Jul 27 2026 | २०८३, श्रावण ११ गते

प्याब्सन अन्तर-विद्यालय तीज विशेष नृत्य प्रतियोगिता एघारौ संस्मरण सम्पन्न।

प्याब्सन अन्तर-विद्यालय तीज विशेष नृत्य प्रतियोगिता एघारौ संस्मरण सम्पन्न।

  • 997
    SHARES

  • प्याब्सन अन्तर-विद्यालय तीज विशेष नृत्य प्रतियोगिता एघारौ संस्मरण सम्पन्न।

    भदौ, १६ गते काठमाडौ । निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) काठमाडौ जिल्लाले आयोजना गरेको अन्तर-विद्यालय तीज विशेष नृत्य प्रतियोगिता एघारौ संस्मरण भब्य रुपमा सम्पन्न भएको छ। उपत्यका भरिबाट ७९ वटा बिद्यालय सहभागी भएको तीज बिशेष नृत्य प्रतियोगिता जमलस्थित राष्ट्रिय नाचघरमा भएको हो।

    IMG_6335~2.JPG

    प्रतियोगिता काठमाडौ जिल्लाको अध्यक्ष प्रेमकुमार राईको सभापतित्वमा प्रमुख अतिथि रक्षा मन्त्री मानविर राई, प्याब्सन केन्द्रिय, प्रदेश र काठमाडौ जिल्ला प्याब्सनका पदाधिकारी, जिल्ला सदस्य, नगर अध्यक्षहरु लगाए विभिन्न बिद्यालयका प्रिन्सिपलहरुको उपस्थिति रहेको थियो।

    IMG_6212~2.JPG

    प्रतियोगितामा इडन ब्रिज एकेडेमी( Eden Bridge Academy) र भ्याली भ्यु स्कुल ( Valley View School) ले प्रथम स्थान हात पार्दै नगद रु. २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे।

    IMG_6393~2.JPG

    त्यस्तै प्रतियोगितामा जेसिस इन्टरनेसनल बोर्डिङ स्कुल (Jesse's International Boarding School) ले द्वितीय स्थान हात पार्दै नगद रु. १५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्यो।

    IMG_6365.JPG

    त्यस्तै प्रतियोगितामा अवेरनेस इन्टरनेसनल एकेडेमी (Awareness International Academy) ले तृतीय स्थान हात पार्दै नगद रु १५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारे।

    IMG_6362.JPG

    प्रतियोगितामा उत्कृष्ट दशवटा टिमले ट्रफी र प्रमाणपत्र हात पारेका थिए। प्रतियोगितामा केही विद्यालयले समान अंक प्राप्त समेत गरेका थिए।

    FB_IMG_1725153408182.jpg

    कार्यक्रममा प्याब्सन काठमाडौकि उपाध्यक्ष रिता राई दाहलले नेपालको मौलिक संस्कृतिलाई जगेर्ना गर्ने र विद्यार्थीहरुलाई संस्कृति हस्तान्तरण होस भन्ने उदेश्यले तीज नृत्य प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो । एउटा दुइटा महिला बन्दैमा महिला शसक्तिकरण नहुने भन्दै त्यसकोलागी समग्र समाजमा परिवर्तन आउनुपर्ने राईले बताउनुभयो ।

    IMG_6295.JPG

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि रक्षा मन्त्री मानविर राईले हिजो निश्चित समुदायको रहेको तिज आज सबैले मनाउने मौलिक तथा साँस्कृतिक पर्वको रुपमा स्थापित भएको बताउनुभयो । नेपाली लोक संगीत र नेपाली मैलिकता हराउदै गएको यो अवस्थामा त्यसको जगेर्ना गर्न र बालबालिकाहरुलाई सुसूचित गर्न नृत्य प्रतियोगिताले महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो। साथै तीज एउटा साँस्कृतिक पर्वमात्रै नभई अहिले महिला सशक्तीकरणको को समेत कुरा उठ्ने भएकोले यो चाडको महत्व अझै बढेको बताउनुभयो।

    IMG_6280.JPG

    त्यस्तै कार्यक्रममा प्याब्सन काठमाडौका अध्यक्ष तथा कार्यक्रमका सभापती प्रेम कुमार राईले तीज पर्व नेपालको मौलिक र संस्कृतिक पर्व भएकोले तीजका नाममा भएका बिकृतिहरुलाई हटाउदै नेपाली मौलिकता र संस्कृतिलाई जगेर्न गर्न लागिपर्नु पर्ने धारणा ब्यक्त गर्नुभयो। त्यस्तै उहाँले निजि विद्यालयहरुको छाता संगठन प्याब्सनले नेपाली मौलिक संस्कृती संरक्षण र जगेर्ना गर्दै देश बिदेशमा समेत फैलान लागिपरेको बताउनुभयो । साथै तिज सबैको साझा पर्व बनेको भन्दै यो पर्व अहिले महिला ससक्तिकरण संग जोडिएर आएको राइले बताउनुभयो ।

    IMG_6301.JPG

    तीज नृत्य प्रतियोगितामा वरिष्ठ नृत्य निर्देशक कमल राई, दिनेश पाख्रीन, रेखा कटुवालले निर्णायकको भुमिका खेल्नुभएको थियो।

    IMG_6315.JPG

    उक्त कार्यक्रममको औपचारिक सत्र काठमाडौ जिल्ला प्याब्सनका सचिव सुदर्शन थापा, सह सचिब, ओम प्रसाद ढकाल, सहसचिब अनिल पराजुली, सह सचिब ईशु गुरुङ, कार्यसमिती सदस्य सबिना दाहालले संचालन गर्नुभयो।

    यसैगरी प्रविधी व्यवस्थापन तथा नतिजा प्रकाशनमा सह सचिब कृष्ण भण्डारी नागार्जुन प्याब्सन अध्यक्ष बासुदेव घिमिरे र उहाँको टिमले गरेको थियो।

    IMG_6307.JPGIMG_6356.JPGIMG_6252.JPGIMG_6139.JPGIMG_6091.JPGIMG_6045.JPGIMG_6083.JPGIMG_6051.JPGIMG_6024.JPGIMG_5908.JPG

    images
    आइतवार, भाद्र १६ २०८१०८:०८:५२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार