मंगलवार, कार्तिक २० २०८१
काठमाडौ महानगरपालिका वडा नम्बर १३ कालिमाटीमा अवस्थित एभरेस्ट इनोभेटिभ स्कुल (EIS) ले बागमती प्रदेश स्तरिय कराँते प्रतियोगिता सम्पन्न गरेको छ । एभरेस्ट इनोभेटिभ स्कुलद्वारा आयोजना र जापान कराते दो गोजुरियो ओसिकाइ संघ नेपालको सहयोगमा गत कार्तिक १४ गते बागमती प्रदेश स्तरीय कराते प्रतियोगिता सम्पन्न गरेको हो।

कराँते प्रतियोगितामा बागमती प्रदेशका विभिन्न विद्यालय र डोजोका खेलाडी विद्यार्थीहरुले सहभागी जनाएका थिए। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई ट्रफी, मेडल तथा प्रमाणपत्रको ब्यबस्था गरिएको थियो।
उक्त प्रतियोगितामा प्रशंसा डोजोले प्रथम स्थान हात पारेको थियो। त्यस्तै आयोजक स्कुल एभरेस्ट इनोभेटिभ स्कुलले द्वितीय स्थान र क्यामेलिया स्कुलले तृतीय स्थान हात पारेको थियो। उक्त प्रतियोगितामा पुरुष तर्फ २० kg तौलमा कुशल तामाङ मेरिहोम डोजो, २५ केजि तौल आयुधर रायमाझी ओप्स डोजो, ३० केजि तौल युवराज कार्की कपन डोजो, ३५ केजि तौल समूह अन्तर्गत प्रशन्न गोपाली प्रसंसा डोजो, ४० केजि तौल निरज सुनार गंगोवु डोजो, ४५ केजि तौल सम्राट दाहाल गंगोवु डोजो, ५० केजि तौल मिलन थापा प्रसंसा डोजो, ५५ केजि तौल बिजय तामाङ प्रशंसा डोजोका खेलाडिहरुले प्रथ स्थान हात पारे ।

त्यसैगरी महिला तर्फ २० केजि तौल श्रुता थापा प्रसंसा डोजो, २५ केजि तौल प्रथना बज्राचार्य एभरेस्ट इनोभेटिभ स्कुल, ३० केजि तौल आयुशा आले म्यारिहोम डोजो, ३५ केजि तौल प्रयानिका खतिवडा प्रसंसा डोजो, ४० केजि तौल मोन्सलु थापा प्रसंसा डोजो, ४५ केजि तौल रोशना चौधरी स्वयम्भू डोजो, ५० केजि तौल निशा कार्की एभरेस्ट इनोभेटिभ स्कुल, ५५ केजि तौल सदिक्षा श्रेष्ठ प्रसंसा डोजोका खेलाडिहरुले प्रथम स्थान हात पारे ।

कार्यक्रम सभापती एभरेस्ट इनोभेटिभ स्कुलका अध्यक्ष रामप्रसाद पौडेल बिशेष अतिथि जापान कराते दो गोजुरियो ओसिकाइ संघ नेपालका महासचिव डा. ओमकृष्ण प्रसाई,एभरेस्ट इनोभेटिभ नेटवर्कका अध्यक्ष शंकर प्रसाद दुलाल, सिइओ हरिप्रसाद काफ्ले, इआसीका प्रिन्सिपल दीपक कार झा, नेपाल कराँते एसोसिएअसनका सचिव सुरेन्द्र केसि अन्तर्राष्ट्रिय रेफ्री सन्जय रन्जित, शान्ति तामाङ, लगाएत एभरेस्ट इनोभेटिभ स्कुल/कलेजका बिभागिय प्रमुख तथा शिक्षक कर्मचारीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै कार्यक्रम सभापती एभरेस्ट इनोभेटिभ स्कुलका अध्यक्ष रामप्रसाद पौडेलले सधै पढाइमा अब्बल रहेको एभरेस्ट इनोभेटिभ स्कुल कलेजले अब खेलकुदलाई बिशेष प्राथमिकता दिने प्रतिबद्धता ब्यक्तगर्नुभयो। त्यसैगरी सिइओ हरिप्रसाद काफ्लेले खेलकुद स्वास्थ्यको लागि अति आवस्यक भन्दै कराँते प्रतियोगिता हरेक बर्ष निरन्तर आयोजना गर्ने बताउनुभयो।

उक्त कराँते प्रतियोगिता सफल बनाउन विभिन्न, संघ, संस्था तथा ब्यपारी, ब्यवसायीहरुले प्रायोजन गरि सहयोग गरेका थिए। जसमध्ये प्रतियोगितामा स्पार्क हेल्थ होमबाट प्रतियोगिता अवधिभर स्वास्थ्य टिम खटाएर सहयोग गरेको थियो।
कराँते प्रतियोगिता प्रायोजन गरि सहयोग गर्ने प्रायोजक हरुको नामलिस्ट यस्तो रहेको छ।
1. Spark Health Home - Soltimod, Kathmandu and Medical Team
2. Laxmi Commercial Vehicles Pvt. Ltd. Vehicle Supplier, Gurjudhara, Kathmandu
3. Annapurna Catering Services, Kathmandu - Mr. Santosh Kocher
4. Lovely Tailors-Shirting and Suiting, Soltimod, Kathmandu
5. Karkotac International Trading Pvt. Ltd. - Science Lab Materials Supplier
6. Adhikari Books-Kalimati, Kathmandu Mr. Dip Bahadur Adhikari
7. Heritage Publication, Kathmandu - Mr. Babu Ram Gautam
8. Dreamland Publication, Kathmandu Mr. Mohan Sanjel
9. Bhanjhakateri Printing Press, Kathmandu - Mr. Anil Bhushal and Mr. Naresh Bhushal
10. Agricultural Development Bank
11. Kalpasanda Pharmaceutical and Research Pvt. Ltd.- Mr. Kamal Joshi
12. SSD Bag House, Kumaripati, Lalitpur-Tike Phuyal


