शुक्रवार, भाद्र २१ २०८१
भदौ २१ काठमाडौं । रेडियन्ट रिडर्स एकेडेमीको आयोजनामा उपत्यकाव्यापी अन्तरविद्यालय थ्री अन थ्री बास्केटबल प्रतियोगिता (3 ON 3 Basketball Tournment) भदौ २८ देखि हुने भएको छ । रेडियन्ट रिडर्स एकेडेमीको आयोजनामा भदौ २८ देखि ३० गते तिन दिनसम्म थ्री वन थ्री बास्केटबल प्रतियोगिता हुन लागेको हो।
बिहीबार सानेपास्थित रेडियन्ट एकेडेमीको सभाहलमा एक पत्रकार सम्मलेन आयोजना गर्दै रेडियन्ट रिडर्सले आफ्नो २५औं वार्षिकोत्सवको अवसर यो प्रतियोगिता आयोजना गर्न लागेको संस्थापक प्रिन्सिपल डिके ढुङ्गानाले बताउनुभयो । खेलकुदको विकासका लागि विद्यालय तहबाटै खेल विकास आवश्यक रहेको र त्यसका लागि विद्यालय तहमा खेललाई अनिवार्य रूपमा समावेश गर्नु पर्ने विद्यालयका संस्थापक प्रिन्सिपल डिके ढुङ्गानाले बताउनुभयो । साथै उहाँले यस रजत महोत्सवका अवसर क्रिकेट प्रतियोगिता पनि आयोजना गर्ने बताउनुभयो ।
यस प्रतियोगितामा उपत्यकाका ५० भन्दा बढी विद्यालयका छात्र र छात्रामा गरी २५० भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। ब्वाइजमा २४ र गर्ल्सतर्फ १६ विद्यालयको सहभागिता लक्ष्य राखिएको आयोजकले जनाएको छ।
प्रतियोगिताको विजेताले १५ हजार, उपविजेताले १० हजार र तेस्रो हुने ५ हजार नगद पुरस्कार ट्रफी पाउनेछन्।
