Jul 27 2026 | २०८३, श्रावण ११ गते

कुलेश्वर आवास माविद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई बधाइ तथा सम्मान

कुलेश्वर आवास माविद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई बधाइ तथा सम्मान

  • 876
    SHARES

  • कुलेश्वर आवास माविद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई बधाइ तथा सम्मान

    साउन, १४ गते काठमाडौ । कुलेश्वर आवास माद्यामिक विद्यालयले एसईई २०८० मा उत्तीर्ण विद्यार्थीहरुलाई बधाइ तथा सम्मान गरेको छ। शनिबार आयोजित भव्य कार्यक्रमका बीच स्कुलले एसईई उत्तीर्ण विद्यार्थीहरुलाई शुभकामना एवं सम्मान कार्यक्रम आयोजना गरेको हो ।

    20211019225206_IMG_2665.JPG

    कार्यक्रममा बिद्यालयका प्राचार्य मेघराज दुलालको सभापतित्व र प्रमुख अतिथि बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तथा समन्वय इकाइ प्रमुख बिचारी प्रसाद अधिकारी रहनुभयो। त्यस्तै विशेष अतिथिको रुपमा पुरातत्व बिभागका पुर्व महानिर्देशक तथा क्याम्पस संचालन समितिका अध्यक्ष भेषनारायण दाहाल, बिद्यालयका कोर्डिनेटर तथा साहयक क्याम्पस प्रमुख प्रकाश भण्डारी, सह प्राचार्य तथा गुठियार सुरेश सुवेदी, गुठियार तथा कोर्डिनेटर गोपाल प्रसाद दुलाल लगाएत गुठियार, शिक्षक तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो।

    20211019230656_IMG_2688~2.JPG

    पुरातत्व बिभागका पुर्व महानिर्देशक तथा क्याम्पस संचालक समितिका अध्यक्ष भेषनारायण दाहालले एसईई उत्तीर्ण विद्यार्थीहरुलाई शुभकामना दिनुभयो । सिकाइको क्रम जीवनभर जारी रहने भन्दै दाहालले आगामि दिनमा आफ्नो भविष्य बारे सही निर्णय गरेर अगाडि बढ्न सुझाव दिनुभयो ।

    20211019231145_IMG_2697.JPG

    त्यस्तै एसईई सम्मान कार्यक्रममा प्राचार्य मेघराज दुलालले एसईईमा सफल विद्यार्थीलाई आफ्नो भविष्य निर्माणमा केन्द्रित हुन सुझाव दिँदै नम्बरको आधारमा भन्दा पनि रुचिको आधारमा आगामि अध्ययनको विषय छनौट गर्न सुझाव दिनुभयो। उहाँले विद्यार्थी, शिक्षक र अभिभावक तिनै पक्षको अनवरत मेहनत र सहकार्यका कारण कुलेश्वर आवास सदा झैँ यस वर्ष पनि उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएको बताउनुभयो ।

    20211019234416_IMG_2772.JPG

    त्यस्तै प्रमुख अतिथी काठमाडौ जिल्ला समन्वय इकाइ प्रमुख तथा कुलेश्वर आवास माध्यामिक विद्यालयका ब्यबस्थापन समितिका अध्यक्ष बिचारीप्रसाद अधिकारिले एसईई उत्तीर्ण विद्यार्थीहरुलाई बधाइ तथा शुभकामना दिनुभयो । शिक्षक, अभिभावक सबैको सामुहिक प्रयासबाट स्कुलले उत्कृष्ट नतिजा ल्याउन सफल भएको भन्दै स्कुलले शिक्षालाई शैक्षिक प्रमाणपत्रसँग मात्रै नजोडी संस्कार, सीप र जीवनोपयोगी ज्ञानसँग पनि जोडेको बताउनुभयो।

    20211019233154_IMG_2762.JPG

    एसईई उत्तीर्ण विद्यार्थीहरुलाई बिषय छनोट गर्दा ध्यान दिई आफुलाई रुचि भएको बिषय छान्न विद्यार्थीहरुलाई सुझाव दिनुभयो।

    20211019232143_IMG_2709.JPG

    कुलेश्वर आवास माध्यमिक बिद्यालयमा एस वर्ष कुल ५१ जना विद्यार्थीले परीक्षा दिएकामा जिपिए ३.६ देखि ४ सम्म १७ जना विद्यार्थी, जिपिए ३.२ देखि ३.६ सम्म १६ जना विद्यार्थी, जिपिए २.८ देखि ३.२ सम्म १४ जना विद्यार्थी र जिपिए २.५- २८ सम्म ४ जना विद्यार्थि रहेका छन। उक्त कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुतिहरु देखाएका थिए।

    कुलेश्वर आवास स्कुल तथा कलेजमा हाल कक्षा ११ मा भर्ना धमाधम चलिरहेको छ। कलेजमा Science, Management, Humanities र Law पढाई हुने गरेको छ। साथै स्नातक तहमा BIT को लागि समेत भर्ना फारम खुलेको छ। 

    20211019235154_IMG_2777.JPG20211019235320_IMG_2783.JPG20211019235947_IMG_2797.JPG20211020001819_IMG_2815.JPG20211020004752_IMG_2854.JPG20211020005808_IMG_2891.JPG20211020011047_IMG_2904.JPG

    images
    सोमवार, श्रावण १४ २०८१०६:५०:३८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार