शुक्रवार, आषाढ २८ २०८१
असार, २८ गते काठमाडौ । मध्यपश्चिम विश्वविद्यालयलयमा स्नातक तहमा इन्जिनियरिङ र बिज्ञान संकायको विभिन्न कार्यक्रममा भर्नाको लागि आवेदन खुला गरेको छ। विश्वविद्यालय, ग्ग्राजुएट स्कुल अफ इन्जिनियरिङ र ग्याजुएट स्कुल अफ साइन्स एण्ड टेक्नोलोजी अन्तर्गत केन्द्रीय विभागहरूमा सञ्चालित स्नातक तहका विभिन्न कार्यक्रमहरूमा शैक्षिक सत्र २०८१/०८२ का लागि विद्यार्थी भर्ना खुला गरिएको हो।
भर्ना आवेदन फाराम अनलाइन पोर्टल entrance.mu.edu.np मा login गरी भर्न सकिनेछ ।
मध्यपश्चिम बिश्वविद्यालयको ग्ग्राजुएट स्कुल अफ इन्जिनियरिङ अन्तर्गत B.E. Civil, B.E. Computer र B.E. Hydropower र ग्ग्राजुएट स्कुल अफ साइन्स एण्ड टेक्नोलोजीका कार्यक्रमहरु BIT (48), B.Sc. CSIT (48) B.Sc. Env. Sciences (48) B.Sc. Biological (Botany, Chemistry, Zoology) (48) B.Sc. Physical (Physics, Chemistry, Mathematics, Statistics) (48) रहेक छन।
यी कार्यक्रममा आवेदन दिने अवधि २०८१ साउन ०२ गतेदेखि २००१ भदौ ०४ गते बेलुका ५: ०० बजेसम्म तोकिएको छ । साथै प्रवेश परीक्षा २०८१ भदौ ०२ बिहान ११:०० बजे र २०८१ भदौ ०५ विहान ११:०० बजे सुर्खेत र काठमाडौँमा हुने छन।
