Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिविमा स्नातक तहमा नयाँ विद्यार्थी भर्नाको लागि आवेदन खुल्यो ।

त्रिविमा स्नातक तहमा नयाँ विद्यार्थी भर्नाको लागि आवेदन खुल्यो ।

  • 1.3K
    SHARES

  • त्रिविमा स्नातक तहमा नयाँ विद्यार्थी भर्नाको लागि आवेदन खुल्यो ।

    साउन २४ गते काठमाडौ । त्रिभुवन विश्वविद्यालय, शिक्षाध्यक्षको कार्यालयले लागि स्नातक तह प्रथम वर्षको नयाँ विद्यार्थी भर्नाको लागि आवेदन खुला गरेको छ।

    विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकाय, व्यवस्थापन संकाय, शिक्षाशास्त्र संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरुमा शैक्षिक वर्ष २०८१/०८२ को बार्षिक प्रणालीका लागि स्नातक तह प्रथम वर्षमा नयाँ विद्यार्थी भर्नाको लागि आवेदन खुला गारेको हो।

    यस्तो छ भर्ना कार्यक्रम

    १. आवेदन फाराम वितरण र बुझाउने २०८१ साउन २८ गतेदेखि भाद्र मसान्तसम्म ।

    २. प्रवेश परीक्षा तथा भर्ना सम्बन्धी अन्य विस्तृत जानकारी: डीनको कार्यालयले निर्धारण गरे अनुसार

    ३. कक्षा संचालन २०८१ असोजदेखि

    ४. अन्तिम परीक्षा फाराम भराउने २०८२ बैशाख

    ५. कक्षा समाप्त हुने मिति: २०८२ जेठ

    ६. अन्तिम परीक्षा संचालन २०८२ असार

    ७. नतिजा प्रकाशन २०८२ असोज

    ८. विद्यार्थीले प्रवेश चाहेको प्रत्येक संकाय अध्ययन संस्थान र विषय अनुसार क्याम्पसमा बेग्लाबेग्लै आवेदन फाराम बुझाउनु पर्नेछ ।

    ९. आवेदन दिंदा फारामसँगै हालसालै खिचेको र ट्रान्सङ्क्रप्ट तथा चारित्रिक प्रमाणपत्रको प्रमाणित प्रतिलिपि बुझाउनु पर्नेछ ।

    १०. विस्तृत जानकारी सम्बन्धित डीन कार्यालयहरु र क्याम्पसबाट प्राप्त गर्न सकिनेछ ।

    विश्वविद्यालय द्वारा प्रकाशित शैक्षिक तालिका अनुसार विद्यार्थी भर्ना, कक्षा संचालन र परीक्षा संचालन समेत गर्न गराउन सम्बन्धित निकायहरुलाई जानकारी गराएको छ।

    FB_IMG_1723080138640.jpg

     

    images
    बिहिवार, श्रावण २४ २०८१०७:१९:२६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार