Jul 27 2026 | २०८३, श्रावण ११ गते

लिटिल क्लाइम्बर्स स्कुलको लिटिल एथलेट्स फेस्ट शुरु

लिटिल क्लाइम्बर्स स्कुलको लिटिल एथलेट्स फेस्ट शुरु

  • 948
    SHARES

  • लिटिल क्लाइम्बर्स स्कुलको लिटिल एथलेट्स फेस्ट शुरु

    पुस, २६ गते । काठमाडौँको नागार्जुन नगरपालिका, २ ठुलो-भर्र्याङ्  स्थित लिटिल क्लाइम्बर्स स्कुलको लिटिल एथलेटिक्स् फेस्ट (Little Athelete's Fest-2081) शुरु भएको छ। शुक्रबार बिद्यालय प्राङ्गणमा विद्यार्थीहरुको मार्चपास सहित लिटिल एथलेट्स फेस्ट शुरु भएको हो।

    IMG_6612.JPG

    हरेक बर्ष हुने Little Athelete's Fest मा नर्सरी देखि ३ कक्षा सम्मका विद्यार्थीहरु सहभागी रहनेछन। फेस्तमा बालबालिकाहरुको क्षमता अनुसार खेल्न सक्ने विभिन्न क्रीएटिभ खेलहरु खेलाउने स्कुलका प्रिन्सिपल दिलिप रेग्मीले बताउनुभयो। फेस्टमा बालबालिकाहरुलाई कक्षाकोठा बाहिर ल्याएर विभिन्न किसिमका खेलहरु खेलाइने छन् ,जसको कारण शारीरिक साथसाथै मानसिक ब्यायाम हुने प्रिन्सिपल रेग्मीले बताउनुभयो ।

    IMG_6648.JPG

    बच्चाको मानसिक विकासको लागि शारीरिक तन्दुरुस्ती आवश्यक हुन्छ । शरीर बलियो, निरोगी, तन्दुरुस्त छ भने उनीहरुले सुनेको, देखेको कुरालाई सजिलै ग्रहण गर्न सक्छन् । त्यसैले वौद्धिक विकासको लागि शारीरिक तन्दुरुस्ती महत्वपूर्ण हुन्छ रेग्मीले भन्नुभयो।

    IMG_6652.JPG

    त्यसैगरी यदि बच्चा बाहिरी खेलमा अभ्यास्त छन् भने उनीहरुको शारीरिक व्यायाम हुन्छ । उनीहरु साथीसँग खेल्छन्, दौडन्छन्, उफ्रिन्छन् । यसले शारीरिक व्यायामका साथसाथै एकअर्काप्रति सहयोगको भावना जागृत गर्दै समूहमा मिल्न, प्रतिस्पर्धा गर्न सक्ने क्षमताको बिकास हुने भाइस-प्रिन्सिपल कविता नेपालले बताउनुभयो ।

    IMG_6644.JPG

    Little Athelete's Fest-2081 उद्घाटन समारोहको संचालन शिक्षक लक्ष्मी गुरुङले गर्नुभयो।

    FB_IMG_1736520987680.jpgFB_IMG_1736520982946.jpgFB_IMG_1736520992672.jpg

    IMG_6646.JPGIMG_6647.JPGIMG_6637.JPGIMG_6606.JPGIMG_6628.JPG

    images
    शुक्रवार, पौष २६ २०८१०८:२६:५७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार