मंगलवार, फाल्गुण ११ २०७७
नेपाल मेडिकल काउन्सिलले डाक्टर दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा डिजिटल प्रबिधि बाट लिन थालेको छ। कपिमा परीक्षा लिने पद्धति फेर्दैे झन्डै दुई दशकपछि कम्प्युटरमा आधारित परीक्षा लिन थालिएको हो ।
डिजिटल परिक्षा लिने व्यवस्थाले सनातकतह एमबीबीएस, बीडीएस र स्नातकोत्तर तहको विशेषज्ञ चिकित्सकलाई लाइसेन्स परीक्षामा सहज भएको छ। पहिलेको प्रणाली मा परीक्षा दिदा धेरै त्रुटि हुने, एकपटक लगाएको उत्तर चिह्न सच्याउन नमिल्ने जस्ता समस्या अव बेहोर्नु नपर्ने भएकोछ । डिजिटल माध्याम बाट भएकोले एकपटक बिग्रेको प्रश्नोत्तर पुनासच्याउना मिल्ने छ ।
यस परीक्षामा कुनै प्रश्नको उत्तर लेख्न छुट्ने पो हो कि भन्ने चिन्ता लिनुपर्दैन। कुनै प्रश्नको उत्तर लेख्न बाँकी रहे कम्प्युटरले सचेत गराउँछ भने दुई ठाउँमा उत्तर लेख्न खोजे कम्प्युटरले एसेप्ट गर्दैन ।
डिजिटल प्रबिधि बाट परिक्षा हुदा, परीक्षा हलमा प्रवेश गर्नुपूर्व बायोमेट्रिक हाजिरी गर्नुपर्छ। परीक्षार्थीले तोकिएको स्थानमा बसी नाम र पासवर्ड कम्प्युटरमा प्रविष्टि गर्नुपर्छ। त्यसपछि मात्र निर्देशिकासहित प्रश्नपत्र देखिनेछन्। कम्प्युटर मनिटरमा परीक्षार्थीको फोटो, रोल नम्बर, परीक्षाको समय, उत्तर दिएको संख्या र उत्तर बाँकी संख्या निरन्तर देखिनेछ।
काउन्सिलका रजिस्ट्रार डा. कृष्णप्रसाद अधिकारीले भने, ‘फोटो, नाम र कतिवटा उत्तर भयो। कतिवटा बाँकी छन्। बुझाउनअघि नै कम्प्युटरले सचेत गराउँछ। तीन महिनाअघिको विशेषज्ञ परीक्षादेखि पुरानो शैली फेरियो।’
ललितपुर पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानमा आइतबार सुरु एमबीबीएसको दर्ता परीक्षामा १ हजार १ सय ७४ जना सहभागी छन्। बीडीएसतर्फ २ सय १० जना सहभागी भएको काउन्सिलले जनाएको छ। बीडीएसको दर्ता प्रमाणपत्र परीक्षा अन्तिम दिन मंगलबार हुँदै छ।
पत्रपत्रिका बाट