Jul 27 2026 | २०८३, श्रावण ११ गते

बार्षिक खेलकुदमा रेडियन्ट रिडर्स एकेडेमीले गर्यो एरिका र कुशललाई सम्मान

बार्षिक खेलकुदमा रेडियन्ट रिडर्स एकेडेमीले गर्यो एरिका र कुशललाई सम्मान

  • 497
    SHARES

  • बार्षिक खेलकुदमा रेडियन्ट रिडर्स एकेडेमीले गर्यो एरिका र कुशललाई सम्मान

    पुस, ९ गते। ललितपुरको सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीको बार्षिक खेलकुद कार्यक्रम सम्पन्न भएको छ। मंगलवार लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा बार्षिक खेलकुद कार्यक्रम सप्पन्न भएको हो।

    खेलकुद कार्यक्रममा रेडियन्ट रिडर्स एकेडेमीले करातेका एरिका गुरुङ र कुशल श्रेष्ठलाई मंगलबार नगदसहित सम्मान गरेको छ। उनीहरुलाई दुबैजनालाई ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र रेडियन्ट रिडर्सका संस्थापक प्रिन्सिपल डिके ढुंगानाले दोसल्ला ओढ्याउनुका साथै नगद र प्रशंसा पत्र प्रदान गरी सम्मान गरेका थिए।

    सम्मान गरिएकी खेलाडि एरिकाले आफ्नो खेल करियरमा विश्व च्याम्पियनसिपसहित समग्रमा छ अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी छन् । विश्व च्याम्पियनसिप बाहेक एरिकाले पाँच अन्तर्राष्ट्रिय प्रतियोगितामा ४ स्वर्ण, ३ रजत र १ कांस्य गरी ८ पदक जितेकी छन् । सबै प्रतियोगितामा पदक जित्दा कुशलनै एरिकाको प्रशिक्षक थिए । कुशल दसौं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता पनि हुन् ।

    खेलकुद कार्यक्रमलाई सम्बोधन गर्दै मेयर महर्जनले विद्यालयले खेलकुद गतिविधिलाई प्राथमिकता दिएकोमा खुशी व्यक्त गर्दै खेल क्षेत्र अन्तर्राष्ट्रिय जगतमा राष्ट्रलाई पहिचान गराउन सक्ने महत्वपूर्ण माध्यम भएको बताउनुभयो।

    कार्यक्रममा रेडियन्ट रिडर्स एकेडेमीका संस्थापक प्रिन्सिपल डिके ढुंगानाले विस्तारै नेपालमा पनि खेलकुदमै लागेर जीवीकोपार्जन गर्न सक्ने अवस्था बन्दै गएको धारणा व्यक्त गर्दै विद्यालयले गुणस्तरीय शिक्षासंगै अत्तिरिक्त क्रियाकलापमा पनि विशेष जोड दिएको बताउनुभयो ।

    वार्षिक खेलकुद दिवसका अवसरमा फुटबल, कराते, क्रिकेट, जिम्न्याष्टिक, टग अफ वारलगायत विविध गतिविधि भएको थियो ।

    images
    मंगलवार, पौष ९ २०८११०:००:५२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार