Jul 27 2026 | २०८३, श्रावण ११ गते

गणित र विज्ञान शिक्षक अभाव: विद्यार्थी आन्दोलित, प्रधानाध्यापकलाई कार्यालयमै थुने

गणित र विज्ञान शिक्षक अभाव: विद्यार्थी आन्दोलित, प्रधानाध्यापकलाई कार्यालयमै थुने

  • 1.6K
    SHARES

  • गणित र विज्ञान शिक्षक अभाव: विद्यार्थी आन्दोलित, प्रधानाध्यापकलाई कार्यालयमै थुने

    पुस, २० गते भैरहवा । रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका –४ तरकुलहास्थित नवजीवन आधारभूत विद्यालयका विद्यार्थी  आन्दोलित भएका छन। शैक्षिक सत्र सुरु भएदेखि नै गणित र विज्ञान विषयको शिक्षक नभएको भन्दै विद्यार्थी आन्दोलित भएका हुन्।

    वार्षिक परीक्षा आउनै लाग्दा समेत ती दुई विषयको शिक्षक नभएकाले विद्यार्थीहरुले आज प्रधानाध्यापकलाई  कार्यालयमै केही समय थुनेका छन्।  कक्षा ६, ७ र ८ का विद्यार्थीहरु हाल गणित र विज्ञान विषयको परीक्षा कसरी दिने भन्नेमा चिन्तित छन् ।

    विद्यार्थी लक्ष्मण गुप्ताले परीक्षा नजिकिँदै जाँदा तनाव भएको बताए । “विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र स्थानीय सरकारबीच अस्वस्थ राजनीतिको मारमा हामी परेका छौँ”, उनले भने, “हामीले अहिलेसम्म जेनतेन स्वअध्ययन गर्दै आएका छौँ, परीक्षा नजिकिँदै गर्दा स्थानीय सरकार शिक्षक पठाउन गम्भीर नभएकाले आन्दोलित हुनुपरेको हो ।”

    गाउँपालिकाका शिक्षा शाखा प्रमुख मधु घिमिरेका अनुसार शिक्षक रिक्त भएपछि नयाँ नियुक्त गर्न सकिएको छैन । सरुवा भइ आउन विज्ञापन गरेपनि शिक्षक ल्याउन नसकिएको हो । “सुरुमा एक शिक्षक आउन खोज्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिले फाइल अगाडि बढाएन”, घिमिरेले भने, “पछि गङ्गाराम यादवको नाम आए पनि त्यसको फाइल हालसम्म अगाडि बढ्न सकेको छैन ।” उहाँले पनि राजनीतिक खिचातानीको मारमा विद्यार्थीहरुमा परेको स्वीकारे ।

    उनका अनुसार अब जो शिक्षक आए पनि पाठ्यक्रम पूरा हुन नसक्ने भएकाले विद्यार्थीहरु स्वअध्ययनकै भरमा परीक्षा दिनुपर्नेछ । उक्त विद्यालयका प्रधानाध्यापक जनार्दन यादवले विज्ञान र गणित विषयको उत्तर पुस्तिका जाँच गर्ने शिक्षक नभएको बताए । “रामनरेश माध्यमिक विद्यालयबाट एक शिक्षक काज सरुवा भएर आउनुभएको थियो । कात्तिक ६ गतेबाट उहाँ सोही विद्यालय फर्किनुभयो”, प्रअ यादवले भने, “उहाँका सट्टामा आउनुपर्ने शिक्षक नआउँदा सो विषयको अध्यापन अनिश्चित बनेको हो ।” रासस

    images
    शनिवार, पौष २० २०८१०४:१८:५२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार