Jul 27 2026 | २०८३, श्रावण ११ गते

डिप्लोमा तथा प्रमाणपत्र तहमा अध्ययनरत विद्यार्थीले शिक्षालय स्थानान्तरणका लागि निवेदन पेश गर्नसक्ने

डिप्लोमा तथा प्रमाणपत्र तहमा अध्ययनरत विद्यार्थीले शिक्षालय स्थानान्तरणका लागि निवेदन पेश गर्नसक्ने

  • 812
    SHARES

  • डिप्लोमा तथा प्रमाणपत्र तहमा अध्ययनरत विद्यार्थीले शिक्षालय स्थानान्तरणका लागि निवेदन पेश गर्नसक्ने

    कार्तिक, २३ गते काठमाडौ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्‌(सिटिइभिटी) मा डिप्लोमा तथा प्रमाणपत्र तहमा अध्ययन निरन्तरता र प्रशिक्षार्थीको शिक्षालय स्थानान्तरणका लागि निवेदन पेश गर्नकस्ने भएका छन्।

    परिषद्‌का आंगिक, साझेदारी, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम र निजी स्तरमा सम्वन्धनः स्वीकृति प्राप्त शिक्षालयहरूमा डिप्लोमा तथा प्रमाणपत्र तहका विभिन्न मैक्षिक कार्यक्रममा अध्ययनरत विद्यार्थीहरूले अध्ययन निरन्तरता, शिक्षालय स्थानान्तरण गरी अध्ययन गर्न चाहेमा उपयुक्त कारण खुलाई मिति २०८१/०८/०९ गते आइतवार कार्यालय समयभित्र परीक्षा नियन्त्रण कार्यालयमा निवेदन पेश गर्न सक्ने छन्।

    तोकिएतो कागजात संलग्न नगरेको र अन्तिम मितिमन्दा पछि प्राप्त निवेदन उपर कुनै पनि कारवाही नहुने व्यहोरा जानकारी दिइएको छ।

    १. अध्ययन निरन्तरता सम्बन्धमा :

    (क) परिषद्मा रजिस्ट्रेसन कायम भएको विद्यार्थी विशेष कारणवश अध्ययन गर्न छुटेमा पाठ्यक्रमने मोर्कको समयावधिभित्र सोही कार्यक्रममा अध्ययन निरन्तरताका लागि स्वीकृति लिन निवेदन पेश गर्न सक्नेछ।

    (ख) रजिस्ट्रेसन कायम गरिएको कार्डको प्रतिलिपि ।

    (ग) अध्ययन निरन्तरता दिने शिक्षालयको कोटा (छात्रवृति वा पूर्ण शुल्कीयः खुलेको सहमती पत्र।

    (घ) जुन शिक्षालयमा अध्ययन दुटेको हो सोही शिक्षालयमा मात्र अध्ययन निरन्तरताका लागि निवेदन दिन सक्नेछन् ।

    (ङ) अध्ययन निरन्तरता गर्न चाहेको शिक्षालयमा कोटा रिक्त सीको सक्कल पत्र र अघिल्लो वर्ष/सेमेस्टरको अन्तिम परीक्षाको आन्तरिक मूल्याङ्कनको समष्टिगत (Internal Assessment Sheet) शिक्षालयबाट प्रमाणित भएको पेश गर्नुपर्नेछ ।

    (च) शिक्षालयहरूले अध्ययन निरन्तरताका लागि सहमति दिंदा आफ्नो शिक्षालयमा रिक्त कोटाको सङ्ख्यामा मात्र सिफारिस दिनुपर्नेछ।

    (छ) अध्ययन निरन्तरताको सहमति पत्र नलिई प्रशिक्षाधीलाई अध्ययन गराएमा सो प्रशिक्षार्थीलाई अन्तिम परीक्षामा सामेल गराइने छैन र यसको जिम्मेवार सम्बन्धित शिक्षण संस्था हुनेछ।

    २. प्रशिक्षार्थीको शिक्षालय स्थानान्तरण सम्बन्धमा :

    (क) प्रशिक्षार्थीले शिक्षालय स्थानान्तरण गरी सोहि कार्यक्रममा अध्ययन गर्नका लागि स्पष्ट कारण खुलेको निवेदन ।

    (ख) वार्षिक परीक्षा प्रणाली अन्तर्गन प्रथम र दोस्रो वर्षमा तथा नेमेस्टर परीक्षा प्रणाली अन्तर्गत प्रथम वर्षको दोस्रो खण्ड र दोस्रो वर्षको प्रथम खण्डमा अध्ययन गर्ने अन्तिम परीक्षाको नियमित परीक्षामा सहभागी भई अध्ययनका लागि स्थानान्नान्ण स्वीकृति लिन निवेदन पेश गर्न सक्नेछ।

    (ग) रजिस्ट्रेसन कायम गरिएको कार्डको प्रतिलिपि ।

    (घ) शिक्षालय स्थानान्तरण गरी अध्ययन गर्न दिने र लिने दुर्व शिक्षालयको कोटा (छात्रवृत्ति वा पूर्ण शुल्कोय। खुलेको सहमति पत्र, शिक्षालयमा कोटा रिक्त रहेको सक्कल पत्र र अघिल्लो वर्ष/सेमेस्टरको अन्तिम परीक्षाको आन्तरिक मूल्याङ्कनको समष्टिगत (Internal Assessment Sheet) शिक्षालयवाट प्रमाणित भएको पेश गर्नुपर्नेछ।

    (ङ) परिषद्‌का आंगिकबाट आंगिकमा, साझेदारीबाट साझेदारीमा, सामुदापिकबाट सामुदायिकमा र निजीबाट निजी शिक्षालयमा मात्र विद्यार्थीहरूले स्थानान्तरणका लागि निवेदन दिन सक्नेछन्।

    (च) आन्तरिक मुल्याङ्कन परीक्षामा अनुत्तीर्ण विद्यार्थीलाई शिक्षालय स्थानान्तरणाको सहमति दिइनेछैन।

    (छ) शिक्षालयहरूने शिक्षालय स्थानान्तरणका लागि सहमति दिँदा आफ्नो शिक्षालयमा रिक्त कोटाको संख्यामा मात्र सिफारिस दिनुपर्नेछ ।

    नोट: सबै कागजात एवं प्रक्रियाहरू परीक्षा नियन्त्रण कार्यालयबाट सूचना प्रकाशित मिति पछिको हुनुपर्नेछ। साथै परिवर्तित पाठ्यक्रम लागू भइसकेको भए सिफारिस नगरिने सुचनामा उल्लेख छ।

    FB_IMG_1731027005108.jpg

    images
    शुक्रवार, कार्तिक २३ २०८१०६:५८:५५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार