Jul 27 2026 | २०८३, श्रावण ११ गते

गीताञ्जली अन्तर- स्कुल फूटसल प्रतियोगिता मंसिर ७ र ८ गते हुने

गीताञ्जली अन्तर- स्कुल फूटसल प्रतियोगिता मंसिर ७ र ८ गते हुने

  • 482
    SHARES

  • गीताञ्जली अन्तर- स्कुल फूटसल प्रतियोगिता मंसिर ७ र ८ गते हुने

    मंसिर, ६ गते काठमाडौ । गीताञ्जली स्कुल/ कलेजले काठमाडौ जिल्लाब्यापी 'गीताञ्जली अन्तर-स्कुल लिग फूटसल प्रतियोगिता' मंसिर ७ र ८ गते आयोजना गर्ने भएको छ। बिहिवार एक पत्रकार सम्मेलन आयोजना गर्दै Geetanjali Inter-school League Futsal Tournament - 2081 आयोजना गर्ने जानकारी दिएको हो।

    IMG_0759.JPG

    फूटसल प्रतियोगितामा काठमाडौ जिल्लाभरिबाट ३६ वटा टिम सहभागी रहेको स्कुल/कलेजका प्रिन्सिपल बेद प्रसाद पन्तले बताउनुभयो ।

    प्रतियोगिताका खेल लिक चरणको आधारमा खेलाइने छन। फूटसल प्रतियोगितामा प्रथम र द्वितीय स्थान हासिल गर्ने टिमलाई ट्रफी, मेडल र प्रमाणपत्र सहित प्रथम पुरस्कार - २५ हजार र द्वितीय पुरस्कार १५ हजार दिइने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ। साथै वेष्ट प्लेयर, वेष्ट कोच र सबैभन्दा बढि गोल गर्ने खेलाडिलाई एक एक हजार नगद सहित ट्रफी दिइने बताइएको छ।

    खेल नयाँ बजार स्थित रिभर फिल्ड फूटसलमा खेलाइने छन् । उद्घाटन खेल गीताञ्जली 'ए' भर्सेस त्रिरत्न आवासीय विद्यालयबिच बिहान ८ बजे देखि खेलाइने जानकारी दिइएको छ । खेलमा ८,९ र १० कक्षामा पढ्ने विद्यार्थीहरु सहभागी जनाउन पाउने छन।

    पत्रकार सम्मेलनमा बोल्दै स्कुल/कलेजका प्रिन्सिपल बेद प्रसाद पन्तले विद्यार्थीहरुलाई चार पर्खाल भित्र मात्रै नराखेर उनिहरुको शारीरिक तन्दुरुस्ती तथा क्षमता अभिवृद्धि गर्न र खेलकुदको माध्यमबाट विद्यार्थीहरुको पहिचान बनाउन फूटसल प्रतियोगिता आयोजना गरेको बताउनुभयो।

    images
    बिहिवार, मंसिर ६ २०८१०५:४९:१५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार