शुक्रवार, श्रावण ३२ २०८१
साउन, ३२ काठमाडौ । काठमाडौको बानेश्वर संखमुलमा अवस्थित नेरिक एकेडमिले उपत्यका व्यापी अन्तर-विद्यालय मौलिक तीज प्रतियोगिता आयोजना गर्ने भएको छ।
एकेडेमीले एक पत्रकार सम्मेलन गर्दै साँस्कृतिक, धार्मिक र भौगोलिक रुपले धनी हाम्रो देश नेपालका बिभिद चाडपर्व, उत्सब र महोत्सबहरुलाई जोगाउँदै, प्रवर्दन गर्दै र आउँदा नयाँपुस्ताहरुमा हरुतान्तरण गर्ने उदेश्यका सथ उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो।

बिद्यालय स्तरका बालबालिकाहरुमा उत्कृष्ट पुस्तान्तरण होस भनि नेरिक एकेडेमी परिवारले सधैझैँ यो वर्ष पनि उपत्यका ब्यापी तीज नृत्य कार्यक्रम आयोजना गरेको प्रधानाध्यापक मिलन केसिले जानकारी दिनुभयो। सथै समाजमा फैलिएका नकरात्मक कुराहरुलाई छोडेर युवा तथा बालबालिकाहरुमा सकारात्मक भावनाका साथै आफ्नो देश, समाज र सँस्कृतीप्रती सकारात्मक भावना पैदा गर्दै आउँदा पुस्ताहरुमा पनि यि र यस्ता सँस्कृतीकहरको भावना जागृत होस भनि नेरिक एकेडेमीले यो उपत्यकाव्यापी तिजनृत्य प्रतियोगिताको आयोजना गरेको केसिले बताउनुभयो।
प्रतियोगिता भदौ एक गते १० बजे देक्गी शुरु हुनेछ। प्रतियोगितामा बिजेता स्कुलले नगद रु. २० हजार पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।