक सबै पक्षहरू पूरा गर्दछ।
कोलम्बस कलेजमा कक्षा कोठाहरू सफा, फराकिलो र प्रोजेक्टरहरूले सुसज्जित छन्। बास्केटबल, फुटबल, टेबल टेनिस, ब्याडमिन्टन, सांस्कृतिक कार्यक्रम, र धेरै जस्ता अतिरिक्त क्रियाकलापहरू प्रदान गरिन्छ। खेलकुद र सांस्कृतिक कार्यक्रमका लागि संस्था र संकायबीच प्रतिस्पर्धा पनि हुन्छ ।

शैक्षिक भ्रमण, औद्योगिक भ्रमण र वार्षिक कार्यक्रमहरूले राम्रो प्रदर्शन गर्न थप प्रेरणा दिन्छ। कोलम्बस कलेजमा योग गर्ने ठाउँ पनि छ, जसले दिमाग र शरीरलाई राम्रो स्वास्थ्यमा राख्न मद्दत गर्दछ।
कोलम्बस कलेजमा छात्रवृत्तिहरू निम्नानुसार छन्:
जेहेन्दार विद्यार्थी (बोर्ड टपर, डिस्ट्रिक्ट टपर र ईन्ट्रान्स् टपर) लाई पूर्ण छात्रवृत्ति प्रदान गरिन्छ। त्यसैगरी वार्षिक परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूलाई समेत उनीहरूको शिक्षण शुल्कको लागि छात्रवृत्ति दिइन्छ।
पढाइहुने बिषयहरु:
बिज्ञान
कोलम्बस कलेजले विज्ञान प्रदर्शनी आयोजना गरेर विद्यार्थीहरुको प्रतिभा प्रष्फुटन गर्ने अवसर प्रदान गर्दछ। आजका विज्ञान अध्ययनरत विद्यार्थीहरुले संसारलाई वैज्ञानिक रुपान्तरण गर्ने भएकाले समाजको वैज्ञानिक रुपान्तरणको सवालमा विद्यार्थीहरुद्वारा निर्माण गरिएको विज्ञान प्रर्दशनी गर्ने, नयाँनयाँ आविष्कार गर्ने दक्ष नागरिक उत्पादन गर्ने यस कलेजको लक्ष्य रहेको छ।
ब्यास्थापन
व्यवस्थापन संकायतर्फ पनि विभिन्न विषय छनोट गरेर अध्ययन गर्न पाउने अवसर प्रदान गरिएको छ। Hotel Management, Computer Science विषयका निम्ति प्रयोगात्मक कक्षाहरु गराइन्छ। साथै बिभिन्न तारे होटलहरुमा लगेर प्रयोगात्मक परीक्षा लिइन्छ ।
मानविकी
त्यस्तै गरेर मानविकीतर्फ ऐच्छिक अड्ग्रेजी तथा नेपाली आदि विषयमा अध्यापन समेत गराइन्छ। विद्यार्थीहरुलाई समय समयमा हाइकिङ, दर आदि आउटिङ कार्यक्रमको व्यवस्था गरिएको छ।
अतिरिक्त क्रियाकलाप

विद्यार्थीहरुको चौतर्फी विकासका लागि कोलन्बस कलेजले विशेष ध्यान पुर्याएको छ। कोरा किताबी ज्ञानबाट मात्र नभई अतिरिक्त क्रियाकलापमा पनि विशेष जोड दिदै आएको छ। सप्ताहव्यापि खेलकुदको आयोजना गरेर उत्कृष्ट हुनेहरुका लागि नगद तथा ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरेको छ।
यसै सन्दर्भमा सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रियरुपमा लागिरहनु भएका समाजसेवी एवमं शिक्षासेवी तथा कलेजका शैक्षिक प्राचार्य प्रदीप पाण्डे संगको कुराकानी :

• कोलम्बस कलेजका बारेमा केही बताई दिनुहोस् न ।
- काठमाडौंको मुटु बानेश्वरमा अवस्थित कोलम्बस कलेज युवा प्राज्ञिक, बौद्धिक व्यक्तित्वहरुको सक्रियतामा सन २००५ मा स्थापना भएको संस्था हो। यस कलेजमा कक्षा ११ र १२ मा Science, Management र Humanities विषयहरु अध्ययन अध्यापन हुने गर्दछन्। साथै स्नातक तहमा BCA, BBM, BASW, BBS र स्नातकोत्तर तहमा MBS पढाइ हुने गर्दछ।
• काठमाडौमा उत्कृष्ट कलेजका रुपमा पहिचान बनाउन प्रयत्नरत तपाईका रणनीतिहरु के के हुन?
- परिणाममुखी प्रतिफल नै शिक्षा क्षेत्रको पहिचान बनाउने कडी हो। कलेजबाट उत्पादित जनशक्तिलाई समन्वय गरेर अगाडि बढनु नै सफलताको कारक हो। विद्यार्थीमैत्री वातावरण, शिक्षक, कर्मचारीमैत्री वाताबरण नै हाम्रा आधार स्रोत हुन । विद्यार्थीको अन्तरनिहीत प्रतिभालाई उजागार गरेर सेन्ट्रल स्टेमा विद्यार्थी आकर्षण गर्नु नै अहिलेको ध्येय रहेको छ। फरक शैली, उत्कृष्ठ परिणाम, निरन्तर मेहनत नै कलेजका रणनीतिक परिचान हुन्।
• कोलम्बस कलेज के कारण अरु कलेजभन्दा फरक छ ?
- दक्ष एवम् अनुभवी प्राध्यापकहरु, लगनशील कर्मचारीहरु चुस्त दुरुस्त म्यानेजमेन्ट र अत्तिरिक्त कियाकलाप, विद्यार्थीहरुका रुची क्षमतामा आधारित विभिन्न क्लबहरु, लगायत सबैको मिहिनेत र परिश्रमका कारण अन्य कलेज भन्दा फरक छ। विद्यार्थीहरुलाई मनोवैज्ञानिक तरिकाले अत्यावश्यक सेवा सुविधा प्रदान गरेर नै अरु कलेज भन्दा फरक रहेको छ।
• यस कलेजबाट उत्पादित विद्यार्थीहरुलाई कसरी रोजगारमा समाहित गर्नु भएको छ ?
- यस कलेजले विभिन्न रोजगार कम्पनीहरुसँग समन्वय गरेर समाहित गर्दछौ। विद्यार्थीको बायोडाटा बनाएर गतिविधि, रुची स्वभाव अनुसार रोजगार कम्पनीसंग सम्झौता पनि गर्ने गरेकाछौ।
• यस कलेजबाट कस्ता विद्यार्थीहरु उत्पादन भईरहेका छन? र उनीहरुको ज्ञान, सीप, सिर्जनशीलतालाई कसरी उपयोग गर्ने योजना रहेको छ ?
- कलेजबाट उत्पादित जनशक्ति इमान्दार, लगनशील, परिश्रमी, सबल र सक्षम छन । र उनिहरुले आर्जन गरेको ज्ञान, सीप, क्षमता र सिर्जनशिलतालाई लक्षित गरेर क्लब, आइटी क्लबका माध्यमबाट सिर्जनशीलतालाई उपयोग गरेका छौ।
• हिजोआज कक्षा १२ पछि अधिकांश विद्यार्थीहरु विदेशी शैक्षिक संस्थाहरुसँग आवद्ध भई आफनो शैक्षिक गन्तव्यको रुपमा अंगीकार गरेको पाईन्छ। यसका पछाडिका कारणहरु के के देख्नुहुन्छ?
- नेपालको राजनीतिक अस्थिरता संगै त्यसभित्र भएका विसङ्गति र विकृतिले गर्दा अधिकांश विद्यार्थी विदेश गएका हुन । राज्यले रोजगारका अवसरहरु सिर्जना गरेर विदेशमा गएका युवा जनशक्तिलाई देश विकासमा लगाउन जरुरी छ।
• कोलम्बस कलेज विद्यार्थी छनोटको आधार के के लाई मान्नुहुन्छ?
- विद्यार्थीहरुको परीक्षाको प्राप्ताङ्क, प्रवेश परीक्षा र विद्यार्थीको रुचीलाई नै मुख्य आधार मान्ने गरिएको छ।
• अभिभावकलाई के सल्लाह दिनुहुन्छ?
- कहिलेकाहिँ हाम्रो अभिभावकहरु बच्चाको रुचि बेगर बिषय र बिद्यालय छान्ने गरेको पाइन्छ । त्यसकारण विद्यार्थीको रुची, चाहाना भावना अनुसार कलेज छनोट गर्न अनुरोध गर्दछु। साथै विद्यार्थीहरु स्वयंपनि बाहिरी आकर्षण, साथीहरुको लहीलहीमा भन्दापनि आफ्नो क्षमता, रुचि, आर्थिक अवस्थालाई समेत मध्यनजर गरि थार्थमा ज्ञान प्रदान गर्ने बिद्यालय र विषय छनोट गर्न अनुरोध गर्दछु ।
• शिक्षा क्षेत्रमा देखिएका विकृतिहरु के के हुन?
- अप्राज्ञिक ब्यक्तिहरुले गर्दा हुने अस्वस्थ्य प्रतिस्पर्धा त्यस्तै निजी भित्रको बिकृती र राज्यले सरकारीलाई मात्र हेर्ने दृष्टिकोण परिवर्तन हुन आवश्यक छ। सबै शैक्षिक संस्थाहरुलाई नियमन गर्न आवश्यक छ।
