सोमवार, मंसिर १७ २०८१
मंसिर, १७ गते काठमाडौ। बिजुलीमाया वन: श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार वरिष्ठतम् सिनेकलाकार तथा अभिनेता नीर शाहलाई प्रदान गरिने भएको छ। भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठानले आइतवार ललितपुरको भिभान्ता होटेलमा एक पत्रकार सम्मेलन गर्दै यसको जानकारी दिएको हो।

१६ औं संस्करणको 'बिजुलीमाया वन: श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार, २०८१ यही माघ १५ गते मङ्गलबार हेटौंडामा एक विशेष कार्यक्रमको आयोजना गरी समर्पण गरिने भीम विराग सङ्गीत साहित्य कला प्रतिस्ठानले जानकारी दिएको छ। कलासाधक भीम विरागको बहुआयामिक व्यक्तित्वप्रति सम्मान स्वरूप तरङ्ग साँस्कृतिक परिषद्को पहलमा वि.सं. २०५९ भाद्र ७ गते भीम विराग सङ्गीत साहित्य कला प्रतिष्वान स्थापना भएको थियो।
पुरस्कारको १६ औं संस्करणमा यस वर्ष २०७१ का लागि नेपाली गीत लेखनको क्षेत्रमा विगत पाँच दशकदेखि निरन्तर कलम चलाइरहनुभएका आधुनिक गीतदेखि चलचित्र क्षेत्रमा समेत महत्त्वपूर्ण र सफल गीतहरू सिर्जना गरिसक्नु भएका गीतकार श्री नीर शाहलाई प्रदान गर्ने पत्रकार सम्मेलनमा जारी गरिएको बिज्ञप्तिमा उल्लेख छ।
यस प्रतिस्ठानले देश तथा विदेशमा रही नेपाली वाङ्मयको क्षेत्रमा उल्लेखनीय योगदान पुऱ्याउँदै आउनुभएका सर्जक, स्रष्टाहरूलाई सम्मानित एवम् पुरस्कृत गर्दै आएको छ। साथै यो संस्थाले मकवानपुरको माटोबाट वार्षिक रुपमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मान समर्पण गर्दै आइरहेको प्रतिस्ठानका अध्यक्ष केशवलाल श्रेष्ठले जानकारी दिनुभयो ।
नेपाली गीत सङ्गीतको क्षेत्रमा स्वदेश तथा प्रवासबाट समेत महत्त्वपूर्ण योगदान गर्दै आउनुभएका कलाकार तथा सर्जकहरूको साधनाको उच्च कदर गर्दै उद्यमी व्यवसायी श्री कन्हैयाकृष्ण श्रेष्ठले वि. सं. २०६४ मा आफ्नी ममतामयी माताः श्री बिजुलीमापा वनः श्रेष्ठको नाममा 'बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार स्थापना गर्नुभएको थियो। सुरुवातमा रु. ५०,०००/- रासीबाट वृद्धि गरी २०६७ सालदेखि रु. १००,०००/ पुर्याइएको थियो।
मूलतः चलचित्र निर्माण, निर्देशन एवम् अभिनयमा समर्पित शाहको वि सं. २०३२ सालदेखिको निरन्तर नेपाली गीत लेखनको यात्रामा गायन तथा संगीतमा चन्द्रराज शर्मा, सिके रसाइली, नारायणगोपाल रनजीत गजमेर, शम्भुजीत बासकोटादेखि मनोहर पाण्डे प्रकाश श्रेष्ठ दीपक खरेल, अन्जु देवी मीरा राणा, उदीत नारायण झा लगायतका संगीतकार एवम् गायकगायिकाहरू जोडिएका छन्। पर्खी बसे आउला भनी बादल बनाइदेऊ.... गहिराइमा ठुच्छे नडुब लगायतका कालजयी गीतका सर्जक शाहको लेखनको उच्च कदर गर्दै आगामी दिनहरूमा पनि उहाँबाट अझै उत्कृष्ट गीतहरू नेपाली गीतसङ्गीतको क्षेत्रमा आउने विश्वास लिएका छौं बिज्ञप्तिमा लेखिएको छ।
श्री अम्बर गुरुङ- २०६४, श्री प्रेमध्वज प्रधान- २०६५ श्री भक्तराज आचार्य- २०६६, श्री फत्तेमान राजभण्डारी- २०६७, श्री शान्ति ठटाल- २०६८, श्री दीप श्रेष्ठ- २०६९, श्री प्रकाश श्रेष्ठ- २०७० श्री सुच्छेबहादुर डङ्गोल- २०७१, श्री मीरा राणा- २०७२, श्री कर्म पोकुन- २०७३, श्री चेतन कार्की- २०७४ श्री दावा ग्याल्मो- २०७७, श्री दीपक जङ्गम- २०७८. श्री किरण प्रधान २०७९, श्री राजेन्द्र थापा-२०८० ।
तुलसीमाया-शिवकुमारी सिर्जनशील नारी पुरस्कार (सं. मुक्तिगोविन्द वैद्य २०६०) भीम-मथुरा बाल प्रतिभा पुरस्कार (सं. विन्दुगोपाल गोर्खाली, २०६०), कमला भवानी सङ्गीत पुरस्कार (सं. घनश्याम शंकर शर्मा , २०६६, शीला नारी सङ्गीत पुरस्कार (स. आशीष श्रेष्ठ २०६५) हर्षनर बज्राचार्य स्मृति स्वर्ण पुरस्कार (सं ज्योतिरत्न बज्राचार्य, २०६६), विजय बानियाँ स्मृति लोक सङ्गीत पुरस्कार (सं चुनु बानियाँ, २०७०), चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कार (सं. रामबहादुर पाख्रिन, २०७१), मंगलादेवी श्रेष्ठ स्मृति स्वास्थ्य सेवा पुरस्कार (सं. देवप्रसाद श्रेष्ठ/दीपकप्रसाद श्रेष. २०७३), अजित सेन गुप्ता स्मृति भित्र क्षमता पुरस्कार (सं रोशन सेन गुप्ता, २०७४) भीम विराग राष्ट्रिय सङ्गीत पुरस्कार (प्रतिष्ठान, २०७७, भीम विराग राष्ट्रिय साहित्य पुरस्कार (प्रतिष्ठवान, २०८० भीम विराग राष्ट्रिय कला पुरस्कार (प्रतिष्ठान, २०८०), भीम विराग राष्ट्रिय पत्रकारिता पुरस्कार (प्रतिष्ठान, २०८१)।