बुधवार, श्रावण ३० २०८१
साउन, ३० गते काठमाडौ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, (सिटिइभिटी) ले दलित, मुस्लिम, विपन्न र सीमान्तकृत समुदायका छात्रछात्राहरूलाई प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रम अन्तर्गत प्रि-डिप्लोमा तथा डिप्लोमा/प्रमाणपत्र तहका कार्यक्रमहरूमा निःशुल्क अध्ययन गर्न प्रवेश परीक्षाका लागि आवेदन माग गरेको छ।
सिटिइभिटि प्राविधिक महाशाखाको च.नं ३१७, मिति २०८१ साउन २१ गते. च.नं. ३३१, मिति २०८१ साउन २२ गते र च.नं ५३०, मिति २०८१ साउन २८ गतेको पत्रानुसार नेपाल सरकारको आर्थिक वर्ष २०८१/०८२ को बजेट तथा कार्यक्रममा व्यवस्था भए वमोजिम दलित, मुस्लिम, विपन्न र सीमान्तकृत समुदायका छात्रछात्राहरु वाट डिप्लोमा/प्रमाणपत्र तहमा ३२४ र प्रि-डिप्लोमा तहमा ३६ जना गरी जम्मा निर्धारित ३६० सिटहरूमा नि:शुल्क अध्ययमका लागि आवेदन माग गरेको हो।
साथै सीमान्तकृत समुदायको हकमा नेपाल सरकारवाट सूचीकृत सुविधावञ्चित २२ वटा आदिवासी जनजाति समूहहरू (वनकरिया. वराम, वाटे. चेपाङ, दनुवार, धानुक, हायु, झागड, किसान, कुसुन्डा, लेप्चा, माझी. मेचे. कुसवाडिया. राजी, राउटे, सतार, सिंसा (ल्होमी), सियार, सुरेल, थामी र थुनम) र हलिया र कमैया समेतलाई मात्र बुझाउनेछ ।
आवेदन फारम साउन ३० गते देखि भदौ २० सम्म बुझाउम सकिने छ। साथै प्रवेश परीक्षा भदौ २९ गते बिहान ८:०० बजे संचालन हुने छन। आवेदन फारम भर्न परीक्षा नियन्त्रण कार्यलयको वेबसाईट www.ctevtexam.org.np बाट डाउनलोड गरि प्राप्त गर्न सकिने छ।




