Jul 27 2026 | २०८३, श्रावण ११ गते

डिप्लोमा तह तेस्रो बर्षको परीक्षा आवेदन फाराम खुला (सूचना सहित)

डिप्लोमा तह तेस्रो बर्षको परीक्षा आवेदन फाराम खुला (सूचना सहित)

  • 672
    SHARES

  • डिप्लोमा तह तेस्रो बर्षको परीक्षा आवेदन फाराम खुला (सूचना सहित)

    भदौ,१९ काठमाडौ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) ले डिप्लोमा तह तेस्रो वर्ष दोस्रो खण्ड सेमेस्टर परीक्षाको आवेदन फाराम भर्नका लागि सूचित गरेको छ । सिटिइभिटी परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा इन इन्जिनियरिङ तर्फका कार्यक्रमहरूको परीक्षा कात्तिक/मङ्सिर महिनामा सञ्चालन हुने भएकोले परीक्षार्थीहरूले परीक्षा आवेदन फाराम भर्न भनेको हो ।

    सेमेस्टर परीक्षा प्रणाली अन्तर्गत डिप्लोमा इन इन्जिनियरिङ तर्फका कार्यक्रमहरू, होटल म्यानेजमेन्ट, फुड एन्ड डेरी टेक्नोलोजी, सोसियल वर्क्स, इन्टरप्रेनरसिप डेभलपमेन्ट र कृषि ( बाली विज्ञान र पशु विज्ञान) तेस्रो वर्ष दोस्रो खण्डको नियमित/आंशिक परीक्षाका लागि आवेदन फाराम भरी बुझाउन कलेज तथा विद्यार्थीहरुलाई सूचित गरेको छ ।

    फाराम आसोज ०२ गतेभित्र नियमित शुल्कमा र १० गतेभित्र विलम्ब शुल्कमा बुझाउन सकिने सूचनामा उल्लेख छ ।

    त्यसैगरी प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रम (दलित, मुस्लिम र विपन्न) अन्तर्गत डिप्लोमा इन सिभिल, सिभिल (स्पेसलाइजेसन इन हाइड्रोपावर), अटोमोबाइल, जियोमेटिक्स, इलेक्ट्रिकल, रेफ्रिजेरेसन एन्ड एयरकन्डिसनिङ, इन्फर्मेसन टेक्नोलोजी, फुड एन्ड डेरी टेक्नोलोजी, होटल म्यानेजमेन्ट, इन्टरप्रेनरसिप डेभलपमेन्ट तथा कृषि (बाली विज्ञान) कार्यक्रमको तेस्रो वर्ष दोस्रो खण्डको नियमित/आंशिकका परीक्षा समेत सोही समयमा सञ्चालन हुने भएकाले सोही समयमा आवेदन फाराम भर्न अनुरोध गरेको छ ।

    FB_IMG_1725413049034.jpg

    images
    बुधवार, भाद्र १९ २०८१०८:२८:४९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार