शुक्रवार, आश्विन ११ २०८१
असोज, ११ गते काठमाडौ । विश्व पर्यटन दिवसको अवसरमा यश अथर्व विजनेस कलेजमा अध्यनरत BHM का विद्यार्थीहरुको आयोजनामा 'मिनि फूड फेस्टा' कार्यक्रम सम्पन्न गरेका छन् । हरेक बर्ष झै यस बर्षपनी विश्व पर्यटन दिवसको अवसरमा विद्यार्थीहरुले विभिन्न कार्यक्रम अन्तर्गत 'मिनि फूड फेस्टा' कार्यक्रम गरेका हुन्।

उक्त कार्यक्रममा विद्यार्थीहरुले नेपाली परम्परा र संस्कृति उजागर गर्ने खालका खानाका परिकारहरु तयार गरेका थिए।
उक्त कार्यक्रममा परिकारहरुको अवलोकन र टेस्टिङ गर्नका लागि अथर्व विजनेश कलेजका प्रिन्सिपल डा. हिरालाल श्रेष्ठ, लगाएत एकेडेमी डाइरेक्टर सुवास अधिकारी, MHCM डाइरेक्टर डा. होम प्रसाद अधिकारी, रिसर्च कर्डिनेटर डा. दशरथ न्यौपाने, प्रमोसन एन्ड प्लानिङ म्यानेजर महेश घर्ती ,BHM कोर्डिनेटर निकेश विष्ट लगाएत BBA, BHM, BHCM, MBA र MHCM का विद्यार्थी तथा शिक्षकहरुको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रम आयोजना गर्नुको मुख्य उदेश्य विद्यार्थीहरुले सिकेको अनुभव, क्षमता, सीप र ज्ञानको क्षमता अभिवृद्धि गर्ने रहेको डाइरेक्टर सुवास अधिकारीले बताउनुभयो । र साथसाथै उक्त मिनि फेस्टाले विद्यार्थीहरुमा उद्धमशिलता, नेतृत्व विकास र इन्भेन्ट म्यानेज्मेन्ट, गर्ने क्षमताको उजागर गर्ने रहेको अधिकारीले बताउनुभयो ।
कार्यक्रम अथर्व बिजनेश कलेजमा BHM विद्यार्थीहरुले आयोजना गरेका थिए। कार्यक्रम कलेज प्राङ्गणमा गरिएको थियो।