Jul 27 2026 | २०८३, श्रावण ११ गते

एसईईको रिटोटलिङको पहिलो चरणको नतिजा सार्वजनिक : रिटोटलिङको लागि आवेदन दिने सङ्ख्या १६ हजार नाध्यो(नतिजा सहित)

एसईईको रिटोटलिङको पहिलो चरणको नतिजा सार्वजनिक : रिटोटलिङको लागि आवेदन दिने सङ्ख्या १६ हजार नाध्यो(नतिजा सहित)

  • 896
    SHARES

  • एसईईको रिटोटलिङको पहिलो चरणको नतिजा सार्वजनिक : रिटोटलिङको लागि आवेदन दिने सङ्ख्या १६ हजार नाध्यो(नतिजा सहित)

    असार, २८ गते काठमाडौ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को पहिलो चरणको रिटोटलिङको नतिजा सार्वजनिक गरेको छ ।

    बोर्डले लब्धाङ्क पत्र सहित सार्वजनिक गरेको पहिलो चरणको नतिजामा दुर्गमका विद्यार्थीको नतिजामा फरक पर्न गएको छ ।

    बोर्डले पहिलो चरणमा ९८ जना विद्यार्थीको नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार १.६ जीपीए आएका विद्यार्थीको नतिजामा ३.२२ जीपीए आएको छ ।

    राष्ट्रिय बोर्डले आइतबारसम्म रिटोलिङका लागि आवेदन दिने म्याद दिएको छ । रिटोटलिङका लागि अनलाइन आवेदन खुला गरिएपछि अहिले देशैभरिबाट १६ हजार भन्दा बढीले आवेदन दिएको बोर्डले जाकारी दियो । रिटोटलिङका लागि आवेदन दिनेमा बढीले गणित, विज्ञान र अङ्ग्रेजी विषयका लागि आवेदन दिएका छन् ।

    रिटोटलिङका लागि आवेदन दिनेको संख्या निर्धारित समयसम्ममा १८ हजार नाध्ने बोर्डले अनुमान गरेको छ । भौतिक रुपमा आवेदन दिने प्रक्रियालाई अनलाइन प्रक्रियामा लगेपछि रिटोटलिङ गर्नेको संख्या बढेको आँकलन गरिएको छ । यसअघि गत वर्षको एसईईमा करिब चार हजारले आवेदन दिएका थिए ।

    रिटोटलिङको नतिजाः

    Polish_20240712_224002386.pngPolish_20240712_224036364.png

    images
    शुक्रवार, आषाढ २८ २०८११०:४३:३०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार