Jul 27 2026 | २०८३, श्रावण ११ गते

नेशनल प्याब्सन काठमाडौँको खेलकुद सप्ताह मार्चपास सहित उद्घाटन

नेशनल प्याब्सन काठमाडौँको खेलकुद सप्ताह मार्चपास सहित उद्घाटन

  • 558
    SHARES

  • नेशनल प्याब्सन काठमाडौँको खेलकुद सप्ताह मार्चपास सहित उद्घाटन

    मंसिर, २१ गते काठमाडौं – राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन) काठमाडौँ जिल्लाको आयोजनामा सातौ संस्मरणको खेलकुद सप्ताह बिशेष मार्चपास सहित उद्घाटन गरिएको छ। नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको प्रमुख आतिथ्यतामा शुक्रवार काठमाडाैँको सिफलमा रहेको खेल मैदानमा खेलकुद सप्ताहको उद्घाटन गरिएको हो ।

    IMG_2711.JPG

    उद्घाटन समारोहमा नेशनल प्याब्सन काठमाडौँ जिल्ला कार्यसमितिका अध्यक्ष अमृत कुमार खड्काको अध्यक्षता तथा नेशनल प्याब्सन केन्द्रीय समितिका अध्यक्ष सुवास न्यौपानेको बिशेष अतिथ्यता तथा केन्द्रिय उपाध्यक्ष डम्मर कार्की, उपमहासचिव प्रकाश खड्का, केन्द्रिय सदस्य मनोज कुमार श्रेष्ठ लगाएत केन्द्र, प्रदेश, जिल्लाका तथा नगरहरुको प्रमुखहरुको उपस्थिति रहेको थियो।

    IMG_2697.JPG

    उद्घाटन कार्यक्रम नेशनल प्याब्सन काठमाडौ जिल्ला सचिव रामबाबु सेढाइले संचालन गर्नुभयो।

    IMG_2686.JPG

    उद्घाटन शत्रमा सय भन्दा बढि स्कुलका विद्यार्थीहरुले बिशेष मार्चपास गरिएको थियो । उक्त मार्चपासमा बेष्ट ग्रुप बेस्ट भीजन स्कुल प्रथम, काठमाडाैँ स्कुल अफ सेन्ट्रल स्टेट द्वितीय र ग्रीन हिल एकेडेमीले तृतीय स्थान हात पारे। जसमा प्रथम, द्वितीय र तृतीयलाई कमशः रु. ५०००/-, ३०००/- र २०००/- नगद पुरस्कार खेलकुद समापनको दिन प्रदान गरिने जानकारी दिइएको छ। उद्घाटनमा भएको मार्चपासको जिम्मेवारी काठमाडौ जिल्ला उपाध्यक्ष तथा मार्च पासको संयोजक समीर बास्तोलालाई दिइएको थियोे ।

    IMG_2804.JPGIMG_2773.JPG

    उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलकुद क्षेत्रमा निजि शिक्षण संस्थाले गरेको कार्य प्रती प्रसंसा गर्नुभयो। खेलकुद स्वास्थ्यकालागि मात्रै नभै मानसिक तन्दुरुस्तिका लागि समेत महत्वपूर्ण भएको भन्दै उहाँले पछिल्लो समय सरकारले खेलकुदमा बिशेष ध्यान दिएको बताउनुभयो । एनपीएलको उदाहरण दिंदै मन्त्री चौधरीले अब खेलकुद स्वास्थका लागि मात्रै नभई आफ्नो करियरको लागि समेत भएकोले खेलकुद क्षेत्रमा कटिवद्ध भएर लाग्न अनुरोध गर्नुभयो ।

    IMG_2828.JPG

    उक्त कार्यक्रममा बिशेष अतिथी तथा नेशनल प्याब्सन केन्द्रिय अध्यक्ष सुवास न्यौपानेले विद्यार्थीहरुको सर्बाङिण बिकासको लागी खेलकुद अत्यन्तै महत्वपूर्ण भएकोले नेशनल प्याब्सनले हरेक बर्ष हरेक जिल्लामा विभिन्न खेलकुद कार्यक्रम आयोजना गर्ने गरेको बताउनुभयो ।

    https://www.facebook.com/share/v/1MP9MTCW4M/

    IMG_2819.JPG

    खेलकुद कार्यक्रमको खेलहरु विभिन्न स्कुल हरुमा खेलाइने र जसमध्य शनिवार फूटसल युनिग्लोब कलेजको मैदानमा खेलाइने खेल संयोजक प्रेमकुमार भुजेलले जानकारी दिनुभयो।

    IMG_2663.JPG

    सप्ताहव्यापी खेलकुदमा मुख्य गरी ४ वटा विधामा प्रतिस्पर्धा गराइने छ र जसमध्ये फुटसल खेल कमलादीस्थित युनिग्लोब कलेजमा हुनेछ । बास्केटबल कपनको सरस्वतीनगरस्थित एपेक्स लाइफ स्कुलमा र कबड्डी तथा तानडोरी खेल सिनामङ्गलको भीमसेनगोलास्थित श्री आदर्श माध्यमिक विद्यालयमा सञ्चालन गरिनेछ ।

    IMG_2839.JPG

    खेलकुद सप्ताहमा फुटसल खेलको संयोजकका रुपमा गोर्कणेश्वर नगर समितिका अध्यक्ष निराजन आचार्य , बास्केटबलका लागि जिल्ला उपाध्यक्ष माधव अधिकारी, कबड्डीका लागि एन प्याब्सन काठमाडौं जिल्लाका पूर्व वरिष्ठ उपाध्यक्ष श्याम योन्जन र तानडोरी खेलका लागि एन प्याब्सन काठमाडौँ जिल्ला उपाध्यक्ष नारायणबाबु तिमल्सिनालाई संयोजकको रुपमा तोकिएको छ। खेलकुद सप्ताह यही मंसिर २९ गतेका दिन पुरस्कार वितरण सहित समापन गरिने नेशनल प्याब्सन काठमाडौ जिल्ला अध्यक्ष अमृत कुमार खड्काले जानकारी दिनुभयो ।

    IMG_2730.JPGIMG_2701.JPG

    images
    शुक्रवार, मंसिर २१ २०८१०७:५६:३७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार